
उत्तराखण्ड बनिँदा जति सहयोग गरेको छु त्यति नै गोर्खाल्याण्डलाई सहयोग गर्नेछु- डा. सुब्रह्मण्यम स्वामी
राजेश शर्मा, कालिमन्युज, दार्जीलिङ, 14 अप्रेल । गोर्खाल्याण्ड किन नभनेर कहिले हुन्छ भन्नुपर्छ । छुट्टै राज्य गोर्खाल्याण्ड गठन भएपछि यो स्वीजरल्याण्डको बराबरी हुनेछ । गोर्खाल्याण्ड गोवा राज्यभन्दा ठूलो राज्य हुनेछ । केन्द्र सरकारसँग धेरै क्षमता हुन्छ संविधानको धारा 256 एवं 356 ले धेरै क्षमता दिएको छ, केन्द्रसँग यति धेरै शक्ति छ यसमा कुनै शंका मान्नुपर्दैन। प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भन्नुभएको थियो त्यसो भन्नु नै उनले वचन दिएका हुन् अब त्यो वचन कहिले पूरा हुनेछ भनेर सोध्नेछु । उपरोक्त वक्तव्य हिजोदेखि गोर्खाल्याण्ड राज्य निर्माणलाई लिएर गोजमुमोको स्टडी फोरमद्वारा आयोजित राष्ट्रिय संगोष्ठी गोर्खाल्याण्ड 2015-लाई सम्बोधन गर्दै भूतपूर्व केन्द्रियमन्त्री तथा भाजपाका वरिष्ठ नेता डा. सुब्रह्मण्यम स्वामीले भनेका हुन् ।
गोजमुमोले दुइ चोटि लोकसभा चुनाउमा आफूलाई अलग राखेर भाजपालाई विजय बनायो, यसमा गोर्खाको ठूलो त्याग छ र गोर्खालाई भाजपाले पनि लुटनहुँदैन र दिनुपर्छ ।यो प्रदेश बन्दा बंगाललाई न कि केन्द्रलाई कुनै नोकसानी नै हुनेछ । गोर्खाले देशको प्रेत्यक युद्धमा साथ दिएको छ , गोर्खा साहशी हुन्छन् । उत्तराखण्ड र तेलंगाना राज्यहरु निर्माण हुँदा जसरी साथ दिएँ अब गोर्खाल्याण्ड गठन हुनुमा पनि त्यत्तिनै साथ दिनेछु तिनले संकल्प गरे । उत्तराखण्ड राज्य निर्माण हुनअघि त्यहाँ विकास भएको थिएन राज्य बनिएपछि नै विकास भयो ।विकासको लागि राज्यको आकार सानो हुनपर्छ । भारतमा तीस त के 50 राज्य निर्माण हुनपर्छ त्योभित्र गोर्खाल्याण्ड परेको हुन्छ । नयाँ राज्य कसरी गठन हुन्छ भन्ने प्रसंगमा तिनले भाषाको आधारमा हुनेगरेको पाइएको अनि पछि गएर त्यति मात्र नभएर अरू आधारहरू पनि भएको बताए। भाषाहरु धेरै छन् भाषाको आधारमा हेर्नुपर्दा आन्ध्रप्रदेश अनि तेलांगानामा एकै भाषा अनि इतिहास पनि एक रुप थियो जसरी पोण्डीचेरी अनि तमिलनाडूमा एकै भाषा तमिल बोलिन्छ तर त्यहाँ पोण्डीचेरीको इतिहास फरक रहेको थियो । यी आधारहरुमा तेलांगाना तथा पोण्डीचेरी राज्यहरु निर्माण भएको इतिहास राखे ।
यसबाहेक तिनले नयाँ राज्य गठनको निम्ति कति कुराको खाँचो हुन्छ त्यसमाथि बोल्दै क्षेत्रको आर्थिक विकास, पूर्वाधारको विकास ,संसदमा आवाज उठाउनुपर्ने जस्ता पहलहरु आवश्यक हुन्छन् साथै मोर्चाको आन्दोलनको शैली लोकतान्त्रिक अनि शान्तिपूर्ण छ जुन पद्धति राम्रो रहेको तिनले आजको सम्बोधनमा दावी गरे ।
अर्का वक्ता सीपीआईएमएलका नेता अभिजित मजुमदारले आफ्नो वक्तव्यमा डा. स्वामीको वक्तव्यमाथि केही संदेह र असहमति व्यक्त गरे । तिनले आफ्नो पार्टी गोर्खाल्याण्डको पक्षधर पार्टी रहेको अनि पार्टीको नवौं सम्मेलनमा गोर्खाल्याण्डको प्रस्ताव पारित गरिसकेको अवगत गराए ।यद्यपि तिनले गोर्खाल्याण्ड सन्दर्भमा राज्य गठन भइसकेपछिको कुराहरुमाथि सोच्नुपर्ने अनि त्यो केवल एउटा पार्टीको नभएर सम्पूर्ण पार्टीको अनि सम्पूर्ण जनजातिको पक्षमा भएको हुनपर्छ । तिनले भाजपा नेता डा. स्वामीको विचारसँग असहमति पनि व्यक्त गरे। तिनले भने तेलंगाना मुद्दा अनि उत्तराखण्ड राज्य बन्नमा पनि तिनको पार्टी समर्थन दिएको आफ्नो भाषणमा राखे साथै तिनले यस गोर्खाल्याण्ड राज्य गठनको निम्ति पनि समर्थन छ भने । एकलौती कुनै पनि पार्टी वा सरकारको पक्षबाट कुनै समझौताको कुरा आउँछ भने त्यो धेरै घातक तिनले भने ।
