
देश स्वतन्त्रताको दशकौँपछि इल्टाले जोड्यो कालेबुङ खण्ड-1 लाई गोरुबथानसँग
इण्डिजेनस लेप्चा ट्राइबल एसोसिएशन(इल्टा) को पहलमा बनिएको उक्त पूलको उद्घाटन समारोहमा दुवै क्षेत्रका मानिसहरूको उपस्थिति रहेको थियो। मायेलल्याङ लेप्चा डेभलपमेन्ट बोर्ड(एमएलडीबी)का सदस्य सचिव आइएएस गिदान नाम्चु मुख्य अतिथि रहेको उक्त कार्यक्रममा बोर्डका अध्यक्ष ल्याङसोङ तामसाङ प्रमुख रूपमा उपस्थित थिए।
![]() |
Add caption |
भारत स्वतन्त्रतापछि बल्ल क्षेत्रमा पक्का पूल बनिएको जनाउँदै क्षेत्रका विद्यार्थी तथा नानीहरूलाई अब धेरै सुविधा हुने बताइएको छ। कालेबुङ खण्ड-1को निम्बोङ ग्राम पञ्चायत अधिनस्थ रहेको सालडाँडा मैदान क्षेत्रमा आजसम्म पनि हाईस्कूल स्तरको कुनै विद्यालय छैन। यस्तोमा क्षेत्रका अधिकांश विद्यार्थीहरू घिस खोला पारी रहेको गोरूबथान खण्ड अन्तर्गत रहेको पुबुङ र पोख्रेबुङ स्कूलमा पैदल पुग्ने गर्छन। यस्तोमा बर्खायाममा ठूलो समस्या बन्ने घिस खोलामा बल्ल यसचोटि पूल बनिँदा विद्यार्थीहरूलाई धेरै सुविधा पुग्ने भएको छ। यतिमात्र होइन बजार व्यावसायको निम्ति ओदलाबारी जाने तथा पुबुङकाहरूलाई खोला तरेर कालबुङ आउन परे अब उक्त पूलले सुविधा पुग्ने भएको छ।
कार्यक्रमको अवसरमा मुख्य अतिथि जी. नाम्चोले जनाएअनुसार क्षेत्रको पूलले अब कालेबुङ खण्ड-1 लाई गोरुबथान खण्डसँग जोडिदिएको छ। जसले गर्दा जनसाधारणलाई धेरै सुविधा हुनेछ। विद्यार्थादेखि आम मानिसलाई समेत पूल निर्माणले सुविधा पुग्ने जनाउँदै अब पूलको सरक्षण क्षेत्रका मानिसहरूले गर्नुपर्ने बताए। खोलाको आकार ठूलो रहेको कारण बर्खायाममा कुनै असुविधा नहोस् भन्ने उद्देश्यले बोर्ड मार्फत् बाँध निर्माणको निम्ति पनि कार्य गर्ने उनले बताए।
यता एमएलडीबी अध्यक्ष ल्याङसोङ तामसाङले जनाएअनुसार 12 लाख रूपियाँभित्रमा नै यति ठूलो र पक्का पूल निर्माण गरेर नयाँ उदहारण पेश गरिदिएका छन्। क्षेत्रका मानिसहरूको सहयोग पनि धेरै रहेको जनाउँदै उनले भने, यति सानो रकममा यति दुर्गम क्षेत्रमा केही गर्न सहज छैन। तैपनि सबैको सहयोगमा यति सुन्दर र पक्का पूल निर्माण गर्न सकेका छौँ। जसको संरक्षण र सम्वर्द्धनमा अब क्षेत्रवासीले नै कार्य गर्नुपर्छ।
पूलले क्षेत्रका मानिसहरूलाई जोड़्ने कार्य गरेको जनाउँदै इल्टाको माध्यमबाट कालेबुङ खण्ड-1लाई गोरुबथान खण्डसँग पूर्ण रूपले जोड़्न सकेको उनले बताए। यता दोस्रो दलपचन्द प्राथमिक पाठशालाका प्रधान अध्यापक कमल कटुवालले जनाएअनुसार इल्टाको कारण क्षेत्रवासीको वर्षौं पुरानो सपना पूरा भएको छ। राजनैतिक परिवर्तन र व्यावस्था परिवर्तवबीच पनि क्षेत्रवासीले केही पाउन नसकेको गुनासो गर्दै उनले उक्त पूललाई मुक्ति पूलको संज्ञा दिए।
विकासको काम गर्दा राजनैतिक् बाधा बन्न नहुने जनाउँदै पूल निर्माणले आम मानिसलाई धेरै सुविधा पुगेको उनले दावी गरे। लेप्चा जाति मात्र होइन एमएलडीबीले पहाडको समस्त समुदायको निम्ति काम गरिरहेको दावी गर्दै प्राथमिक पाठशालाहरूमा लेप्चा शिक्षकहरूको नियुक्ति चाँडो गरिनुपर्ने माग पनि उनले गरे।
यता पोख्रेबुङ हाई स्कूलका शिक्षक विनोद पराजुलीले बोर्डले गरेको कार्य समस्त समुदायको विकासको कार्य रहेको दावी गरे। उनले भने, यहाँ प्रत्येक जातिको उत्थानको निम्ति काम भइरहेको छ। पानी, पूल, बाटो, स्वास्थ्य र शिक्षाका कुराहरू भनेको पहाडको निम्ति आवश्यक कुराहरू हो, जो विकास बोर्ड मार्फत् भइरहेको छ।
यता डेपुटी मेजिस्ट्रेट एचके रोयले पनि पूल निर्माण कार्यको सराहना गर्दै उक्त कार्यले सबैलाई सहयोग पुग्ने बताए। क्षेत्रलाई जोड्ने सडकसँगै शिक्षा र स्वास्थ्यको असुविधादेखि पनि आफूहरू अवगत बनेको जनाउँदै प्रशासनले यसमाथि पनि नजर राख्ने उनले बताए।
पेमलिङ ठोम सेजुमका अध्यक्ष तेनछिरिङ लेप्चाले स्वागत सम्भाषण राखेको कार्यक्रममा बिगा क्योङ सेजुमका अध्यक्ष जिते लेप्चाले स्वागत सम्भाषण राखेका थिए। ओङछेन लेप्चाले सञ्चालन गरेको उक्त कार्यक्रममा दोस्रो दलचपन्द प्राथमिक पाठशालाका विद्यार्थी लगायत क्षेत्रका महीला कलाकारहरूले कार्यक्रम प्रस्तुत गरेका थिए।
0 Response to "देश स्वतन्त्रताको दशकौँपछि इल्टाले जोड्यो कालेबुङ खण्ड-1 लाई गोरुबथानसँग"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.