-->
भूइँचालो पिढीतहरूलाई प्रदान गर्न लगेको राहत सामाग्री नेपाल प्रहरीद्वार जफ्त...  नेपाललाई कालेबुङ कलेजबाट आर्थिक सहयोग प्रदान

भूइँचालो पिढीतहरूलाई प्रदान गर्न लगेको राहत सामाग्री नेपाल प्रहरीद्वार जफ्त... नेपाललाई कालेबुङ कलेजबाट आर्थिक सहयोग प्रदान

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 10 जुन। भूइँचालो पिडीतहरूलाई राहत सामाग्री पुर्‍याउन नेपाल गएको मुण्डो च्यालेञ्ज कालेबुङका प्रतिनिधी टोली पिढीतहरूलाई राहत दिन नपाइ रित्तो हात कालेबुङ फर्की आएका छन्।
बिनासकारी भूइँचालोको चपेटमा परेको नेपाल राष्ट्रलाई सहयोग गर्न कालेबुङको गैरसरकारी संगठन मुण्डो च्यालेञ्जले सहयोगको हाथ अघि बडाएको थियो। उनीहरूले सिन्धुपाल्चोक नेपाल स्थित गैरसरकारी संगठन ‘हेलेम्बु एजुकेशन एण्ड लाइभलीहुड प्रोजेक्ट’ (हेल्प)को सहयोगमा सिन्धुपाल्चोकका भूइँचालो पिडीतहरूलाई सोलार ल्याम्प वितरण गर्ने योजना बनाएको थियो। फलस्वरूप गत 7 जून 2015को दिन कालेबुङबाट मोठ 54 सेट सोलार ल्याम्प बोकेर मुण्डो च्यालेञ्जका तीनजना प्रतिनिधीवर्ग नेपाल प्रस्थान गरेका थिए।
भारतबाट अन्तराष्ट्रिय सिमा पार गरेर राहत सामाग्री पुर्‍याउनपर्ने भएको कारण यहाँबाटॅ उनीहरूले महकुमा शासक अनि प्रहरीको आवश्यक कागज पत्र समेत बनाएर प्रस्थान भएको टोलीलाई नेपाल प्रवेशद्वार काँकरीभित्तामा नेपाल प्रहरीले सम्पूर्ण समाग्रीहरूको जाँच पडताल गरेको थियो।
यसैक्रममा उनीहरूले नेपाल प्रहरीबाट वाहनको भन्सार काटेपछि वाहनलाई समाग्री लिएर नेपाल प्रवेश गर्ने अनुमति पुलिसले दिएको सुधीर राईले जानकारी दिएका छन्। यसरी राहत समाग्री बोकेको वाहनको आवश्यक भन्सार काटेपछि उनीहरूको वाहनमा भएका सम्पूर्ण सामाग्रीहरूको जाँच गरेर नेपाल भित्रिने अनुमति प्रदान पाएपछि काँकरीभित्ताबाट सोझै सिन्धुपाल्चोक हिँडेको वाहनलाई लगभग 5 किलोमिटर यात्रा तय गरेपछि जोर सिमल भन्ने ठाउँमा सशस्त्र नेपाल प्रहरी बलले रोकेर जाँच गरेको थियो।
उक्त जाँचको क्रममा राहत सामाग्रीको भन्सार मागेपछि आफूहरूलाई नेपाल प्रवेशद्वारमा सामाग्रीको भन्सार नकाटेर केवल राहत सामाग्री बोकेको वाहनको मात्र भन्सार काटेर दिएको प्रहरीलाई उनीहरूले जानकारी दिए। यसबारे उनीहरूले प्रहरीबललाई वाहनको भन्सार भुक्तान गरेको कागतपत्र समेत देखाउँदा देखाउँदै वाहनमा रहेको सबै सामाग्रीहरू जफ्त गरेको मुण्डो च्यालेञ्जका सुधीर राईले कालेबुङ आइपुगेर बताएका छन्।
“हामीलाई राहत सामाग्रीको भन्सार तिरेको कागज माग्यो जुन भन्सार काँकरीभित्तामा पुलिसले दिएको थिएन। यसविषयमा हामीले उनीहरूलाई पुन: काँकरीभित्ता गएर आवश्यक भन्सार काटेर आउने अनुरोध गरेका थियौँ” सुधीर राईले भने। सशस्त्र प्रहरीबललाई पुन: भन्सार काट्ने अनुरोध गरेपछि त्यहाँका प्रहरीबलले नै सम्पूर्ण राहत सामाग्रीलाई लिएर काँकरीभित्ता आएर सबै सामाग्रीहरू सशस्त्र पहरी कार्यलयमा राखेको जानकारी दिँदै अन्तमा उक्त समाग्री प्रहरीद्वारा जफ्त गरिएको जानकारी दिएको राईले बताएका छन्।
