-->
लेप्चाभाषी प्यारा शिक्षकहरूले नवन्नामा धर्ना दिएको असल -विमल गुरूङ

लेप्चाभाषी प्यारा शिक्षकहरूले नवन्नामा धर्ना दिएको असल -विमल गुरूङ

File photo
डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 11 मई। “हामी लेप्चा दाजु भाइ-दिदी बहिनीहरूले रोजगार नपाओस भन्दैनौँ। उनीहरूले पाउने रोजगार अधिकार निश्चितरूपले पाउनुपर्छ। हामी उनीहरूले पाउने रोजगारलाई सय प्रतिशत समर्थन गर्छौँ। तर यहाँ जुन प्रकारले सरकारले नियम पालन गरेको छैन त्यसको हामी बिरोध गर्दैछौँ” – उक्त कुरा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख बिमल गुरूङले भनेका हुन्।
सरकारबाट नियुक्ति पत्र पाएका लेप्चा प्यारा शिक्षकवर्गलाई जीटीए क्षेत्रका पाठशालाहरूमा तैनाथ हुन नदिए पछि अहिलेघरी उनीहरू यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा धर्नामा बसेका छन्। लेप्चा प्यारा शिक्षकवर्गले गरिरहेको धर्ना सम्बन्धि जीटीए प्रमुख बिमल गुरूङको प्रतिक्रिया लिने क्रममा उक्त समस्याको सिर्जना पश्चिम बङ्गाल सरकारले जीटीएको कानूनलाई उल्लंघन गरेको कारण भएको हो भनि स्पष्ट बताए।
“लेप्चा दाजु भाइहरूलाई मेरो विशेष अनुरोध छ कि यस्तो धर्ना प्रदर्शन यहाँ गर्नु भन्दा कोलकोताको राईटर्स अथवा नवन्नामा दिओस” बिमल गुरूङले भने। उनले यो समस्याको मुख्य जड नै राज्य सरकार रहेको कारण राज्य सरकार बिरुद्ध नै धर्ना गर्नु उचित रहेको मनाशय पोखे। यसैक्रममा उनले लेप्चा भाषी प्यारा शिक्षकवर्गको धर्नालाई सम्मान रहेको बताउँदै यसबारे पश्चिम बङ्गाल सरकारलाई नै प्रश्न गर्नुपर्ने बताए।
“यहाँ पश्चिम बङ्गाल सरकारले लेप्चा दाजु भाइरहरूलाई बुमेर्‍याङ गरेको छ। पश्चिम बङ्गाल सरकारले जुन स्कूलहरूला नियुक्ति दिएको छ त्यो स्कूल कसको अधिनमा छ ? यो कुरा किन बुझ्दैन ?” गुरूङले प्रश्न तेर्साए। जीटीए क्षेत्रमा नियुक्ति दिने क्षमता जीटीएको सम्झौता अनुरूप जीटीए अधिनस्थ रहेको बताउँदै राज्य सरकारले हस्तक्षेप गर्नु ठिक नरहेको बताए।
“आज लेप्चा भाषा पढाउन जसरी राज्य सरकारले हस्तक्षेप गरेर नियुक्ति गर्दैछ यो हामी कदापी मन्दैनौँ। यदि हस्तक्षेप गरेर नियुक्ति गर्छ भने यो विषय हाम्रो हो भनेर सरकारले लेखेर दिओस। त्यसपछी हामे के गर्नुपर्छ गर्नेछौँ” बिमल गुरूङले भने। यसैक्रममा बोल्दै उनले सरकारले यदि लेप्चा भाषीहरूलाई लेप्चा भाषा पढाउन नियुक्ति गर्छ भने जीटीएको सबै 45 वटा समष्टिहरूमा लेप्चा भाषा सँगै अन्या भाषा पठन पाठनको निम्ति सबै जाति गोष्ठीलाई नियुक्ति गरोस भनि चुनौति दिए। गुरूङले पत्रकाहरुसँग कुराकानी गर्दै देशको कानुन, नीति, सम्झौता आदि सरकारले पनि पालन गर्नुपर्छ अनि यी सम्झौता र कानुनहरूलाई नाघेर काम गर्नुहुँदैन भन्ने मोर्चाको अडान रहेको पनि गुरूङले स्पष्टिकऱण दिएका छन्।
गुरूङले भने, लेप्चा दाजुभाइले यो समस्याबारे किन सिधै पश्चिम बङ्गाल सरकारलाई सोद्धैन? उनीहरूले नियुक्ति पाएको स्कूल कसको अधिकारभित्र पर्छ भन्नेकुरा किन सोद्धैन? गुरूङले बोरोजगारीको समस्या लेप्चाभाषीहरूको मात्र होइन तर हजारौँ शिक्षित युवाहरूको समस्या रहेको बताए। पश्चिम बङ्गाल सरकारले लेप्चाभाषीहरू सरह अन्य समुदायका शिक्षित युवाहरूलाई रोजगारको अवसर नदिएकोमा पनि गुरूङको आपत्ति छ। गुरूङले पत्रकारहरूसँग बोल्दै लेप्चाभाषी शिक्षक-शिक्षिकालाई मात्र सरकारले प्राथमिकता दिनुको पछि सरकारको “फुटाउ अनि राज गर”-को नीति उदाङ्गो भएको दाबी समेत गरे।
यसैले सरकारको यस्तो नीतिलाई रोक्ने दिशामा आफूहरूले काम गरिरहेको गुरूङको भनाइ छ। यसबाहेक लेप्चाभाषी शिक्षक शिक्षिकालाई गरिएको नियुक्ति प्रक्रिया पनि ठिक नरहेको भन्दै गुरूङले भने, एउटा स्कूलमा 40 जना विद्यार्थीहरू बराबार एकजना शिक्षक नियुक्त गरिनुपर्ने हो। तर उनीहरूले जुन स्कूलहरूमा नियुक्ति पाएका छन् त्यहाँ 2 जना भन्दा धेर लेप्चाभाषी विद्यार्थीहरू छैनन्। यसैले लेप्चाभाषी शिक्षक-शिक्षिकाको नियुक्तिको मामिला उच्च न्यायलयमा चलिरहेको अनि उच्च न्यायालयमा पनि यस मुद्दा जीटीएको पक्षमा नआए सर्वोच्च न्यायालय जान पनि पछि नपर्ने गुरूङले चेताउनी दिएका छन्।
अर्कोतिर अब गोर्खाल्याण्डको चुनाउ हुनुपर्छ भन्ने ताजा वयान जारी गरेको सन्दर्भमा प्रश्न गर्दा अहिलेसम्म हामीले सासंद, विधायक, सभासद् सबै बनायौँ अब के हामीलाई एउटा राज्यको चुनाउ भएको सही रहेको कारण यस्तो बयान दिएको स्पष्ट पारे। “हामीलाई हाम्रो आफ्नो राज्यको चुनाव भएको मनपर्छ। आफ्नै राज्यको चुनाव भएर सरकार बनिए राज्यको बिकास हुन्छ” गुरूङले भने।

0 Response to "लेप्चाभाषी प्यारा शिक्षकहरूले नवन्नामा धर्ना दिएको असल -विमल गुरूङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.