
गुड्गाउमा भएको हमलामा घाइतेहरुलाई घर फर्काउने प्रयासको विरोध
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 23 मई । गत हप्ताह दिल्लीको गुड्गाउमा भएको हमलामा घाइतेहरुलाई घर फर्काउने कुराले दिल्ली निवासी गोर्खाहरुले असंतोष प्रकट गरेका छन। एकातिर हमलाको जाचकाण्ड चलीरहेको समय अनि घाइतेहरुको इलाज पनि पुरा नभइ घर फर्काउने प्रयास मुर्खपना हो भन्ने हमलाको विरोध गर्दै घाइतेहरुको इलाज र आरोपितहरुलाई कडा भन्दा कडा सजाय संगै गोर्खा र नारीहरुलाई अपशब्द गर्नेमाथि कडा कार्यवाही गर्ने गोर्खा आन्दोलनकारीहरुले मंतव्य पोखेका छन।
उत्तर पूर्व पहाडको क्षेत्रको दार्जीलिङ जिल्ला अन्तर्गतका टिस्टा भ्यालीका तिन गोर्खे यूवकहरुमाथी गत हप्ताको शनिवार राति 11 बजे तिर गुड़गांवको नाथुपुर सब्जी मंण्डी नगिजमा एउटा भाड़ाको घरमा बस्ने सागर राई, अविसेक राई अनि देवकुमार राई प्राण घातक हमला घातक रुपमा मारपिट गरि घायल बनाएको खबरपछि दिल्लीमा बस्ने गोर्खा जातिका मानिसहरुले एक जुट भएर घाइतेहरुलाई इलाज गराए भने गुड़गाँउको सहारा महलदेखी 8 किलोमिटर टाड़ा गुड़गाँउ अवस्थित नाथुपुर सब्जी मंण्डी नगिज रहेको डिसिपी कार्यलयमा जुलूस निकालेर गुड़गाँउको डिसिपिलाई आरोपितहरुको पक्राउको माग गर्दै ज्ञापन दिएका थिए । उसरीनै दोषिहरुमाथि थप कार्यवाहि अनि गोर्खाहरु र गोर्खानारीहरुप्रति अपशब्द प्रयोग गर्ने एस आइ बलजीत सिंगको पक्राउको पनि माग गर्दै पुलिसलाई दबाव दिइरहेका थिए।

अहिलेसम्म 5 आरोपीतलाई यहाँ पक्राउ गरि सकेको छ भने अचानक दार्जीलिङदेखी आएको नेताहरुले यहा दिल्लीको रहन सहन नबुझी उनिहरुकै तरिकाले कदम उठाउनू हुदैन भनि बताउदै उनिहरुले एकै स्वरमा भने कि आजसम्म हामीले यो केसलाई यहाँ सम्म पुर्या्एपछि अहिले आएर राजनैतिक रुप दिइरहेको ठिक नभएको सभासद नर्बुजीलाई अवगत गराई सकेको पनि उनिहरुले बताए । यसै सम्बन्धमा दार्जीलिङका सांसदले आजसम्म हेर्न पनि नआएर् उनको छोरालाई पठाउनु अचम्भको कुरो हो मंतव्य गरेका छन।
बिमल गुरुङले दिल्लीमा धर्नाको समयमा दिल्ली गोजमुमो भंग गरेको थियो भने अचानक यो घटना भएपछि मनोज शंकरलाई दिल्लीको गोजमुमोको केयरटेकर नियुक्त गरेर राजनैतिक खेल खेलीरहेको पनि तिनीहरुले आरोप लगाए । यस बिषयमा आजसम्म पहाड़मा कुनै सामुहिक प्रतिवादसम्म भएन फेरि आज किन राजनैतिक दावपेचको रुप दिने प्रयास भैरहेकोछ, उनिहरुले प्रश्न गरे? यसले आउने दिनमा दिल्लीमा बस्ने गोर्खाहरुको भविष्य अन्धकारतिर लाने प्रयास मात्र भइरहेको टिप्प्णी गरेका छन ।
सभासद नर्बुजीदिल्ली पुगेपछि तिनजना घाइतेहरुलाई सरप्रभ बिहार नयाँ दिल्लीको हिलींग टच अस्पतालमा दिउसोको 1 बजे तिर भर्ती गरेको जानकारी दिल्ली गोजमुमोका केयरटेकर मनोज शंकरले दुरभाषमा मार्फत बताए। तिनले भने उक्त भर्ती दार्जीलिङको सांसद एसएस आह्लुवालीयाले गराएका हुन साथै तिनीहरुको सम्पूर्ण जाँच अनि उपचार गरे पश्चात मात्रै असपतालदेखी छुट्टि लिइने छ । आज गत हप्ताह्को घटना प्रतिवादमा असमका गोर्खाहरुले पनि प्रतिवाद प्रदर्शन गरे।
0 Response to "गुड्गाउमा भएको हमलामा घाइतेहरुलाई घर फर्काउने प्रयासको विरोध"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.