-->
४,२६४ को मृत्यु, ६,८६२ घाइते...... सिन्धुपाल्चोकमा सयौं पुरिएका पुरियै

४,२६४ को मृत्यु, ६,८६२ घाइते...... सिन्धुपाल्चोकमा सयौं पुरिएका पुरियै

कान्तिपुर संवाददाता, काठमाडौ, वैशाख १४ | महाभूकम्पमा परी देशभरिीका ३१ जिल्लाका ४ हजार दुइ सय ६४ जनाको मृत्यु भएको छ। ६ हजार ८ सय ६२ घाइते भएका छन्। सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरैको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा मृत्यु भएकाको संख्या मात्रै १ हजार ४ सय २७ पुगेको छ भने तीन हजार ९ सय ९५ जना घाइते भएका छन्।

जिल्ला            मृत्यु         घाइते 

सिन्धुपाल्चोक     ११७६    ३३७

काठमाडौं    १०२९    २१४२
नुवाकोट     ४४८    २०५

धादिङ    ३०३    ४१६

रसुवा     २५०    ४५०

काभ्रे     २४१    ७९३

ग्ाोरखा    २२३    २०५

भक्तपुर     २४१    ९६७

ल्ालितपुर     १५७    ८८६

दोलखा     ५०    ७१

मकवानपुर     ३५    ९५

रामेछाप     २६    २२

सोलखुम्बु    २१    ६९

ओखलढुंगा     १७    २४

सिन्धुली     ९    ४९

सुनसरी     ७     २०

ब्ाारा     ५    २९

चितवन     ५    १७

लमजुङ    ४    १८

पर्सर्ाा३    २२

कास्की     २    १८

मोरङ    २    ३३

भोजपुर     २    ४

र्सलाही     १    ४३

धनुषा     १    १४

ताप्लेजुङ    १    २

तनहु“    १    १६

नवलपरासी     १    ९

रुकुम     १    १

रोल्पा     १    २
महाभूकम्पले सिन्धुपाल्चोकका गाउ“का सबैजसो घर ध्वस्त भएका छन्। तेह्र सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ। घर र पहिरोले पुरिएका सयौंको अवस्था अज्ञात छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीका अनुसार यो संख्या अझ बढ्न सक्छ। 

विकट क्षेत्रका गाउ“को यकिन अवस्था अझै थाहा हुन सकेको छैन। उद्धारका लागि सुरक्षाकर्मी सबै गाउ“ पुग्न सकेका छैनन्। मानवीय र भौतिक क्षति कुन गाउ“मा कति भयो यकीन गर्न सक्ने अवस्था छैन। भग्नावशेषबाट शव निकाल्ने र दाहसंस्कार गर्ने जनशक्ति गाउ“मा छैन। गाउ“का ९५ प्रतिशत घर ध्वस्त भएका छन्। बा“की घरहरू पनि बस्न नहुने अवस्थामा छन्। 

भूकम्पले जताततै पहिरो गएकाले सडक अवरुद्ध हुदा ग्रामीण भेगमा पुग्न कठिनाइ भएको छ। उद्धारका लागि हेलिकप्टर पुग्न नसक्दा घाइतेको अवस्था नाजुक बन्दै गएको छ। सोमबार हेलिकप्टरमार्फ केही घाइतेलाई उद्धार गरी राजधानी र जिल्लाको मुख्य केन्द्रमा पुर्‍याईएको छ। क्षतिको जिल्लाको दुइ नगरपालिका र ६८ गाविसको अवस्था समान भएकाले उद्धारमा जनशक्तिको अभाव देखिएको छ। 

 प्रजिअ ज्ञवालीले सात सयभन्दा बढीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए। यो संख्या धरै बढ्न सक्ने जानकारी उनले दिए। उनले भने, 'विकट बस्तीहरू र सर्म्पर्क नभएका गाउको यथार्थ जानकारी अझै प्राप्त भएको छैन।' सीमा क्षेत्रका गाउहरू फुलपिङकट्टी, तातोपानी, लिस्ती, गाती, मार्मिन, घुमथाङको अवस्था यकिन छैन। भोताङ, वार्सखर्क, गुन्सा, इचोक, गोल्चे, गुम्बा, पाङताङ, हगामलगायत गाउको मानवीय क्षति अनुमान गर्नसमेत नसकेको जानकारी प्रजिअ ज्ञवालीले दिएका छन्। स्थानीय खड्गबहादुर तामाङका अनुसार दुवाचौरको केउरेनी भन्ने गाउमै ४० जनाको मृत्यु भएको छ। सोही गाविसको लाभगाउका तीन सय घर सबै भत्किएका छन्। त्यहा“ कतिको मृत्यु भयो यकिन छैन। पश्चिमी भेकका गाउबाट सेनाको हेलिकोप्टरमार्फ दुइ दिनमा सय जना र्घाईतेलाई मेलम्ची र राजधानी लगिएको छ। 

