दार्जीलिङ बंगालको मानचित्रमा पर्दैन- नरबहादुर भण्डारी
शरण –राजेश, कालिमन्युज, दार्जीलिङ, 13 अप्रेल 2015। सिक्किम विधानसभाले गोर्खाल्याण्डको प्रस्ताव पारित गरेको तर यति लामो समयसम्म यसको कुनै प्रयोग भएको नदेख्दा यो प्रस्ताव दिल्ली पठाइयो कि पठाएन भनेर जान्न आरटीआई (सूचनाको अधिकार)-मार्फत खोजी गर्दा सिक्किमले केही नपठाएको पत्रमार्फत उत्तर प्राप्त भयो । सिक्किम विधानसभाले ग्रहण गरेको प्रस्ताव हेर्दा नै मलाई ठीक लागेको थिएन । प्रस्तावमा गोर्खाल्याण्ड मागलाई किन समर्थन गर्नु भन्ने कुरालाई भन्दा धेर दार्जीलिङमा वारम्बार अशान्ति भएको कुरालाई देखाएर प्रस्ताव तयार गरेको थियो जब कि लड़ाई –झगड़ा देखाएर प्रस्ताव पारित गर्नु ठीक थिएन । उपरोक्त वक्तव्य आजदेखि गोर्खाल्याण्ड राज्य निर्माणलाई लिएर आयोजित गोर्खा जनमुक्ति मोर्चाको स्टडी फार्मद्वारा आयोजित राष्ट्रिय संगोष्ठी गोर्खाल्याण्ड 2015-लाई सम्बोधन गर्दै सिक्किमका भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीले दिएका हुन् ।
तिनले आफ्नो पूर्व दिनको स्मरण गर्दै सिक्किममा आफ्नो 32मा 32 सिट हुदाँहुदै पनि गोर्खाल्याण्ड मुद्दालाई सहयोग गरेको हुँदा मेरो सरकार तोड़ेको थियो तर आज पनि सरकारमा आए भने गोर्खाल्याण्डको निम्ति सहयोग गरेको हुनेछु । सारा सिक्किमे जनता यसलाई सहयोग गर्न तयार छ । तिनले राजीव गांधीको स्वर्गवास हुनु गोर्खा जातिको निम्ति अभाग हो । तिनी दार्जीलिङलाई केन्द्रशासित प्रदेश दिन तयार थिए जुन बिषयमा तत्कालीन प्रधानमन्त्री गान्धीले मसँग भनेका थिए भन्ने तिनले अवगत गराए । तिनले 22 अगस्त 1986 को दिनलाई कालो दिवसको संज्ञा दिँदै यसले सम्पूर्ण गोर्खाजातिको वीरतामाथि कलंक लागेको छ। यस्तो दिन अब हामी अघि नदोहोरियोस् ।तिनले अहिले केन्द्रमा भाजपाको सरकार आएको छ, गोर्खाको भाग्य उदाएको छ ।तर राम्रो दिन आयो भन्दैमा डोकोमा दुध दिएर हुँदैन । अहिले गाई कम्लाएको छ, उसलाई राम्रोसँग मसारमुसुर गर्नुपऱ्यो । तब नै गोर्खाल्याण्ड हुनेछ भने ।
तिनले बंगालको पूर्व मुख्यमन्त्री तथा भारतमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री पदमा रहेका ज्योति बसुले 1986सालमा दार्जीलिङ सिक्किको भू-भाग हो भनेर श्वेत पत्र जारी गरेका थिए, तर तिनले यो भू-भाग बंगालको हो भनेर भनेका थिएनन् । आज बंगालले बंगाल विभाजन हुँदैन भन्दैछन् गोर्खाल्याण्ड माग्दा बंगाल विभाजन हुँदैन , दार्जीलिङ बंगालको मानचित्रमा कुनै दिन पनि थिएन । तिनले आफुलाई दार्जीलिङबारे बोल्ने अधिकार छ र यसलाई टुंगोमा पुऱ्याएर छोड़छु भन्ने संकल्प पनि संगोष्ठीमा राखे ।
दार्जीलिङ सिक्किमका महाराजाले तत्कालीन अंग्रेज शासनलाई स्वास्थ्यकर स्थानको रुपमा दिएको थियो ,पछि भारत स्वाधीन हुनअघि सिक्किमलाई फर्काउनुपर्थ्यो,तर सिक्किमालई फर्काएन । जसरी 1898मा अंग्रेजले चीनदेखि हङकङ 99 सालको लिजमा लिएको थियो भने 1997 मा ब्रिटिश सरकारले चीनलाई फर्काइदियो ।तर आज बिटिशले सिक्किमलाई दार्जीलिङ किन फर्काएन भनेर प्रश्न राखे । आज उक्त गल्तीहरुको कारण यस्तो संगोष्ठी आयोजन गर्न परेको हो भनि बिगत दिनका गल्तीहरुको उजागर गरे । आजसम्म बंगालले दार्जीलिङको नाममा जेजति बिकासका कुराहरु बनाउदैछ सबै तलै बनाउँदै छ । दार्जीलिङको नाम गरेर आएको युनिवर्सिटी, मेडिकल कलेज, तेञ्जिङ नोर्गे बस टर्मिनस, कंचनजंगा स्टेडियमहरु आदि सबै तलतिरै निर्माण गरेको दावी गरे ।
