
आन्दोलनरत पारा शिक्षकहरूको समर्थनमा ओर्लियो इल्टा

दोर्जी टी. लेप्चाले भने, माइलल्याङ लेप्चा डेभ्लप्मेन्ट बोर्ड (एमएलडीबी) ले केवल लेप्चा समुदायको निम्ति मात्र काम गरेको छैन। तर पहाड़को समस्त समुदाको हितको निम्ति काम गरिरहेको छ। बाटो बनाउनु, पानी दिनु र पूल बनाउनु भनको केवल लेप्चाहरूको निम्ति मात्र हुँदैन। यतिमात्र होइन बोर्डले बहुभाषी पत्रीका निकालेर पहाडको समस्त समुदायको भाषा संस्कृतिको विकासमा पनि काम गरिरहेको छ। यद्यपि आज दार्जीलिङको एउट पुरानो भाषामा पढाई शुरू हुनुपर्छ भन्दा कतिपयलाई समस्या हुनु चिन्ताको विषय हो।
पारा टिचर्सहरूको हितमा अब इल्टाले सङ्घर्ष शुरू गर्नेछ। शुरूका समयहरूमा झैँ यसपल्ट पनि घरको कुखुरा र अदुवा बेचेर हामी अन्दोलन गर्नेछौँ। यसअवधि उनले अब लेप्चा पारा शिक्षकहरूको साथमा इल्टा रहेको बताउँदै उनीहरूको मुद्दालाई लक्ष्यमा पुऱ्याएरै छाड्ने प्रतिबद्धता जाहेर गरे। लेप्चा पारा शिक्षकहरूको समस्याका निम्ति सबैलाई सचेत बन्ने आह्वान गर्दै अब सबै लेप्चा समुदायलाई आन्दोलनका निम्ति तयार भइदिने पनि इल्टाले आह्वान गरेको छ।
स्मरण गराइन्छ, दार्जीलिङ पहाडका विभिन्न प्राथमिक पाठशालाहरूमा लेप्चा भाषा पठनपाठनको निम्ति 46 जनाले नियुक्ति पत्र पाइसकेका छन्। यद्यपि जीटीए अनि राज्य सरकारको खिचातानीको कारण लेप्चा शिक्षकहरूलाई सम्बन्धित स्कूलहरूमा जोइन गर्नबाट रोक लगाइएको छ। एकातिर यस मुद्दा न्यायालयमा चलिरहेको छ भने अर्कोतिर 46 जना पीडित लेप्चा शिक्षक-शिक्षिकाहरू करीब दुई महिना अघिदेखि न्यायको माग गर्दै यहाँको थानाडाँडा परिसरमा धरनामा बसिरहेका छन्। पीडित लेप्चा शिक्षक-शिक्षिकाहरूले सम्बन्धित स्कूलहरूमा जोइन गर्न दिनुपर्ने भन्दै धरना प्रदर्शन गरेको दुई महिना नाघिसक्दा पनि कुनै ठोस् पहल नभएपछि लेप्चा समुदायको मूल सङ्गठन इल्टा आन्दोलनरत लेप्चा पारा शिक्षकहरूले गरिरहेको आन्दोलनको समर्थनमा ओर्लिएको हो।
0 Response to "आन्दोलनरत पारा शिक्षकहरूको समर्थनमा ओर्लियो इल्टा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.