
पहाडमा औषधीय पौधाहरूको सम्भाव्यताबारे कार्यशाला सम्पन्न
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 23 मई। दार्जीलिङ पहाडमा औषधीय पौधाहरू धेरै मात्रमा पाउने गरे पनि आजसम्म यहाँका मानिसहरू गरिबी मुक्त हुन नसकेको जी.एस योञ्जनले बताएका छन्। यहाँको रामकृष्ण रङ्गमञ्चमा राष्ट्रीय उद्भिद परिषद अनि दार्जीलिङ शिक्षा अनुसन्धान एवं बिकास परिषदको आयोजनामा सम्पन्न औषधीय पौधाहरूको खेती, प्रयोग र संरक्षण विषयमा आयोजित कार्यशालामा बोल्दै योञ्जनले उक्त कुरा भनेका हुन्।
यस अवसरमा कार्यक्रममा पश्चिम बङ्गाल औषधीत परिषदका निर्देशक प्रशान्त कुमार सरकार, सिक्किम विश्व विद्यालयका उद्भिद विभागका प्रो. धनिराज छेत्री अनि अनुसन्धानकर्ता दावा लेण्डुप लेप्चा स्रोत व्यक्तित्वका रूपमा उपस्थित रहेका थिए। यता कार्यक्रममा कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीको पनि विशेष उपस्थिति रहेकोप थियो।
यसैक्रममा बोल्दै जी.एस योञ्जनले एकातिर दार्जीलिङ पहाड तथा हिमालीय क्षेत्रमा औषधीय पौधाहरू धेरै भए पनि यहाँका बसिन्दाहरू भने गरिबी मुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए। यदि यहाँ भएका दशवटा औषधीय पौधाहरूलाई लिएर मात्र पनि काम गर्न सके पहाड देशकै सिर्ष आर्थिक सम्पन्न क्षेत्र हुने तिनले दाबी गरे। यस अवधी उनले पहिलो चरणमा मानिसहरूलाई औषधीय पौधाहरू सम्बन्धी जानकारी प्रदान गरेर यसको अनुसन्धान, अध्ययन गरेर खेती गर्न सके निरन्तर रूपमा आयश्रोतको माध्यमम बन्न सक्ने पनि तिनले जानकारी गराए।
सोही क्रममा कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य पनि स्थानीय मानिसहरूलाई क्षेत्रमा पाइने औषधीय पौधा अनि यसबाट हुने लाभ बारे जानकारी गराउन आयोजना गरिएको बताएका छन्।
अर्कोतिर कार्यशालामा स्रोत व्यक्तिका रूपमा उपस्थित पश्चिम बङ्गाल औषधीय परिषदका निर्देशक प्रशान्त कुमार सरकारले औषदधीय पौधाहरूको खेती सम्बन्धि भारत सरकारको विभिन्न योजना अनि सहुलियतहरू बारे उपस्थित मानिसहरूलाई जानकारी गराए। उनले औषधीय पौधाहरूको खेती गर्न सके मानिसहरूको आयश्रोत बृद्धि हुने पनि जानकारी गराउँदै यसबारे मानिसहरू जागरूक बन्ने आह्वन गरे।
यसरी नै प्रो. धनीराज छेत्रीले यदि पहाडमा औषधीय पौधाहरूको बिकास गर्नका निम्ति क्षेत्रिय अनुसन्धान निर्माणको आवश्यक्ता रहेको बताए।
सोहीक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङका विधायक डा हर्कबहादुर छेत्रीले कुनै पनि क्षेत्रको विकास गर्नु हो भने मान्छे पनि होइन संस्थान आवश्यक रहेको बताएका छन्। उनले दार्जीलिङ पहाडमा केन्द्रिय विश्वविद्यालय, मेडिकल कलेज आदि निर्माण भएमात्र दार्जीलिङ पहाडको साँचो अर्थमा विकास हुने बताउँदै पहाडमा अनेकौँ संस्थानहरू स्थापना गर्नुपर्ने अनिवार्यता प्रकट गरेका छन्।
डा. छेत्री अनुसार मोर्चाले शुरूदेखि नै पहाडमा केन्द्रिय विश्वविद्यालय स्थापना गर्नुपर्छ भन्ने माग गरिहेको छ। फलस्वरूप उक्त कुरा जीटीए सम्झौतामा पनि उल्लेख छ। यसैले केही महिनाअघि मानव संशाधन विकास मन्त्री स्मृति इरानीसित पनि भेट गरेर केन्द्रिय विश्वविद्यालयको कुरा उठान गरिएको छ। तर केन्द्रिय विश्वविद्यालय निर्माण गर्न धेरै खर्च लाग्ने, धेरै समय लाग्न भन्दै केन्द्रले पन्छ्याउँदै आइरहेको डा. छेत्रीको आशय छ।
उनले भने, हामीले पनि केन्द्रिय विश्वविद्यालय भोलि नै निर्माण हुनुपर्छ भनेर भनेका छैनौँ। तर केही समय लगाएर भएपनि पहाडमा यस्ता संस्थानहरू निर्माण गर्नसके यो पहाडबासीको निम्ति ठूलो उपलब्धी हुने डा. छेत्री ठान्छन्। यसका अतिरिक्त पहाडमा अनेकौँ कल-कारखानाहरू पनि स्थापना गर्नसकिने विचार राख्दै सरकारले अहिलेसम्म पहाडमा कलकारखाहरू स्थापना गर्न नसिकने तर्क राख्दै आइरेको भएपनि यो केवल सरकारको बाहना रहेको डा. छेत्रीले आरोप लगाएका छन्।
0 Response to "पहाडमा औषधीय पौधाहरूको सम्भाव्यताबारे कार्यशाला सम्पन्न"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.