तृणमूल कङ्ग्रेस त्यागेर मोर्चामा सामेल
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 27 अप्रेल। अहिलेघरी तृणमूल कङ्ग्रेस पार्टीबाट गोर्खा जनमुक्ति मोर्चा पार्टीमा सामेल हुनेहरूको क्रम जारी रहेको छ। यसै पार्टी परिवर्तनको क्रममा जीटीएको 44 नम्बर समष्टि अन्तर्गत पर्ने रोङ्गो धाप गाउँबाट 24 परिवार तृणमूल पार्टी त्याग गरी गोजमुमोमा सामेल भएका छन्।
स्थानीय लोवर धाप गाउँ प्राथमिक पाठशालामा आयोजित एक सभामाझ तृणमूल कङ्ग्रेस समर्थकहरूले मोर्चामा पुनः प्रवेश गरेका हुन्। क्षेत्रीय सभासद् सामुएल गुरूङको बाहुलीबाट उनीहरूलाई दलको झण्डा प्रदान गरी दलमा स्वागत जनाइएको छ।
सभामा रोङ्गो ब्लक कमिटीका अध्यक्ष एसबी राई, समष्टि कमिटीका अध्यक्ष टिका थापा, प्रचार-प्रसार सचिव दिलिप लामा, कुमाई ब्लक कमिटीका अध्यक्ष सोनाम लेप्चा, दार्जीलिङ तराई-डुवर्स प्लानेटेशन लेवर युनियनका केन्द्रीय उपाध्यक्ष सन्तोष खवास, शाखा सचिव गुल्सन थापा साथै क्षेत्रका शाखा-प्रशाखाका प्रतिनिधिहरू एंव दलीय कार्यकर्ताहरू उपस्थित रहेका थिए। केही समयअघि गोजमुमो त्याग गरी तृणमूल कङ्ग्रेसमा सामेल भएका यी परिवारका सदस्यहरूले अबउसो मोर्चाकै छत्रछाँयामा रहेर काम गर्ने बताएका छन्।
0 Response to "तृणमूल कङ्ग्रेस त्यागेर मोर्चामा सामेल"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.