संविधानले अल्पसंख्यकहरुको सुरक्षा दिन्छ भने गोर्खाल्याण्ड दिएर मात्र गोर्खा अल्पसंख्यक जातिको सुरक्षा हुन्छ तर बंगालमा हुँदैन भने । गोर्खाल्याण्ड राज्य बन्नसक्ने आधारबारे बोल्दै तिनले एउटा अल्पसंख्यक जाति अनि अर्को 31 अगस्त 1992को दिनमा भारतका तत्कालीन राष्ट्रपति शंकर दयाल शर्माले हस्ताक्षर अनि मोहर लगाई भारतको संविधानको आठौं अनुच्छेदमा अन्तर्भूक्त भएको नेपाली भाषा रहेको दावी गरे । बंगालको 19 वटा जिल्लामा बसोबासो गर्ने सबै जातिको रहनसहन्, पहिरन, खानपान, भाषा एक आपसमा मेल खान्छ तर त्यही राज्यभित्र रहेको दार्जिलिङ जिल्लामा बसोबासो गर्ने गोर्खा जातिको भाषा संस्कृति तिनीहरुसँग मेल खाँदैन । जसको कारणले गर्दा यहाँ अलग राज्य गोर्खाल्याण्ड मागको आवाज उठ्छ । बंगालमा गोर्खाको भविष्य अन्धकारमा छ भन्ने संकेत दिए।
अर्का वक्ता अरुणाचलप्रदेशका पूर्व विधायक एवं भाजपा राष्ट्रिय महासचिव तपिर गावले गोर्खाजातिको मूल मुद्दा गोर्खाल्याण्ड राष्ट्रियकृत गर्नुपर्छ,यसको लागि केवल एक-दुई जना सांसद पक्रेर हुँदैन, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका 45 जना सभासदहरु प्रत्यकले केन्द्रमा रहेका सांसदहरुसँग आफ्नो मागबारे जागरुक गराउनु आवश्यकता छ भनि सुझाव राखे ।
तिनले यहाँको संगोष्ठी जस्तै भारतका बिभिन्न प्रमुख शहरहरु मुम्बई, दिल्ली, कलकताहरुमा पनि आयोजन गर्नु आवश्यकता छ भन्ने सुझाव राखे ।तिनले आफ्नो पक्षको मात्र नभएर विरोधी पार्टीकाहरुको पनि सुझाव वा कुरा सुन्नलाई पनि त्यस्तो संगोष्ठीमा आमन्त्रण गर्नुपर्छ भने । गोर्खाल्याण्ड जय –जय,जिन्दाबाद-जिन्दाबाद भनेर कराउँदा कतै धोका पनि पाउन सकिने छ भने । संगोष्ठीमा अवकाशप्राप्त आइएएस,आइपिएसहरुलाई पनि निमन्त्रण गरेर तिनीहरुको सुझावहरु संग्रह गर्नु आवश्यक छ भने । आफु भाजपाको एक कर्मठ सदस्यको रुपमा रहेकोले दार्जीलिङको गोर्खा जातिको मूलमुद्दा गोर्खाल्याण्ड सन्दर्भमा धेरै समय अघिदेखि काम गर्दै आएको अवगत गराए । गोर्खा जाति देशभक्त र राष्ट्रभक्त रहेको बताउँदै यहाँको मुद्दाबारे बुझ्न धेरै पटक दार्जीलिङ आइसकेको पनि आफ्नो सम्बोधनमा राखे ।
बिगत दिनमा पहाड़मा उठेको छैटौ अनुसूचीको मुद्दालाई लिएर सदनमा चर्चा भएको अनि तत्कालीन संसदीय मामिला समितिका अध्यक्ष सुष्मा स्वराज अघि यसबारको चर्चा उठिसकेको अनि सो-समय छैटौ अनूसुची प्रमुख पक्षधर स्वर्गीय सुवाष घिसिङलाई श्रीमती स्वराजले तीन चोटि प्रश्न गर्दा श्री घिसिङले पनि गोर्खाल्याण्ड चाहिन्छ भन्न नचुकेको उजागर गरे । तिनले चिनारीको संदर्भमा गोर्खाल्याण्ड आवश्यक छ भन्दै यसको लागि एक मत भएर बिमल गुरुङको अगुवाईमा हिड़ँने आवश्यकतालाई जोड़ दिए ।
