
गोजमुमोले दार्जीलिङमा हतियार भित्राइरहेको आभागोलीको आरोप आरोपित व्यक्तिहरू पक्राऊ नगर्ने सीबीआई सुतिरहेको छ ? - प्रताप खाती

यहाँको न्यायलय परिसरमा पत्रकारहरू सँग बोल्दै खातीले सीबीआईले आरोपित व्यक्तिहरू पक्राऊ नपर्नुमा असन्तुष्टि जाहेर गर्दै उक्त कुरा भनेका हुन्। आरोपित व्यक्तिहरूले कोलकोता उच्च न्यायलयमा अग्रिम जमानतको आवेदन गरेपनि यसबारे न्यायलयले कुनै सुनवाई गरेको छैन। यस समबन्धमा सीबीआईले हत्याकाण्डका सम्पूर्ण आरोपित व्यक्तिहरूलाई पक्राऊ नगरेर अहिलेसम्म सुतिरहेको अभागोली महासचिव प्रताप खातीले आरोप लगाएका छन्।
न्यायलयले आरोपित व्यक्तिहरूलाई पक्राऊ आदेश दिएको यतिका दिनसम्ममा कुनै पनि आरोपित व्यक्तिहरू पक्रा नपरेपछि सीबीआईको कार्यप्रणाली प्रति प्रश्न उठाउँदै सीबीआईले भारतमा दुईधारे नीति अप्नाउने गर्छ भनि प्रताप खातीले प्रश्न गरेका छन्। देशको सर्वोच्च जाँच आयोग केन्द्रिय अन्वेषण ब्यूरोले अहिलेसम्म भारतका क्याबिनेट स्तरीय मन्त्री, मुख्यमन्त्री जस्ताहरूलाई पक्राऊ गरेर उदाहरणीय कार्य गर्दा गर्दै यता दार्जीलिङ पहाडमा भने हत्याका आरोपित व्यक्तिहरूलाई न्यायलयले नै पक्राऊ आदेश जारी गर्दा पनि पक्राऊ नगरेको घटनाले सीबीआईको कार्य प्रणालीप्रति गोर्खालीगले प्रश्न खडा गरेको हो।
“कोलकोता उच्च न्यायलयले आरोपित व्यक्तिहरूलाई अग्रिम जमानत नदिएको कारण सीबीआईले झट्ट पक्राऊ गर्नुपर्ने हो। तर न्यायलयले पक्राऊ आदेश दिएको यत्रो दिन बितेर जाँदा पनि कसैलाई पक्राऊ नगर्दा सीबीआई सुतेको छ ? भन्ने लागीरहेको छ। यदि आरोपित व्यक्तिहरू पक्राऊ नपरे जनसाधारणको कानून प्रति विश्वास हट्नेछ” प्रताप खातीले भने।
यस सम्बन्धमा गोर्खालीग पार्टीका महासचिव प्रताप खातीले देशका प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्री, सीबीआईका निर्देश आदिलाई पत्रचार गरेर आरोपित व्यक्तिहरूलाई यथाशिघ्र पक्राऊको माग गरेको बताएका छन्। यसैक्रममा आरोपित व्यक्तिहरूलाई सीबीआईले झट्ट पक्राऊ गर्नपर्ने माग गर्दै अभागोली अध्यक्षा एवं मदन तामाङकी पत्नि भारती तामाङले आगामी आइतबारदेखि आमरण अनशन बस्ने प्रताप खातीले जानकारी दिएका छन्। श्रीमती तामाङले हत्याका आरोपित व्यक्तिहरूलाई पक्राऊ गरेर हत्यामुक्त दार्जीलिङ निर्माणको पहल गर्दै उक्त आमरण अनशन गर्ने निर्णय लिएको पनि खातीले अझ बताएका छन्।
अर्कोतर्फ अभागोली महासचिव प्रताप खातीले गोर्खा जनमुक्ति मोर्चाको झण्डा लगाएर हिँड्ने वाहनहरूलाई पुलिसले जाँच गर्नुपर्ने माग गरेका छन्। यस्ता पार्टीको झण्डा लगाएर हिँड्ने वाहनहरूले हात हतियार बोकेर हिँड्ने गरेको आरोप लगाउँदै यस्ता वाहनहरूलाई पुलिस प्रशासनले जाँच गर्नुपर्ने माग गरेका हुन्।
“अहिले झण्डा लगाएर हिँड्ने वाहनहरूमा हतियार बोकेर हिँड्ने गरेको हामीले जानकारी पाएका छौँ। किन भने दार्जीलिङमा असमको हतियार काण्डपछि एनएससीएन खाप्लाङको मानिसहरू दार्जीलिङ बसेका थियो भन्ने रिपोर्ट छ। जुन व्यक्तिहरूलाई दार्जीलिङमा बस्दा जीटीएका सभासद सञ्जय थुलुङहरूले मिलाएको भन्ने छ। यस्ताहरूलाई पुलिसले झट्ट पक्राऊ गर्नुपर्छ”- प्रताप खातीले आरोप लगाउँदै भने।
उनले गोर्खाहरू राष्ट्रवादीहरू भएको दाबी गर्दै उक्त यहाँ कतिपय राष्ट्रबिद्रोही तत्वहरू सक्रिय बनेको हुनसक्ने आशंका व्यक्त गरे। उक्त विषयमा भारत सरकारले राम्रोसँग ध्यान दिन आवश्यक रहेको बताउँदै। उनले गोजमुमो अध्यक्ष बिमल गुरूङ अनि महासचिव रोशन गिरी पनि बारम्बार उत्तरपूर्वी राज्यमा जाने गरेको घटनाहरू उल्लेख गर्दै उत्तरपूर्वी क्षेत्रबाट यहाँ हात हतियार आयत हुनसक्ने तिनले आशंका व्यक्त गरे। सोही कारण प्रशासनले झण्डा लगाउने वाहनहरूलाई जाँच गर्न आवश्यक रहेको तिनले बताएका छन्।
0 Response to "गोजमुमोले दार्जीलिङमा हतियार भित्राइरहेको आभागोलीको आरोप आरोपित व्यक्तिहरू पक्राऊ नगर्ने सीबीआई सुतिरहेको छ ? - प्रताप खाती"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.