-->
1 मईको दिन कालेबुङमा हाफ म्याराथन

1 मईको दिन कालेबुङमा हाफ म्याराथन

डी के वाइबा, कालेबुङ, 29 अप्रेल । आगामी 1 मईको कालेबुङमा 21 किलोमिटर लामो दुरीको हाफ् म्याराथन सम्पन्न हुने भएको छ। उक्त हाफ म्यारथन ‘रन विथ् रोशनीको ब्यानरमा’ हुने भएको छ। दार्जीलिङ पहाडका युवाहरूलाई राष्ट्रिय स्तर मात्र नभएर ओलम्पिक खेला सम्म पुर्‍याउने सोंच राखेर प्रत्येक वर्ष कालेबुङमा यसरी हाफ म्याराथन आयोजना गर्दै आइरहेको छ। उक्त हाफ म्याराथनमा बिजयी हुने छ जना प्रतियोगीहरूलाई मुम्बई हाफ म्याराथनमा भग लिन पाउने भएको छ।
यसबारे आज म्याराथन धावक रोशनी राईले पत्रकार सम्मेलन डाकेर जानकारी दिइन। यहाँको डम्बरचोकदेखि पेदोङसम्मको 21 किलोमिटरको यस दौडमा कालेबुङ, दार्जीलिङ, खरसाङ, मुम्बई, सिलोङ लगायतका क्षेत्रबाट मोठ 60 जना प्रतियोगिहरूले अंशग्रहण गर्नेछन्। उक्त प्रतियोगिताबाट छनौट भएका पुरूष वर्गका तीनजना अनि महिला वर्गका तीनजना गरेर मोठ 6 जना प्रतियोगीहरूलाई रन् विथ् रोशनीले मुम्बई म्याराथनको निम्ति प्रायोजना गर्ने भएको छ।
आगामी 2016 को जनवरी महिनामा मुम्बई सट्याण्डर्ड चार्टरले आयोजना गर्ने म्याराथन दौडको निम्ति उक्त छ जनालाई रन् विथ् रोशनीले प्रायोजना गर्ने रोशनी राईले बताएकी छन्। ‘वी आर गोर्खाज्, प्राउड टू बी एन् इण्डियन’-नामको टिसर्ट लगाएर अन्तराष्ट्रिय स्तरमा नै गोर्खाहरूको उपस्थिति दिने काम गरिहेको रन् विथ् रोशनीले वर्ष 2011 देखि कालेबुङमा फ्रेण्डली ग्रुप लङ् रन् शुरु गरेको थियो भने यसवर्षदेखि सम्पन्न भइरहेको हाफ म्याराथन दौडलाई वर्षैपछि निरन्तरता दिइने भएको छ।
यस म्यारथन दौडलाई कालेबुङ हिमालयन म्याराथन रनर्स एशोसिएसनले विशेष सहयोग पुऱ्याइरहेको छ। आज एक पत्रकार सम्मेलन डाकेर रन् विथ् रोशनी प्रोजेक्टका संस्थापक अन्तराष्ट्रिय धाविका रोशनी राईले यसबारे जानकारी गराउँदै गोर्खा धावकहरूलाई ओलम्पिकसम्म पुऱ्याउने यस प्रोजेक्टको लक्ष्य रहेको बताएकी छन्। पत्रकार सम्मेलनमा रन् विथ् रोशनीका माला शेर्पा, प्रेमिका राई लगायत अन्य

0 Response to "1 मईको दिन कालेबुङमा हाफ म्याराथन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.