-->
लेप्चा प्यारा शिक्षकवर्गको धर्ना जारी

लेप्चा प्यारा शिक्षकवर्गको धर्ना जारी

File Photo
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 27 अप्रेल। सरकारको तर्फबाट आधिकारिक नियुक्ति पत्र पाएका लेप्चा भाषी प्यारा शिकक्षवर्गले अझसम्म कुनै पनि विद्यालयहरूमा जोइन गर्न पाएको छैन। जसको कारण हाल यहाँको स्कूल अधिकक्षको कार्यलय अघि लगातार रूपले सांकेतिक धर्ना गर्दै आइरहेका छन्। लगातार 10 दिनदेखि धर्ना प्रदर्शनमा बसेका लेप्चा प्यारा शिक्षकवर्गले यथाशिघ्र नियुक्ति पाएको पाठशालाहरूमा जोइन गर्न पाउनुपर्ने माग गर्दै सरकारलाई दवाब दिन भोलि कालेबुङ शहरमा एउटा मौन जुलुस निकाल्ने भएको छ। 
यसै सम्बन्धमा बोल्दै दिपेन छिरिङ लेप्चाले आगमी दिनमा आफूहरूले सम्बन्धित निकायलाई पत्रचार गरेर आफूहरूको समस्या यथाशिघ्र समाधानको पहल गरिदिने अपिल गर्ने पनि पठाए। आफूहरूको समस्या समाधानको माग गर्दै शहरमा मौन जुलुस निकाल्दा सम्पूर्ण व्यापारीवर्गले एक घण्टा दोकानपाट बन्द राखिदिने पनि उनले आपिल गरेका छन्। यसैक्रममा चालकवर्गले पनि आफूहरूको आन्दोलनलाई नैतिक समर्थन गर्दै एकघण्टा वाहनहरूको चलाचल ठप्प राखिदिने दिपेन छिरिङ लेप्चाले आह्वान गरे। 
मोठ 46 जना लेप्चा भाषी प्यारा शिकक्षवर्गलाई पश्चिम बङ्गाल शिक्षा विभागले नियुक्ति पत्र अघिबाटै दिएको छ भने यता गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले राज्यको हस्तक्षेपको बिरोध गर्दै यस सम्बन्धमा कोलकोता उच्च न्यायलयमा मुद्दा दर्ता समेत गरिसकेको छ। 
राज्य सरकार अनि जीटीएको बिचको राजनैतिक खिंचातानीमा परेका 46 जना लेप्चा प्यारा शिक्षकहरू भने आफूहरूलाई आफ्नो कार्यमा जोइन गर्न दिइयोस भन्दै धर्ना गरिरहेका छन्। गत 18 अप्रेलको दिनदेखि सुरू गरेको उक्त धर्ना प्रदर्शनले आज 10 दिन पुरा गरिसकेको छ। यद्यपी उक्त धर्ना प्रदर्शनकारीहरूलाई विभागीय पक्षबाट भने कुनै आश्वासन समेत आएको छैन भने विभागीय पक्षबाट कुनै अधिकारीवर्ग भेटघाट गर्न समेत आएको छैन। यसबारे नियुक्ति पत्र पाएका लेप्चा प्यारा शिक्षक दिपेन छिरिङ लेप्चाले जानकारी दिएका छन्।

0 Response to "लेप्चा प्यारा शिक्षकवर्गको धर्ना जारी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.