सुदुरवर्ती नेपालमा भुकम्प् पिडीतहरुलाई राहत पुग्न सम्भव
राजेश शर्मा र एजेंसी, कालिमन्युज, 27 अप्रेल 2015। गत शनिबार गोर्खाको बार्पाकलाई केन्द्र बनाएर आएको 7.6 रेक्टरको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या 3 हजार 3 सय 51 पुगेको छ । सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा बढीको ज्यान गएको छ । सोमबार अपरान्ह 11 बजे गृह मन्त्रालयले गराएको जानकारी अनुसार सिन्धुपाल्चोकमा 875, काठमाण्डु 808, धादिंगमा 247, नुवाकोटमा 245, गोरखामा 223, भक्तपुरमा 232, काभ्रेमा 191, ललितपुरमा 155, रसुवामा 150, दोलखामा 65, रामेछापमा 29, मकवानपुर 33, खोटाङमा 16 र ओखलढुंगामा 15 जनाले ज्यान गुमाएका छन् । मृतकहरुको संख्या थपिन सक्ने अनुमान गरिएको छ ।घाइतेको संख्या 6 हजार 8 सय 33 रहेको अहिलेसम्मको विवरणमा मन्त्रालय देखी उल्लेख छ ।
अस्ति बिहान गएको भूकम्पमा परी देशभरमा गरी 3 हजारभन्दा धेरै ब्यक्तिको मृत्यु भएको छ । आज बिहानसम्मको पछिल्लो तथ्याङ्कअनुसार 3 हजार 2 सय 18 जनाको भूकम्पका कारण मृत्यु भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पबाट 6 हजार 5सय 35 जना घाइते भएका छन् । घाइतेहरुको उपचार र बेपत्ताहरुको खोजी,उद्धारका लागि सरकारका सबै सुरक्षा अङ्ग चौबिसै घण्टा परिचालन गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । नेपाली सेना भूकम्प प्रभावितहरुको उद्धारका लागि आज पनि बिहानैदेखि सक्रिए भएको छ ।
बागमती अञ्चलका 8 जिल्लामा केन्द्रित गरी बिहानैदेखि उद्धारलाई निरन्तरता दिइएको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गोर्खा, सिन्धुपाल्चोक, धादिङ लगायतका बिभिन्न 8 जिल्लामा बढि क्षति पुगेको स्थानमा नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । अस्ति बिहान 11 बजेर 56 मिनेटमा नेपालमा 7दशम्लव 9 रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालको साँखुमा दुई दिनपछि उद्दार टोली पुगेको खबर छ ---
काठमाण्डु साँखुमा भूकम्प गएको दुई दिनपछि बल्ल उद्दार टोली पुगेको छ । आज नेपालको पुलिस टोली विपत उद्दार उपत्यका गण सिनामंगल र टर्कीस टोली सोमबार साँखु गएका छ ।साँखुमा धेरै घरहरु भत्किएका छन् । त्यहाँ धेरै मानिस पुरिएको स्थानीयले बताएका छन् । त्यहाँ ठूलो संख्यामा मानिहरुको हताहत हुँदा पनि उद्दार टोली पुग्न सकेको थिएन । तर, उद्दार र राहत वितरणमा दुई दिन ढिलाइ भएको स्थानीयले गुनासो गरेका छन् । सरकारका मुख्य सचिव लीलामणि पौडेलले दिएको जानकारी अनुसार स्वदेशी र विदेशी उद्दार टोलीको सक्रियतामा अहिले उपत्यकाका करिब 25 स्थानमा पुरिएका मानिसहरुको उद्दार गर्ने कार्य भइरहेको छ ।भूकम्पको डरले चौरीमा बसिरहेका नागरिकलाई आ(आफ्नो घर सद्दे अवस्थामा भए घरभित्रै बसिदिन सरकारले आग्रह गरेको छ ।
मुख्यसचिव लीलामणि पौडेलले सोमबार पत्रकारसँग कुरा गर्दै अब घरभित्रै गएर बसिदिन आग्रह गरेका हुन् । भूकम्प आउन लागेको हल्ला निराधार रहेको भन्दै पौडेलले हल्लाका पछाडि नलाग्न आग्रह गरे ।काठमाडौंमा विदेशी मिडियाको हवाला दिँदै यस्तो हल्ला फिँजाइएको भन्दै पौडेलले यस्तो हल्लाका पछाडि नलाग्न अनुरोध गरेका छन् ।
खानेपानी उत्पादन गर्ने, विजुल बिनाउने र गाडी चलाउनेहरु पनि सडकमा आएकाले समस्या भएको भन्दै मुख्यसचिव पौडेलले उनीहरुलाई आफ्नो काममा र्फकन आग्रह गरे ।
