-->
पत्रिकाको कार्यलयमा ताला लागेपछि पत्रकारहरू सडकमा

पत्रिकाको कार्यलयमा ताला लागेपछि पत्रकारहरू सडकमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 17 अप्रेल। समाचार पत्रको कार्यलयमा ताला लागेपछि पत्रकारहरू सडकमा आइपुगेका छन्। उक्त घटना नेपाली दैनिक समाचार पत्र हिमालय दर्पणको कालेबुङ कार्यलयमा भएको हो। हिमालय दर्पण, कालेबुङ शाखा कार्यलयमा अचानक ताला झुण्डाइएपछि कार्यलय भित्रका मोठ 11 जना पत्रकारहरू बिचल्निमा परेका छन्।
गत 14 अप्रेलको राती प्रधान कार्यलय, हिमालय दर्पण सिलगडीको नाउँमा पोष्टर टाँसेर उक्त ताला झुण्डाइएको भए पनि यसबारे कार्यरत पत्रकारहरूलाई भने कुनै सूचना समेत दिइएको छैन। हिमायल दर्पणको कालेबुङ शाखा कार्यलयमा कार्यरत पत्रकारहरू 15 अप्रेलको दिन आफ्नो दैनिक कार्यलयमा आउँदा उक्त पोष्टर सँगै ताला झुण्डाइएको देखेपछि अवाक बनेको हो। यसबारे अझसम्म उनीहरूलाई हिमालय दर्पण प्रधान कार्यलयबाट भने कुनै सूचना नदिएको थाह लागेको छ। यसरी अचानक पत्रिकाको प्रधान कार्यलयको नाउँ गरेर उक्त पोष्टर सँगै ताला झुण्डाए पछि 11 जना पत्रकारहरूको भविष्य अनिश्चित बनेको छ। प
त्रिकाको कार्यलयमा बिना सूचना नै यसरी पोष्टर सँगै कार्यलयमा ताला लागेपछि बिलखबन्दमा परेका पत्रकारहरूले यसबारे जानकारी लिन प्रधान कार्यलयमा पत्रचार गरेको छ। उनीहरूले कार्यरत पत्रकारहरूलाई पूर्वसूचना नदिई कसरी ताला लगाइयो ? यसको कारण को हो ? भन्ने प्रश्नहरू गर्दै प्रधान कार्यलयमा यहाँको डाकघरबाट रेजिस्टर पत्रचार गरे पनि यसबारे प्रधान कार्यलयबाट भने कुनै जवाब आएको छैन।
विभिन्न ठाउँहरूबाट समाचार संकलन गरेर गत 14 अप्रेलको राती सम्म कार्य गरी घर गएका पत्रकारहरू जब 15 अप्रेलको दिन आफ्नो दैनिक कार्यमा कार्यलय आएका थिए त्यसै समय उनीहरूले दैलोमा पोष्टर अनि थप ताला झुण्डिएको देखे। उक्त पोष्टर अनि ताला देखेपछि अवाक बनेका पत्रकारहरूलाई यसबारे पूर्व सूचना नगरेको पत्रकार भुवन खनालले बताएका छन्। हिमालय दर्पण प्रधान कार्यलयको नाउँ गरेर यहाँको कालेबुङ शाखा कार्यलयमा पोष्टर टाँसेर दैलोमा थप ताला लगाएको छ। यसबारे हामी कार्यरत पत्रकारहरूलाई कुनै सूचना समेत दिएको छैन। यसरी अचानक पत्रिकाको कार्यलय बन्द गर्नु अनि कार्यरत पत्रकारहरूलाई जानकारी नदिनु सरासर अन्याय हो’ पत्रकार भुवन खनाले भने।
यता सुत्रमार्फत जानकारी पाएअनुसार उक्त घटनाको सुत्रपात कालेबुङ दर्पण ब्यूरो चिफलाई लिएर भएको हो। कालेबुङ दर्पणमा ब्यूरो चिफ पदबाट केही महिना अघि अजय अग्रवालले राजीनामा दिएपछि कार्यलयमा बूरो चिफ नियुक्ति गरिएको थिएन। कार्यरत पत्रकारहरूकै आपसी तालमेलमा दैनिक समाचार संकलन गर्ने कार्य भइरहेको अवस्थामा केही दिन अघि मात्रै हिमालय दर्पणको मुख्य कार्यलयबाट पुन: अजय अग्रवाललाई ब्यूरो चिफ नियुक्ति गरिएको यहाँका पत्रकारहरूले अनाधिकारिक जानकारी पाएका थिए। कतिपय घटनाहरूलाई लिएर अघिबाटै विवादित बनेका अजय अग्रवाललाई पुन: ब्यूरो चिफ नियुक्ति गरिएको जानकारी पाएपछि कालेबुङ दर्पण कार्यलयमा कार्यरत पत्रकारहरूले भने सोझै बिरोध गरेका थिए। उनीहरूले समाचार पत्रमा ब्यूरो चिफ नियुक्ति गर्छ भने नेपाली पत्रिका भएको कारण नेपाली भाषाको राम्रो ज्ञान भएका व्यक्ति हुनपर्छ भन्ने माग गरिरहेका छन्।
नेपाली भाषाको राम्रो ज्ञान समेत नभएका व्यक्तिलाई ब्यूरो चिफ बनाउँदा नेपाली भाषी पत्रिकाको अवस्था समेत ठिक नहुने कारण उनीहरूले उक्त माग गरेको हो। यसैक्रममा नव नियुक्ति पाएका अजय अग्रवाललाई अघिबाटै कार्यरत पत्रकारहरूले बहिस्कार गरेपछि कार्यलयमा ताला लागेको हो। समाचार पत्रको कार्यलयमा यसरी ताला लागे पनि यस सम्बन्धमा पत्रिकाको व्यवस्थापन पक्षबाट भने कुनै आधिकारिक बयान भने आजसम्म आएको छैन।

0 Response to "पत्रिकाको कार्यलयमा ताला लागेपछि पत्रकारहरू सडकमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.