भूइँचालोले बीटी कलेज आंशिक क्षति
डी के वाइबा, कालेबुङ, 29 अप्रेल। सरकारी प्राथमिक शिक्षक प्रशिक्षण केन्द्र (बीटी कलेज) कालेबुङलाई सोम्बार साँझ आएको भूइँचालोले आंशिक क्षति पुर्याएको छ। सय वर्ष भन्दा पुरानो कलेजको भवनलाई भूइँचालोको झट्काले हल्लाउँदा क्षति भएको हो।
भुइँचालोले कलेज भवनलाई धेरमात्रामा क्षति पुऱ्याएको कारण कलेज सञ्चालन गर्नसमेत असुविधा भइरहेको कलेज कतृपक्षले जनाएको छ। मिरिक नजिक केन्द्रबिन्दु बनेको भूइँचालेले कलेजको भित्री भाग, प्राचार्य कक्ष, स्टाफ रूम साथै कार्यालयका भित्ताहरू चर्काएको छ। जसको कारण भवन जीर्णोद्वार नभएसम्म उक्त कक्ष सञ्चालनमा ल्याउन जोखिमपूर्ण रहेको प्राचार्य मणिन्द्र भुजेलले जानकारी दिएका छन्।
यस सम्बन्धमा उनले सम्बन्धित विभागलाई जानकारी गराउँन क्षेत्रिय सभासद सुनिल प्रधानलाई जानकारी गराइसकेको बताएका छन्। यसका अतिरिक्त कलेज नजिकैमा रहेको सरकारी निम्न प्रायोगिक पाठशालालाई पनि भुइँचालोले आंक्षिक क्षति पुऱ्याएको छ। कलेजका प्राचार्य मणिन्द्र भुजेलले भने अनुसार भुइँचालोपछि कलेजको कार्यलयपक्ष सञ्चालन गर्न धेरै जोखिमपूर्ण भएको छ। यसैले कार्यालय कक्षलाई अस्थायी रूपमा अन्यत्र स्थान्तरण गरिने प्राचार्य भुजेलले जनाएका छन्।
यदि समयमा नै भवन जीर्णोद्वार नभए फेरि यस्ता प्राकृतिक प्रकोप आएको खण्डमा धेरै ज्यानमालको क्षति हुनसक्ने सम्भावना धेर रहेको भुजेलले बताए। भूइँचालोले कलेज भवनलाई क्षति पुर्याए पछि अब यसको सञ्चालन व्यवस्थित ठाउँमा गर्न आवश्यक रहेको उनले अझ बताएका छन्।
0 Response to "भूइँचालोले बीटी कलेज आंशिक क्षति"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.