यसैवीच सरकारले यातायात व्यवसायीहरुलाई नाफामात्रै नहेरी यातायात सञ्चालन गरिदिन आग्रह गरेको छ ।
प्राविधिक बाहेक अन्यमा विदेशीलाई नबोलाइने
भूकम्पपीडितको उद्दारका नाममा यतिबेला भारत, चीन र अमेरिकाबाट सैनिक एवं गैरसैनिक टोली काठमाण्डु केन्द्रित भइरहेका बेला मुख्य सचिव पौडेलले घरमा च्यापिएकाहरुलाई निकाल्ने प्राविधिक टोलीबाहेक अन्य कार्यमा विदेशीलाई नखटाइने स्पष्ट पारे ।तर, विदेशीले दिएको राहत भने नेपाल सरकारले ग्रहण गर्ने र आफ्नै पहलकदमीमा वितरण गर्ने मुख्य सचिवले स्पष्ट पारेका छन् ।भवनमा पुरिएकाहरुलाई जीवितै उद्दार गर्न सकिन्छ कि भनेर विदेशी प्रविधिको सहायता प्रयोग भइरहेको पौडेलले बताए ।नेपाल सरकारका सचिवहरुको बैठकले सर्जन, हाड जोर्नी र नशाको विशेषज्ञबाहेक अन्य विदेशी डाक्टरहरको टोलीमात्रै पठाउन विदेशीलाई सरकारले आग्रह गरेको छ ।
हेलिकोप्टर प्रयोगमा कमजोरी भयो--- जनताको मत
भूकम्पपीडितको उद्दारमा सरकारले हेलिकोप्टर प्रयोगमा कञ्जुस्याइँ गरेकोबारे सोधिएको प्रश्नमा पौडेलले भने(‘हेलीकोप्टर प्रयोगमा कमजोरी भयो, सोमबार बिहानैबाट हेलिकोप्टर खटाइएको छ, जिल्लामा राहत पुर्याउने र पीडितको उद्दार गर्ने कार्यमा हेलिकोप्टरको प्रयोग भइरहेको छ ।’हेलिकोप्टरको माग भएजति आपूर्ति गर्न नसकिएको पौडेलले बताए । उनले टेन्ट लगायतका सामाग्रीहरुको अभाव भइरहेको बताए । अत्यन्तै ठूलो क्षति भएको र साधनको सीमितता आएकाले समस्या आएको उनले बताए ।
7 जिल्लामा विशेष उद्दार
सरकारले 7 वटा जिल्लालाई गम्भीर क्षति भएका जिल्ला अन्तरगत राखेर हेलिकोप्टर परिचालन गरेको मुख्यसचिव पौडेलले बताए । ती जिल्लामा गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र ललितपुर जिल्ला रहेका छन् ।
स्वास्थ्यमा ख्याल गर्न आग्रह
सरकारले उद्दार शिविरहरुमा स्वास्थ्यको ख्याल गर्न र महामाराी फैलन नदिन सबैमा आग्रह गरेको छ । यसका लागि जनचेतना जगाउने र स्वास्थ्य टोली परिचालन गर्ने सरकारले निर्णय गरेको छ ।
अस्ति बिहान गएको भूकम्पमा परी देशभरमा गरी 3 हजारभन्दा धेरै ब्यक्तिको मृत्यु भएको छ । आज बिहानसम्मको पछिल्लो तथ्याङ्कअनुसार 3 हजार 2 सय 18 जनाको भूकम्पका कारण मृत्यु भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पबाट 6 हजार 5सय 35 जना घाइते भएका छन् । घाइतेहरुको उपचार र बेपत्ताहरुको खोजी,उद्धारका लागि सरकारका सबै सुरक्षा अङ्ग चौबिसै घण्टा परिचालन गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । नेपाली सेना भूकम्प प्रभावितहरुको उद्धारका लागि आज पनि बिहानैदेखि सक्रिए भएको छ ।
बागमती अञ्चलका 8 जिल्लामा केन्द्रित गरी बिहानैदेखि उद्धारलाई निरन्तरता दिइएको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गोर्खा, सिन्धुपाल्चोक, धादिङ लगायतका बिभिन्न 8 जिल्लामा बढि क्षति पुगेको स्थानमा नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । अस्ति बिहान 11 बजेर 56 मिनेटमा नेपालमा 7दशम्लव 9 रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालको साँखुमा दुई दिनपछि उद्दार टोली पुगेको खबर छ ---काठमाण्डु साँखुमा भूकम्प गएको दुई दिनपछि बल्ल उद्दार टोली पुगेको छ । आज नेपालको पुलिस टोली विपत उद्दार उपत्यका गण सिनामंगल र टर्कीस टोली सोमबार साँखु गएका छ ।