जीना प्रधान हत्याकाण्डको मुद्दालाई कालेबुङ कृषक कल्याण संगठनले उच्च न्यायालयमा पुर्याउने
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 23 मई। दार्जीलिङ पहाडको चर्चित हत्याकाण्डहरू मध्ये जीना प्रधान हत्याकाण्डको मुद्दा अझसम्म सुल्झिन सकेको छैन। उक्त मुद्दा सुल्झनुको साटो पुलिस प्रशासनले अझसम्मा हत्याराहरू समेत आजसम्म पक्राउ गर्न सकेको छैन। गत 15 नोभेम्बर 2011 को दिन दिउँसै भएको उक्त हत्याकाण्डले चार वर्ष पुरा गर्न लागेको छ। यतिका दिनसम्म पनि यता पुलिस प्रशासनले भने हत्याबारे सुइँको समेत प्राप्त नपाउनुले पुलिस प्रशासनको कार्य प्रणालीमाथी नै प्रश्न उठ्नु स्वाभाविक नै हो। यसै मुद्दालाई लिएर पिढीत परिवार पक्षले आजसम्म न्याय नपाएपछि उनीहरूलाई न्याय दिलाउन आगामी दिनमा उक्त मुद्दा कोलकोता उच्च न्यायलयमा दर्ता गर्ने कालेबुङ कृषक कल्याण संगठनका विष्णु छेत्रीले जानकारी दिएका छन्।
संगठनका महासचिव छेत्रीले आगामी 15 दिनभित्र उच्च न्यायालयमा मामिला दर्ता गर्ने भएको जानकारी दिँदै न्यायको निम्ति लड्ने बताए। आज सङ्गठनको नीजि कार्यालयमा संगठनको ग्रामीण स्तरीय सभामा कमिटीले उक्त निर्णय लिएको सङ्गठनका महासचिव विष्णु छेत्रीले बताएका हुन्। उनले भने, आजसम्म जीना प्रधान अनि उनका परिवारले न्याय पाएका छैनन्। पहाडमा शान्ति अनि सुरक्षा हुनपर्छ। हामी अपराधमुक्त समाज निर्माणको पक्षमा छौँ। यसैले यस मामिलालाई उच्च न्यायालयसम्म पुऱ्याउने निर्णय लिएका हौँ।
अर्कोतिर सङ्गठनले भालूखोप ग्राम पञ्चायत अन्तर्गत चम्पामाया निम्न बुनिँयादी पाठशालामा भएको मध्यान्न भोजन भ्रष्टचार मामिलालाई पनि सर्वोच्च न्यायलयमा पुऱ्याउने तय गरेको छ। केही महिनाअघि यस पाठशालामा लगभग एक वर्षसम्म नानीहरूले मध्यान्न भोजन नपाएको घटना सार्वजनिक भएको थियो। सङ्गठनले आरोप लगाए अनुसार यस घटनाको न्यायिक जाँचको माग गर्दै सङ्गठनले राज्य अनि राष्ट्रिय आयोगमा पत्रचार गरेको थियो। फलस्वरूप आयोगले घटनाको जाँच गर्न जिल्ला पुलिस अधिक्षकलाई निर्देश गरेको भएपनि आजसम्म विभागीय पहल नभएपछि सङ्गठनले उच्च न्यायलयमा मामिला दर्ता गर्ने तय गरेको छेत्रीले बताए।
0 Response to "जीना प्रधान हत्याकाण्डको मुद्दालाई कालेबुङ कृषक कल्याण संगठनले उच्च न्यायालयमा पुर्याउने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.