गोरामुमो पार्टीको सांगठनिक सभा सम्पन्न
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 10 जुन। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको विभिन्न शाखा प्रशाखाहरूलाई लिएर आज दलको एक साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभामा पार्टीका विभिन्न शाखा-प्रशाखाका प्रतिनिधिहरू उपस्थित थिए।
गोरामुमो ब्राञ्च कमिटीका सहल्लाहकार लोप्साङ लामाको अध्यक्षतामा सम्पन्न सभामा मुख्य गरी दार्जीलिङ पहाडको राजनैतिक परिस्थित स्थिर हुनुपर्ने दिशामा चर्चा परिचर्चा भयो। दलका कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष मौरिस कालिकोटेले यसको जानकारी गराउँदै अब दार्जीलिङले राजनीतिको कारण जनताले दुःख पाउनु हुँदैन भन्दै राज्य अनि केन्द्र सरकारद्वारा पनि दार्जीलिङको राजनीतिलाई स्थिर बनाउने दिशामा पहल गर्नुपर्छ। यसै कुरामा नै आज चर्चा-परिचर्चा गरी सङ्गठनले प्रस्ताव ग्रहण गरेको छ।
कालिकोटेले अझ भने अनुसार यसका अतिरिक्त सभाअवधि गोरामुमोका केन्द्रिय सचिव भीम सुब्बाद्वारा लिखित भारतमा गोर्खा समस्या नामक पुस्तक पनि कार्यकर्ताहरूमाझ वितरण गरियो। विशेष गरी यस पुस्तक गोरामुमोको उपलब्धी, सङ्घर्ष, इतिहास र गोर्खाहरूको अवस्थान सम्बन्धमा आधारित रहेको कारण उक्त पुस्तक सम्पूर्ण गोर्खाहरूले अध्ययन गर्नुपर्ने कालिकोटेले बताए।
यसअवधि मदन तमाङ हत्याकाण्ड सम्बन्धमा पत्रकारहरूले दलको प्रतिक्रिया लिन चाहँदा उनले टिप्पणी गर्न चाहेनन्। तामाङ हत्याकाण्ड प्रशासनिक मामिला रहेका कारण यसबारे टिप्पणी गर्न नमिल्ने अनि कसैको टिप्पणीले कानुनी प्रक्रिया परिवर्तन नहुने पनि कालिकोटेले ठोकुवा गरेका छन्।
0 Response to "गोरामुमो पार्टीको सांगठनिक सभा सम्पन्न"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.