स्थानीयका अनुसार सिपापोखरे गाविसमा १ सय ४ जनाको मृत्यु भएको छ। भीमटारका माझी तथा दनुवार समुदायका ८ सयभन्दा बढी घर सबै भत्केका छन्। माझी(दनुवार बस्तीमा ७८ जनाको मृत्यु भएको छ। सा“गाचोकमा दुइ सय ५०, थाङपालधापमा ६०, फुलपिङकट्टीमा ६०, लिस्तीमा २९ जनाको मृत्यु भएको छ। हगाममा सयभन्दा बढीको मृत्यु भएको अनुमान छ। उक्त गाविसको याङ्लाकोटमा बढी क्षति भएको छ। 'कसले कसलाई उद्धार गर्ने-' स्थानीय बयानबहादुर दनुवार भन्छन्, 'सवैको अवस्था उस्तै छ।' 

भोताङका मिङमार वाइबाले राज्यले वास्ता नगरेको गुनासो गरे । 'गाउमा कति पुरिएका छन्, कतिको अवस्था के छ भन्न सक्ने अवस्था छैन । उनीहरुको उद्धार हुन सकेको छैन,' उनले भने, 'धेरैको उपचार नपाएरै मर्नुपर्ने अवस्था छ ।'

यो जिल्लाको सबैभन्दा विकट क्षेत्रको गाउ हो । कच्ची घरहरु झुप्प एकै ठाउ“मा भएकाले धेरै जना पुरिएको अनुमान स्थानीयको छ । जिल्लाभरि हजारौ जना खुला आकाशमुनि बसिरहेका छन् । सिपापोखरेका धनबहादुर श्रेष्ठ भन्छन्, 'गाउको अवस्था विजोग छ । वर्षातमा कहा बस्ने - के खाने -' उनका अनुसार विहान-वेलुकी ज्याला गरेर खानेलाई झन् समस्या भएको छ । पारीगाउ भनेर चिनिने जलविरे र त्यसमाथिका गाउ“को अवस्था अज्ञात छ । जलविरेका लालबहादुर कार्कीले भने, 'जताततै धेरैको मृत्यु भएको खबर आउछ, परिस्थिती निकै नाजुक छ ।' उनका अनुसार भूकम्पको भयले जलविरे बजार नजिकैको फा“टमा मात्र पा“च सय मान्छे भेला भएका छन् । उनीहरुले के खाने - कहा“ बस्ने - कुनै पत्तो छैन ।

हजारौं परिवार खुला आकाशमुनि घर ध्वस्त भएका हजारौं परिवार खुला आकाशमुनि रात बिताउन विवश छन् । 'बरु अरू राहत चाहिएन, एउटा टेन्टसमेत पाएनौं,' थाङपालधापका सूर्य अधिकारीले भने, 'सरकार नभएजस्तो भएको छ ।' उद्धार मात्र होइन सरकारले राहात वितरण गरेको छैन । घरवारविहीन भएकाहरू रातभर पानीमा भिजेर जाग्राम बस्न बाध्य छन् । पानी छेक्ने साधनसमेत छैन । प्रजिअ ज्ञवालीले राहत सामग्रीका लगि केन्द्रीय तहमा कुराकानी भैरहेको बताए । खुला आकाशमुनी बस्दा खासगरी सुत्केरी, बालबालिका र वृद्धवृद्धाहरू बढी पीडित भएका छन् ।

तातोपानी क्षेत्रमा लगातार पहिरो तातोपानी क्षेत्रमा लगातर पहिरो गईरहेको छ । पहिरोकै कारण चिनिया“ सीमा जोडिएको लिपिङमा गाडिहरु पुरिएका छन् । भुकम्पपछि इन्द्रावती, सुनकोसी तथा गाउका खोलाहरू बढेका छन् । वषर्ादमा मात्र पानी आउने ठाउ“बाट ठूलो पानी वग्न थालेको छ ।

खोल्साखाल्सी बढेपछि नदीको पानीको सतह ह्वात्तै बढेको छ । लिस्ती, मार्मिन, गाती, घुमथाङ, फुलपिङकट्टीलगायत स्थानमा पहिरो गएकाले राजमार्ग क्षेत्र अवरुद्ध भएको छ । जताततै पहिरो चलेकाले त्यहा“ जाने संभावना न्युन छ ।