अर्का वक्ता भारत- तिब्बत सहयोग मञ्चका राष्ट्रिय महासचिव महेश चड्डाले आफ्नो भाषणमा आफू दार्जीलिङ आइरहेको समय बाटातिर धेरै विद्यार्थीहरु हिँड़ेर स्कूल आउजाउ गरिरहेको बिषयमा दुःख प्रकट गर्दै भारत स्वाधीन भएको 68 वर्ष भइसक्दा पनि यस क्षेत्रको विकास नभएकोमा आश्चर्य प्रकट गरे ।चीनको सीमा क्षेत्रमा अवस्थित यी ठाँउमा सड़कको दुरवस्था देख्दा अचम्भ मान्दै यदि सीमा क्षेत्रमा कुनै दिन 62 को जस्तो स्थिति आयो भने भारतीय सेनाले त्यसको सामना कसरी गर्नेछ प्रश्न गरे । तिनले गोर्खाल्याण्डको सन्दर्भमा यो आन्दोलन शान्तिपूर्ण र गणतान्त्रिक ढाँचामा भइरहेकोले यो माग अवश्यै पुरा हुने दावी गर्दै गोर्खाको सपना पूरा हुनपर्छ भन्ने कामना गर्दै जय हिन्द , जय भारतको नारा लगाएर भाषण टुंग्याए।
डुवर्सको सन्दर्भमा स्टडी फोरमका प्रतिनिधि एस एन प्रधानले आयोजित राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै डुवर्सको भविष्य राम्रो हुन्छ भने आदिवासी जातिले यस आन्दोलनलाई पूर्णरुपले सहयोग पुऱ्याएको हुनपर्छ भनि सुझाउ राख्दै आदिवासीहरुप्रति एक हुनपर्ने आह्वान गरे । केही दिनअघि डुवर्सको मुटु मानिने जयगाँउमा आयोजित गोर्खा आदिवासी सांस्कृतिक उत्सवले गोर्खा अनि आदिवासी दुइ जाति माझको सम्बन्धलाई अझ प्रगाढ बनाउनमा धेरै सहयोगको काम गरेको उदाहरण दिए ।उक्त उत्सवमा 50 प्रतिशत अधिक आदिवासीको सहभागिता रहेको उजागर गरे ।
अर्को वक्ताको रुपमा गोजमुमोका प्रवक्ता तथा विधायक डा. हर्कबहादुर छेत्रीले हस्यौली ढंगमा आफ्नो भाषणमा गोर्खा तथा गोर्खाल्याण्ड माग चलिरहेको वास्तविक कुराहरु राखे । तिनले भाषणमा चिह्नारीको सन्दर्भमा राजनैतिक रुपमा चिह्नारी भन्नाले सीमा क्षेत्रलाई बुझ्नपर्छ। त्यसो हुँदा हाम्रो आफ्नो सिमाना निर्धारण हुनपर्छ भने । दार्जीलिङको सबैभन्दा वृहत उद्योग भनेको चिया खेती हो । चुनाउ प्रचारको समयमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले सिलगड़ीको नगिचमा भएको भाषणमा चियासँग मेरो आफन्तको सम्बन्ध रहेको बताउँदै चियाको लागि बोर्ड होइन् मन्त्रालय बनाउछु भनेका थिए त्यो अब कहिले निर्माण हुने हो संगोष्ठीमा उपस्थित भाजपाका वरिष्ठ कार्यकर्ताहरु मार्फत श्री मोदीसमक्ष प्रश्न राखे ।
संगोष्ठीका सञ्चालक स्वराज थापाले यस्तो कार्यक्रम आयोजन गर्दा भारतीय विभिन्न पार्टीका नेताहरुको सहयोग, विचार, सुझाउ अनि आन्दोलनलाई उचित मार्ग निर्देशन प्राप्त हुने बताए ।तिनले हिजोदेखि आयोजित दुइदिने संगोष्ठीमा उत्तराखण्ड, तेलांगाना आदिका अनुभवी नेताहरुबाट धेरै सुझाउ र मार्गनिर्देशनहरु प्राप्त भएको एवं उनीहरुद्वारा चलाइएको आन्दोनलको रुपरेखाको पनि जानकारी प्राप्त भएको बताए । यसबाहेक संगोष्ठी राष्ट्रियस्तरका नेताहरुबाट पनि धेरै ज्ञान प्राप्त भएको अझ बताए । आजको कार्यक्रममा विधायक डा. रोहित शर्मा ,मोर्चाका अध्यक्ष बिमल गुरुङ ,उपाध्यक्ष कर्णेल रमेश आले, महासचिव रोशन गिरी, जीटीए अध्यक्ष प्रदीप प्रधान ,उपाध्यक्ष लोपसांग लामा, सभासद तथा जीटीएका 45 वटा समष्टिहरुबाट आएका पार्टी समर्थकहरुको भारी उपस्थिति रहेको थियो भने कार्यक्रम यहाँको गोर्खा रंगमञ्च भवनमा सम्पन्न भयो ।
0 Response to "उत्तराखण्ड बनिँदा जति सहयोग गरेको छु त्यति नै गोर्खाल्याण्डलाई सहयोग गर्नेछु- डा. सुब्रह्मण्यम स्वामी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.