आफू बंगलोरमा आयोजित भाजपाको राष्ट्रिय कार्यकारी समितिको सभामा भाग लिएर सोझै हवाईजहाज मार्फत बागड़ोग्रा हुँदै दार्जीलिङ आइपुगेको जानकारी दिए । तिनले यस मुद्दाको लागि प्रत्येक सांसदहरुको बासस्थलतिर दार्जीलिङको सुप्रसिद्ध चियापत्ती अनि गोर्खे टोपीहरु लिएर गोर्खाल्याण्डको समर्थन जुटाउने अभियानमा जिटिएका निर्वाचित सदस्यहरु पुग्नपर्ने आह्वान गरे । आन्दोलनको निम्ति सबै भन्दा प्रमुखमा नेताहरुमा इमान्दारिता हुनपर्छ अनि भ्रष्ट्रचारबाट अलग हुनपर्छ नेताहरु भ्रष्ट्रचारमा लिप्त भयो भने आउँदो दिनमा ती स-सना भविष्यका कर्णधारहरुको समक्ष शिर झुकाएर हिँड़नपर्छ भनि भने ।
संगोष्ठीको अर्का वक्ताको क्रममा डुवर्सको आदिवासी जातिका बागी नेता जोन बारलाले गोर्खाल्याण्डको मागलाई डुवर्समा कसरी अघि बड़ाउनपर्छ भनि सुझावको रुपमा गोर्खा अनि आदिवासीको माझमा भएको बिगत दिनको एक आपसी मेल मिलापको कतिपय कुराहरु गलती भएको थियो । तर आजको दिनमा बिमल गुरुङ अनि तिनको एक आपसि मेल मिलापले डुवर्समा शान्तिसँग आन्दोलनलाई सहजै रुअघि बड़ाउन सकिने छ ।साथै तिनको घरमा बिगत दिनमा गोर्खा नेता बिनय तांमङ अनि आर पि वाइवाले सुझाव लिएर पुगेको हुँदा अब आदिवासी अनि गोर्खाको मेल मिलाप हुनू आवश्यक छ भन्ने सुझाव राख्दा तिनले पहाड़मा रहेको गोर्खा समुदाय एक जुट हुने सुझाव दिएको बताए । फलस्वरुप जिटिएको 45 वटा आसनमा गोजमुमोको वर्चस्व प्रमाणित भएपछि पहाड़मा गोर्खा जाति बिमल गुरुङको नेतृत्वमा एक जुट पाए अनि आज गएर डुवर्समा गोर्खाल्याण्ड आन्दोलनको निम्ति शान्ति अनि सुचारु रुपले आन्दोलन भइ रहेको छ । तिनले भने डुवर्समा बंगाल सरकारको षड़यन्त्रले गोर्खा-आदिवासीहरु माझ झगड़ा गराएको थियो भने आज त्यसको बिपरीत अवस्था भएको छ । हामी डुवर्सलाई यदि बिकास गराउनपर्छ भने गोर्खा अनि आदिवासी जातिको मेलमिलाप नङ र मासु झै भएर बस्नु पर्छ भनि तिनले आजको संगष्ठीमा राखे ।
उतराखण्ड राज्यबाट आएका उतराखण्ड क्रान्ति दलका अध्यक्ष काशी सिंह एरिले आफ्नो सम्बोधनमा अलग राज्य गोर्खाल्याण्ड आन्दोलनको लागि नेतृत्वमा गणतान्त्रिक अनि आन्दोलन अहिंसात्मक हुनपर्छ । गोर्खाल्याण्ड आन्दोलनलाई आफ्नो दलले सक्दो सघाउने अनि आवश्यक परे उतराखण्डमा आन्दोलन पनि गर्नु परे पछि नहटने वाचा गरे ।आन्दोलनलाई सक्दो नियन्त्रणमा राखेर नेताहरुले आन्दोलनलाई बृहतरुपमा लैजानुपर्छ। आन्दोलनलाई सक्रिय बनाउन मीडियाको भूमिका महत्वपूर्ण हुन्छ । यसलाई राष्ट्रिय स्तरमा पुऱ्याउन मीडियालाई साथ लिएर हिँड़नु आवश्यक छ । तिनले उतराखण्डको आन्दलनको स्मरण गराउँदै आन्दोलनमा मीडियाले त्यस समय ठूलो भूमिका निभाएको थियो । यसरी नै गोर्खाल्याण्डको मागलाई यदि सफल बनाउने हो भने यस क्षेत्रका मीडिया साथसाथै राष्ट्रिय स्तरका मीडियाकर्मीहरुलाई एक साथ लिएर हिँड़्नपर्ने सुझाव दिए ।
आजको संगोष्ठीको सञ्चालन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपालको प्रमुख सल्लाहकार स्वराज थापाले धेरै राम्रो रुपमा सञ्चालन गरेका थिए भने तिनको कार्यक्रम सञ्चालनलाई देखेर तेलांगाना राष्ट्र समितिका अध्यक्ष तथा सांसद डाक्टर केशव राव, नरबहादुर भण्डारी लगायत तपिर गावले पनि आफ्नो आफ्नो सम्बोधनमा प्रशंसा गरेका थिए ।आजको प्रमुख उदघोषक दिवकर गुरुङले गरेका थिए ।
0 Response to "दार्जीलिङ बंगालको मानचित्रमा पर्दैन- नरबहादुर भण्डारी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.