-->
अस्तिको भूकम्पले जनताको मन घर तिर ...........के होला आउदो दिनमा ?

अस्तिको भूकम्पले जनताको मन घर तिर ...........के होला आउदो दिनमा ?

राजेश शर्मा र एजेंसी, कालिमन्युज, 27 अप्रेल 2015, काठमाण्डु । भूकम्पको महाविपत्ति पछि नेपालमा रहेका भारतीय नागरिकहरुलाई भारत तिर फर्काउने भारत सरकार एंव नेपाल सरकारले जमर्को कसेको खबर प्रकासमा आएको छ । भूकम्पले काठमाण्डु उपत्यका लगायत नेपाल देशैभरको जनजीवन अत्यंतै प्रभावित छ, भारतीय नागरीक भ्रमण लगायत काम काजको निम्ति गएकाहरु आ-आफ्नो घर फर्किन आतुर देखिन्छन् ।
भूकम्पपछि बढेको सन्त्रासको कारण यातायात लगायतका सहायताहरु समेत नियमित सञ्चालन हुन नसक्दा भारतीय नागरिकहरु हवाई मार्ग भएर् पनि आफ्नो देश फर्किन हतारिएको खबर छ । नेपालमा भूकम्पसले ध्वंस पारेको खबरले परिवारलाई पीडा भएपछि उनीहरु अब नेपालमा केही पनि नरहेको सोच बनाएर तिनीहरु आफ्नो देश फर्किन हतारिएका छन । भारतीय नागरीकहरुलाई भारत फर्काउने उद्धेस्य लगायत उद्दारका लागि भारतका कतिपय टेलीफोन कम्पूनीहरुले कल चार्जहरुमा पनि छुट दिएको छ । 
नेपालमा यातायात मार्गहरु बन्दहुदाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार बिहानदेखी नै लगभग एक हजारको संख्यामा भारतीय नागरिकहरु आफ्नो देश फर्किन लाइन लागेका देखीयो । अहिले घरि विभिन्न प्रान्तदेखी कामको निम्ति नेपालको काठमाण्डु शहरमा बसोबासो गरिआउनेहरुको मृत्यु काठमाण्डुमा आएको भूकम्पको चपेटमा परेको खबरको त्रासले गाउँ फर्किन थालेका छन् । सोमवार विहान नेपालको पत्रकार अनि भारतको टोलीले कलंकी, नयाँ वानेश्वर र मीन भवनमा गाउँ फर्किने तयारीमा रहेका केही युवासँग कुराकानी माध्यमवाट निधो लागेको छ । काठमाण्डुमा ट्याक्सी चलाउने ड्राइभरहरुले आफ्नै आमासँग टेलिफोन सम्पर्क नभएकाले उनले छिमेकीसँग आफ्नो घरको बारेमा बुझिरहेका थिए । 
पहिलो दिनको भूकम्पले घर पुरै भत्किए पनि आमा सुरक्षित भएको जानकारी पाएको तर उनले आइतवार दिउँसोको भूकम्पबारे भने कुनै जानकारी पाउन सकेनन् । तिनजनाका मान्छेहरुको फोन स्वीच अफ छ, एउटा भाइकोमा बल्ल बल्ल फोन लागेको थियो तर कुरा हुनै पाएन’ उनले यो सम्पूर्ण कुरा बताएका छन् । काठमाण्डुमा दुई दिन पालमुनि बसेकी शर्मिला भन्दै थिइन् ‘मरे पनि आमाकै छेउमा मर्छु । छतमा बसेर भए पनि आज गाउँ जान्छु । नेपाल सरकारले भने नआत्तिनु र लामो दुरीको यात्रामा ननिस्कन सर्वसाधारणलाई सतर्क गराएको छ । 
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधीले सोमबार यातायात व्यवसायीसँग छलफल गरी अब यातायातका साधन सुचारु गर्न निर्देश दिएका छन् । मन्त्रीको निर्देशनपछि यातायात व्यवस्था विभागले यातायात मजदुर संगठनका प्रतिनिधि, यातायात व्यवसायी एवं ट्राफिक पुलिसहरुलाई सोमबार अपरान्ह संयुक्त बैठक आयोजना गरी यातायात व्यस्था सुचारु गर्नेबारे छलफल हुने खबर प्राप्त छ । 
राजधानीको बालाजु, माछापोखरीमा भयानक भुकम्पको चपेटमा परेर भत्केको घरभित्र पुरिए पनि जीवितै फेला परेका एक युवकको उद्दारको प्रयास भैरहेको छ । उनी रसुवाका 20 वर्षीय जुन केसी हुन् ।उनको कम्मरभन्दा मुनिको भाग घरको बिम र पाइपहरुले च्यापिएको छ । तर उनी बोल्न र कुराकानी गर्न सक्छन् । सोमबार बिहान दुईपटक उनले पानी मागेपछि पानी पिलाइएको छ । तिनको उद्दार गर्न उद्दार् टोलीले बिम काट्ने र एस्काभेटर लगाएर उद्धार गर्ने योजना बनाएको थियो तर यसो गर्दा ज्यान जाने खतरा भएपछि सशस्त्र प्रहरीको टोलीले नयाँ योजनाका साथ उनको उद्दारको प्रयास गरिरहेको छ

0 Response to "अस्तिको भूकम्पले जनताको मन घर तिर ...........के होला आउदो दिनमा ?"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.