-->
एनएचपीसीद्वारा क्षतिपूर्तीको माग गर्दै टिस्टा संघर्ष समितिले गर्‍यो पोष्टरिङ

एनएचपीसीद्वारा क्षतिपूर्तीको माग गर्दै टिस्टा संघर्ष समितिले गर्‍यो पोष्टरिङ

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 20 अप्रेल। टिस्टा समाजिक संघर्ष समितिले आज यहाँको डम्बर चौकमा व्यापक पोष्टरिङ गरेको छ। टिस्टा नदी किनामा दैनिक मजदुरी गर्ने कोइरी मजदुरहरूवर्ग, राफ्टिङ व्यवसायी लगायत नदी किनाराका मानिसहरूलाई टिस्टा जलविद्युत परियोजनाले प्रभावित पारेको कारण उनीहरूलाई क्षतिपुर्ती दिनुपर्ने माग पोष्टरमा गरिएको छ। राष्ट्रिय जलविद्युत परियोजनाले टिस्टा नदीमा जलविद्युत परियोजना निर्माण गरेपछि नदी किनारामा बस्ने मानिसहरू प्रभावित बनेका छन्। यसका साथै मोठ पाँचवटा कोइरीहरूमा धेरै वर्षदेखि काम गर्ने श्रमिकवर्गको रोजी रोटी समेत जलस्तर बृद्धि भएको कारण सबै बन्द भएको छ भने साहसिक पर्याटनको रूपमा बिकसित बन्दै गइरहेको राफ्टिङ व्यवसाय पनि पूर्णरूपले बन्दको संघारमा पुगेको छ।
उक्त प्रभावित परिवारवर्गलाई अघि देखि नै एनएचपीसीले क्षतिपूर्ती दिनुपर्ने माग गर्दै आइरहेको टिस्टा संघर्ष समितिले यसपल्ट पुन: क्षतिपूर्तीको माग गर्दै पोष्टरिङ गरेको हो। जलविद्युत परियोजनाको कारण प्रभावित बनेका कोइरी मजदुरवर्ग, राफ्टिङ व्यवसायी अनि घर जमिन गुमाएका प्रभावित परिवारवर्गलाई उचित क्षतिपूर्ती प्रदान गर्न एनएचपीसी सँगै प्रशासनले यथाशिघ्र कार्वाही गर्नुपर्ने पोष्टरमा माग गरेको छ। यसका साथै प्रभावित सम्पूर्ण परिवारवर्गलाई न्याय दिलाउनको निम्ति सम्पूर्ण मानिसहरू एक बन्नुपर्ने पनि संघर्ष समितिले आह्वान गरेको छ।
टिस्टा संघर्ष समितिका प्रतिनिधीवर्गले आज यहाँको डम्बर चौक आदि स्थानहरूमा पोष्टरिङ गर्नको साथै महकुमा अधिकारिको अनुपस्थितिमा अतिरिक्त महकुमा अधिकारीलाई भेट गरेर एउटा ज्ञापन पत्र अनि चढाएको छ। उक्त ज्ञापन पत्रमा पनि टिस्टा जलविद्युत परियोजनाको कारण प्रभावित मानिसहरूलाई यथाशिघ्र क्षतिपूर्ती दिनुपर्ने अनि यसको निम्ति प्रशासनिक पक्षबाट पनि कार्वाही गर्नुपर्ने माग गरिएको छ। दशजना प्रतिनिधी टोलीले अतिरिक्त महकुमा अधिकारीलाई ज्ञापन पत्र सुम्पिए पछि यसबारे जिल्लापाललाई पठाउने आश्वासन दिएका छन्।
यसै सम्बन्धमा बोल्दै टिस्टा संघर्ष समितिका संयोजक बिशाला राईले सूचनाको अधिकार मार्फत भारतको ग्रामीण बिकास मन्त्रालयबाट कुनै पनि बाँध परियोजनाबाट प्रभावित क्षेत्रमा एन.आर.आर.पी मार्फत समाजिक, आर्थिक बिकासका संसाधनहरू दिने गरे पनि यता टिस्टा जलबिद्युत परियोजनाका कारण प्रभावित बनेका मानिसहरूलाई भने यस्तो कुनै सहुलियतहरू नदिएको बताए।
“टिस्टा नदी किनारामा मोठा पाँचवटा कोइरीहरूमा कार्य गर्ने लकभग पाँचसय भन्दा अधिक श्रमिकहरू रोजगार विहिन अवस्थामा छन्। दार्जीलिङ पहाडकै गौरवको रूपमा स्थापित साहसिक पर्यटन राफ्टिङ व्यवसाय पनि बन्द छ। उक्त राफ्टिङ व्यवसायसित पनि लकभक पाँचसय भन्दा धेर मानिसहरू आश्रित थिए।
यसका साथै नदी किनाराका मानिसहरूको घर, जगा जमिन क्षतिग्रस्त भएको छ। यी सबैको उचित क्षतिपूर्ती यथाशिघ्र पाउनुपर्छ भन्ने टिस्टा संघर्ष समितिको माग छ’ समितिका संयोजक बिशाल राईले भने। उक्त सामाजिक सरोकारका मुद्दाअहरू आम मानिसहरूसँग जडित मुद्दा रहेको कारण आगमी दिनमा संघर्ष समितिले यस मुद्दालाई अघि बडाउँन सडकमा ओर्लिएर कार्य गर्न परे पनि पछि नहट्ने राईले अझ बताए। आगमी दिनहरूमा आम मानिसहरूको मुद्दालाई अघि बढाउदै प्रशासन अनि एनएचपीसीलाई दबाउ दिन उचित पदक्षेप लिने पनि उनले बताए।
यसैक्रममा यस मुद्दालाई प्रशासनिक पक्षबाट सही पहलको माग गर्दै चाँडै जिल्लापाललाई भेट गरेर ज्ञापन पत्र सुम्पिने पनि बिशाल राईले बताए। यसैक्रममा टिस्टा संघर्ष समितिका सह संयोजक श्याम गुरूङले टिस्टा नदीसँग जोडिएर बाँचेका आम मानिसहरूको समस्यालाई बारम्बार उठाउँदै आइरहे पनि उनीहरूको समस्यालाई आजसम्म सकारत्मक पहल प्रशासनिक पक्षबाट नभएको बताए। “टिस्टा नदीमा जलविद्युत परियोजना निर्माण पछि सिर्जना भएको समस्यालाई अन्देखा गरिरहेको छ। जसरी देशका विभिन्न क्षेत्रहरूमा एनएचपीसीले जनहितमा कार्य गर्ने गरेका छन् त्यस्तो कार्य टिस्टा जलविद्युत परियोजनाले प्रभावित क्षेत्रहरूमा पनि हुनपर्छ” श्याम गुरूङले भने।

0 Response to "एनएचपीसीद्वारा क्षतिपूर्तीको माग गर्दै टिस्टा संघर्ष समितिले गर्‍यो पोष्टरिङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.