लेप्चा प्यारा शिक्षकवर्गले बिमल गुरूङलाई देखाए रित्तो भाँडा
![]() |
| File Photo |
डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 11 मई। यहाँको थाना डाँडा परिसरमा धर्ना गरिरहेका लेप्चा प्यारा शिक्षकवर्गले जीटीए प्रमुख बिमल गुरूङलाई रित्तो भाँडा देखार सांकेतिक बिरोध जनाएको छ। उक्त घट्नाको केही घण्टा अघि मात्रै जीटीए प्रमुख बिमल गुरूङले लेप्चा प्यारा शिक्षकहरूको समस्या पश्चिम बङ्गाल सरकारले जीटीएमा हस्तक्षेप गरेको कारण भएको हो यसैकारण उनीहरूले राज्य सरकारको बिरूद्ध राईटर्स अथवा नवन्नामा धर्ना दिएको उचित हो भनि बयान दिएका थिए।
एउटा कार्यक्रममा सहभागी बन्न जीटीए प्रमुख थाना डाँडाबाट वाहनमा सवार बनी गइरहेको समयमा यसरी धर्नामा बसेका लेप्चा प्यारा शिक्षकवर्गले रित्तो भाँडा देखाएका हुन्। प्यारा टिचरको रूपमा नियुक्ति पत्र हात पारेपनि सम्बन्धित स्कूलहरूमा जोइन गर्न जीटीएले रोक लगाएको आरोप लेप्चा प्यारा शिक्षकहरूको रहेको छ। जसको कारण उनीहरूले यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा धर्नामा बसिरहेका छन्। रोजगार पाएर पनि रोजगार विहिन बन्ने अवस्थामा पुगेपछि लेप्चा शिक्षकवर्गको आक्रोस दिनो दिन बडीरहेको छ।
जीटीए क्षेत्रका कुनै पनि विद्यालयहरूमा नियुक्ति पत्र पाएर पनि जोइन बन्न नपाए पछि उनीहरूले समस्याको जड जीटीएलाई नै मानेको छ। जसको कारण अहिलेसम्म राज्य सरकार विररूद्ध उनीहरू केही बोलेका छैनन्। यसरी जीटीए अनि राज्य सरकारमाझको खिचातानीको कारण नियुक्ति पत्र स्वीकार नभएपछि अब उनीहरूले आमरण अनशन बस्ने चेताउनी दिएका छन्। पीडित शिक्षक शिक्षिकाको पक्षमा बोल्दै रोबर्ट लेप्चाले भनेअनुसार विमल गुरूङ केही दिनसम्म कालेबुङमा बस्नसक्छन्।
यो समयअवधिभित्र उक्त समस्या समाधान गरिदिने आशा आफूहरूको रहेको बताए। यदि जीटीए प्रमुख विमल गुरूङले कालेबुङमा छँदा नै कुनै पहल नभए बिहिबारदेखि आफूहरू आमरण अनशनमा बस्ने रोबर्ट लेप्चाले चेताउनी दिएका छन्। आज धरनामा बसेका शिक्षक-शिक्षिकाको मनोबल बढाउन धेरै सङ्ख्यामा अन्य मानिसहरू पनि उपस्थित बनेका थिए। यसबेला धरनास्थलमा नै एक पथसभाको पनि आयोजना गरियो।
यस पथसभालाई सम्बोधन गर्दा आन्दोलनकारी प्रतिनिधिहरूले आजसम्म सम्बन्धित पक्षहरू अनि क्षेत्रीय प्रशासनसम्मले लेप्चाभाषी शिक्षक-शिक्षिकाको मागलाई अनदेखा गर्दै आइरहेको आरोप लगाए। यसैले न्यायको मागमा आन्दोलनलाई अझ तीब्रता दिने उनीहरूले चेताउनी दिएका छन्। यता बिमल गुरूङको कालेबुङ आगमनलाई केन्द्र गरेर आज लेप्चा प्यारा शिक्षकवर्गको समस्या समाधान गर्नुपर्ने मागमा शहरको विभिन्न स्थानहरूमा लेप्चा प्यारा शिक्षकवर्गले पोष्टरिङ पनि गरेका थिए।
0 Response to "लेप्चा प्यारा शिक्षकवर्गले बिमल गुरूङलाई देखाए रित्तो भाँडा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.