साँखुमा धेरै घरहरु भत्किएका छन् । त्यहाँ धेरै मानिस पुरिएको स्थानीयले बताएका छन् । त्यहाँ ठूलो संख्यामा मानिहरुको हताहत हुँदा पनि उद्दार टोली पुग्न सकेको थिएन । तर, उद्दार र राहत वितरणमा दुई दिन ढिलाइ भएको स्थानीयले गुनासो गरेका छन् । सरकारका मुख्य सचिव लीलामणि पौडेलले दिएको जानकारी अनुसार स्वदेशी र विदेशी उद्दार टोलीको सक्रियतामा अहिले उपत्यकाका करिब 25 स्थानमा पुरिएका मानिसहरुको उद्दार गर्ने कार्य भइरहेको छ ।भूकम्पको डरले चौरीमा बसिरहेका नागरिकलाई आ(आफ्नो घर सद्दे अवस्थामा भए घरभित्रै बसिदिन सरकारले आग्रह गरेको छ ।
मुख्यसचिव लीलामणि पौडेलले सोमबार पत्रकारसँग कुरा गर्दै अब घरभित्रै गएर बसिदिन आग्रह गरेका हुन् । भूकम्प आउन लागेको हल्ला निराधार रहेको भन्दै पौडेलले हल्लाका पछाडि नलाग्न आग्रह गरे ।काठमाडौंमा विदेशी मिडियाको हवाला दिँदै यस्तो हल्ला फिँजाइएको भन्दै पौडेलले यस्तो हल्लाका पछाडि नलाग्न अनुरोध गरेका छन् ।
खानेपानी उत्पादन गर्ने, विजुल बिनाउने र गाडी चलाउनेहरु पनि सडकमा आएकाले समस्या भएको भन्दै मुख्यसचिव पौडेलले उनीहरुलाई आफ्नो काममा र्फकन आग्रह गरे ।
यसैवीच सरकारले यातायात व्यवसायीहरुलाई नाफामात्रै नहेरी यातायात सञ्चालन गरिदिन आग्रह गरेको छ ।
प्राविधिक बाहेक अन्यमा विदेशीलाई नबोलाइने
भूकम्पपीडितको उद्दारका नाममा यतिबेला भारत, चीन र अमेरिकाबाट सैनिक एवं गैरसैनिक टोली काठमाण्डु केन्द्रित भइरहेका बेला मुख्य सचिव पौडेलले घरमा च्यापिएकाहरुलाई निकाल्ने प्राविधिक टोलीबाहेक अन्य कार्यमा विदेशीलाई नखटाइने स्पष्ट पारे ।तर, विदेशीले दिएको राहत भने नेपाल सरकारले ग्रहण गर्ने र आफ्नै पहलकदमीमा वितरण गर्ने मुख्य सचिवले स्पष्ट पारेका छन् ।भवनमा पुरिएकाहरुलाई जीवितै उद्दार गर्न सकिन्छ कि भनेर विदेशी प्रविधिको सहायता प्रयोग भइरहेको पौडेलले बताए ।नेपाल सरकारका सचिवहरुको बैठकले सर्जन, हाड जोर्नी र नशाको विशेषज्ञबाहेक अन्य विदेशी डाक्टरहरको टोलीमात्रै पठाउन विदेशीलाई सरकारले आग्रह गरेको छ ।
हेलिकोप्टर प्रयोगमा कमजोरी भयो--- जनताको मत
भूकम्पपीडितको उद्दारमा सरकारले हेलिकोप्टर प्रयोगमा कञ्जुस्याइँ गरेकोबारे सोधिएको प्रश्नमा पौडेलले भने(‘हेलीकोप्टर प्रयोगमा कमजोरी भयो, सोमबार बिहानैबाट हेलिकोप्टर खटाइएको छ, जिल्लामा राहत पुर्याउने र पीडितको उद्दार गर्ने कार्यमा हेलिकोप्टरको प्रयोग भइरहेको छ ।’हेलिकोप्टरको माग भएजति आपूर्ति गर्न नसकिएको पौडेलले बताए । उनले टेन्ट लगायतका सामाग्रीहरुको अभाव भइरहेको बताए । अत्यन्तै ठूलो क्षति भएको र साधनको सीमितता आएकाले समस्या आएको उनले बताए ।
7 जिल्लामा विशेष उद्दार
सरकारले 7 वटा जिल्लालाई गम्भीर क्षति भएका जिल्ला अन्तरगत राखेर हेलिकोप्टर परिचालन गरेको मुख्यसचिव पौडेलले बताए । ती जिल्लामा गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र ललितपुर जिल्ला रहेका छन् ।
स्वास्थ्यमा ख्याल गर्न आग्रह
सरकारले उद्दार शिविरहरुमा स्वास्थ्यको ख्याल गर्न र महामाराी फैलन नदिन सबैमा आग्रह गरेको छ । यसका लागि जनचेतना जगाउने र स्वास्थ्य टोली परिचालन गर्ने सरकारले निर्णय गरेको छ ।
0 Response to "सुदुरवर्ती नेपालमा भुकम्प् पिडीतहरुलाई राहत पुग्न सम्भव"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.