“हामीले काँकरीभित्ता समाग्री लिएर आउँदा भन्सार काट्न लगेको ठान्यौँ, तर काँकरीभित्तामा ल्याएपछि धेरै समयसम्म पर्खाएर सामाग्रीहरू जफ्त गरेको हामीलाई सूचित गरे। यस कार्यले हामी अत्यन्तै दुखित छौँ अनि नेपाल सशस्त्र प्रहरीको कार्यप्रणालीमा असन्तुष्ट छौँ” सुधीर राईले भने।
भूइँचालो पिढीतहरूलाई वितरण गर्न लगेको राहत सामाग्री यसरी जफ्त गरेपछि उक्त समाग्रीहरू जफ्त गरेको आधिकारिक पत्र आफूहरूले माग्दा उनीहरूले वाहन अनि समाग्री लाने व्यक्तिहरूलाई पनि पक्राऊ गरेर मुद्दा हाल्ने चेतावनी दिएको राईले बताएका छन्। उक्त घटनाले आफूहरू अत्यन्तै दुखी बनेको बाताउँदै नेपाल प्रहरीकै कारण पिढीतहरूले राहत असमाग्री पाउनबाट बञ्चित बनेको उक्त घटनाले उजागर बनेको सुधीर राईले अझ बताएका छन्।
नेपाललाई कालेबुङ कलेजबाट आर्थिक सहयोग प्रदान
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 10 जुन। बिनाशकारी भूइँचालोले तहस नहस पारेको नेपाल राष्ट्रलाई कालेबुङ कलेजका सम्पूर्ण शिक्षण अशिक्षण कर्मचारी अनि विद्यार्थीवर्गले आर्थिक सहयोग प्रदान गरेको छ। कालेबुङ कलेज परिवारले नेपाल राष्ट्रलाई ‘प्रधानमन्त्री देवी प्रकोप उद्धार कोष’ मार्फत भारतीय रूपियाँ पचास हजार जमा गरेर आर्थिक सहयोग प्रदान गरेको हो। कालेबुङ कलेज परिवारको पक्षबाट कलेजका प्राचार्य डा. राजेन्द्र ढकालले उक्त धनराशी राहत कोषमा जमा गरेका छन्।
प्राकृतिक प्रकोपको चपेटमा परेका नेपाल राष्ट्रको पिढामा कालेबुङ कलेजले आर्थिक सहयोग संगै सम्वेदना प्रकट पनि प्रदान गरेको छ। उक्त सम्वेदना पत्र झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापालाई प्रदान गरिएको हो।
यसक्रममा अहिलेघरी नेपालमा भूइँचालो पिढीतहरूलाई राहत सामाग्री प्रदान गर्न चाहनेहरूले सम्पूर्ण नियमवाली पालन गरेर राहत समाग्रीको आवश्यक भन्सार तिर्न पर्ने झापाका सहायक प्रमुख जिल्ला अधिकारी जानकारी गराएको कलेजका बी.बी शर्माले बताएका छन्। केही समय अघिसम्म राहत सामाग्रीको निम्ति भन्सार छुट दिएको थियो भने अहिलेघरी उक्त छुट बन्द गरिएको उनीहरूलाई जानकारी गराए। यसक्रममा भारतबाट राहत सामाग्रीहरू लिएर जानेहरूले आवश्यक नियम अनुरूप भन्सार काटेर मात्र नेपाल प्रवेश गर्ने अनुरोध गरेको थापाले आफूहरूलाई जानकारी गराएको बी.बी शर्माले बताएका छन्।

Related Posts

0 Response to "भूइँचालो पिढीतहरूलाई प्रदान गर्न लगेको राहत सामाग्री नेपाल प्रहरीद्वार जफ्त... नेपाललाई कालेबुङ कलेजबाट आर्थिक सहयोग प्रदान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.