त्यहा पहिलो दिन भागदौडको क्रममा चिनिया“सहित विदेशी पर्यटकको ढुंगाले लागेर मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । अरनिको रजमार्गको बाह्रविसे(तातोपानी खण्ड सडक आसपास र गाउहरु सर्म्पर्कविहीन छन् । प्रत्यक्षदर्शीका अनुसार ठाउ(ठाउमा यात्रु वस र साना सवारी साधन पहिरोले पुरिएका छन् । 'गाडीभित्र मान्छे पुरिएको देखिन्छ,' खासाबाट पैदल आएका बाह्रविसेका कृणबहादुर बस्नेतले भने । भुकम्पको दास्रो दिन गातीको सखुवा भन्ने स्थानमा पहिरोले दुइ जनालाई पुरेको छ । 

'हेर्दाहेर्दै उनीहरु पहिरोले पुरिए,' बस्नेतले भने । उनीहरु बाह्रविसे धार्पाका हुन् ।

लिपिङ, कोदारी, लार्चा, चाकू, सखुवालगायत स्थानमा गाडीमा र सडकमा मान्छे पुरिएको देखिन्छ । घटनाका प्रत्यक्ष्यदर्शी माथिल्लो चाकू हाइड्रोपावरका कार्यकारी अध्यक्ष उमेश कसजुका अनुसार राजमार्गको वन्जि जम्प नजिकै यात्रुसहित वस पुरिएको छ । चाकूमा गाडीभित्रै मान्छे पुरिएका छन् । लिस्तीमा ठूलो पहिरो गएको छ । दाया“(बाया भीरपहरा र ठूला पहाड भएकाले भुकम्प आउ“दा पहिरो गएर पुरिने डरले उद्धारमा समस्या भएको स्थानीय बताउ“छन् ।

बचेकाहरू आफ्नो ज्यान जोगाउन भागाभाग गरेका छन् । किचिएका र पुरिएका जिवितको पनि उद्धार हुन नसकेको प्रत्यक्षदर्शी बताउछन् । लिपिङमा पहिरो चल्दै गर्दा भागदौडमा परेका रामकाजी पौडेलका अनुसार स्थानीय र तिर्थयात्री केही नेपाली र विदेशीहरु खासातिर गएका छन् । भूकम्प आएपछि चिनिया“ सुरक्षाकर्मीले नेपालीलाई आफ्नो मुलुकमा प्रवेश दिएका थिए ।

बाह्रविसे समेत सञ्चारबाट टाढा भएको छ । सीमा क्षेत्र लिपिङ, तातोपानी बजार, दशकिलो, झिर्पुलगायतका क्षेत्र खाली हुदै गएका छन् । सदरमुकाम चौतारा, मुख्य बजारहरु मेलम्ची, बाह्रविसे, खाडिचौर,लामोसाघुसमेत बढी क्षति भएपछि सुरक्षा निकाय त्यतैतिर केन्द्रित हु“दा विकट बस्तीहरुको उद्धारका लागि जनशक्ति अपुग देखिएको छ । 'जनशक्ति परिचालनमा पनि समस्या छ,' प्रजिअले भने, 'कतिबेला कहा के हुन्छ पत्तो छैन ।' नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् । सेनाले हेलिकोप्टर उर्डाईरहेपनि प्रयाप्त छैन । 'टोलैपिच्छे र्घाईते छन्,' मेलम्चीका निरीक्षक चन्द्रबहादुर थापा भन्छन्, 'उद्धार कहा र कसरी गर्ने भन्ने अन्योल छ ।'

तीन दिनपछि जिवीत उद्धार महांकाल लाभगाउकी १८ वर्षिय फुलमाया तामाङको घरले पुरेको ४४ घण्टापछि जिवीत उद्धार गरिएको छ । स्थानीय सञ्च तामाङका अनुसार उनको ढाड भाचिएको छ । उनलाई च्यापिएको अवस्थामा फेला पारिएको थियो । यसैगरी दवाचौर(३ की करिव ८० वर्षिय पुतलीमाया श्रेष्ठलाई घरले पुरेको ३५ घण्टापछि जिवित उद्धार गरिएको छ ।

Related Posts

0 Response to "४,२६४ को मृत्यु, ६,८६२ घाइते...... सिन्धुपाल्चोकमा सयौं पुरिएका पुरियै"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.