जीटीए चुनावमा मोर्चा बिरूद्ध निर्दलीय चुनाव लड्ने सञ्चबीर सुब्बा पुनः मोर्चामा फर्किए बिमल गुरूङले थमाए साङ्गठनिक सचिवको नियुक्ति पत्र
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 11 मई। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको चुनावमा गोजमुमो पार्टीले टिकट नदिए पछि मोर्चाकै बिरूद्धमा निर्दलीय प्रार्थीका रूपमा चुनावी मैदानमा ओर्लिएका सञ्चबीर सुब्बालाई मोर्चाले पुन: पार्टीमा फर्काएका छन्।
41 नम्बर समष्टिका जनताले चुनावमा सञ्चबीर सुब्बालाई नै पार्टीले टिकट दिनुपर्ने माग गरिरहेको समयमा यता गोजमुमो अध्यक्ष बिमल गुरूङले भने सुब्बालाई टिकट दिनको साटो उक्त समष्टिबाट गोजमुमो उपाध्यक्ष कल्याण देवानलाई चुनावी मैदानमा उतारेका थिए। मोर्चाले टिकट नदिए पछि जनताको समर्थनमा उनले मोर्चालाई नै चुनौति दिँदै निर्दलीय प्रार्थीका रूपमा चुनावी मैदानमा ओर्लिए पछि सञ्चबीर सुब्बा सबैको केन्द्र बिन्दु बनेका थिए।
मोर्चाले एकाधिक समष्टिहरूबाट निर्विरोध चुनाव जितिरहेको अवस्थामा भने 41 नम्बर समष्टि मोर्चाकै निम्ति प्रतिष्ठाको लडाई बनेको थियो। उक्त चुनावमा निर्दलीय प्रार्थी सञ्कबीर सुम्मा कल्याण देवान बिरूद्ध सामान्य मतले पराजित भए पछि उनी मोर्चा देखि टाडा बनेका थिए। मोर्चाबाट निकै लामो समयसम्म टाडा बसेका सुब्बालाई अखिरमा पार्टीले पुन: आफ्नो पक्षमा फर्काएर ल्याएका छन्।
जीटीए चुनावमा पराजयको सामना गर्न परेपछि राजनीति देखि टाडा बसेका सुब्बा आज मोर्चामा पुन: फर्किएपछि गोजमुमो अध्यक्ष बिमल गुरूङले सुब्बालाई 41 नम्बर गितडाब्लिङ-निम्बोङ समष्टिको साङ्गठनिक सचिवको पद्भार पनि सुम्पिएको छ।
आज स्थानीय एक होटलमा आयोजित पत्रकार सम्मेलनअवधि मोर्चा प्रमुख गुरूङको बाहुलीबाट क्षेत्रको साङ्गठनिक सचिवको रूपमा सुब्बालाई नियुक्ति पत्र प्रदान गरिएको हो। गुरूङ स्वयंले नै सुब्बाको दलमा पुर्नबहाली भएको औपचारिक घोषणा गरे। “सञ्चबीर सुब्बा पार्टीकै सदस्य हुन्। चुनाउपछि उनले पछाडीबाट मोर्चालाई सहयोग पुऱ्याइरहेको भएपनि उनी खुलेर अघि आएका थिएनन्। यसैले पार्टीका नेतृत्वहरूसित चर्चा गरेपछि सुब्बालाई आधिकारिक रूपमा पद्भार दिइएको हो” बिमल गुरूङले भने।
क्षेत्रीय सभासद् कल्याण देवानले कालेबुङमा रहेर 41 नम्बर समष्टिमा सबैकाम गर्न असमर्थ हुने भएकाले सुब्बाको माध्मयबाट क्षेत्रीय विकास गर्ने अनि साङ्गठनीक कार्यहरूलाई दह्रिलो पार्न सक्ने विमल गुरूङको आशा व्यक्त गरे। सुब्बाले गोजमुमो गठन देखिनै पार्टी र जातिको निम्ति ठूलो योगदान दिएको बताउँदै उनलाई पार्टीले जिम्मेवारी दिने कार्य गरेको पनि जानकारी गराए।
“41 नम्बर समष्टिमा पार्टीलाई स्थापित गर्ने व्यक्ति नै सञ्चबीर सुब्बा हुन्। अब उनलाई हामी पार्टीको जिमेवारी सुम्पिएका हौँ” बिमल गुरूङले भने।
अर्कोतिर सञ्चविर सुब्बाले मोर्चा अध्यक्षको बाहुलीबाट सांगठनिक सचिवको पनियुक्ति पत्र पाएपछि पत्रकारहरू सँग बोल्दै राजनीतिमा बितेको कुरा हेर्नु नहुने बताए।&
“मोर्चाले जातिको राजनैतिक, सामाजिक एवं आर्थिक स्थितिको निम्ति अलग्गै व्यवस्थाको लडाईँ लडिरहेको छ। हामी पनि त्यहीँ व्यवस्थाको लडाईँ लड्दैछौँ। चुनाउमा उभिनु घरिभित्रको कुरामा सुधार ल्याउने काम मात्र थियो” सञ्चबीर सुब्बाले भने।
उनले आफू कहिलै बाहिर नगएको बताउँदै यसबारे पार्टी अवगत रहेको थप बताउँदै पार्टीले लक्ष्यलाई भूल्न नहुने सुझाव पनि दिएका छन्।
0 Response to "जीटीए चुनावमा मोर्चा बिरूद्ध निर्दलीय चुनाव लड्ने सञ्चबीर सुब्बा पुनः मोर्चामा फर्किए बिमल गुरूङले थमाए साङ्गठनिक सचिवको नियुक्ति पत्र"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.