-->
गोर्खाल्याण्ड भावनात्मक रूपले पाइसकेका छौँ – बिनय तामाङ

गोर्खाल्याण्ड भावनात्मक रूपले पाइसकेका छौँ – बिनय तामाङ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 21 फरवरी। ‘गोर्खाल्याण्डको जुन माग छ त्यो भावनात्मक रूपले त पाइसकेका छौँ तर लजिकल्ली पनि हेर्नुपर्छ’ उक्त कुरा बिनय तामाङले भनेका हुन्। पुरानो एउटा मुद्दामा आफ्नो उपस्थिति कालेबुङ न्यायलयमा दिनका निम्ति आएका जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङले अहिलेघरी बिग्रेका पुराना सिस्टम राम्रो बनाइरहेको दाबी गर्नेक्रममा एउटा प्रश्नको उत्तर दिने क्रममा उक्त कुरा भनेका हुन्। यद्यपी गोर्खाल्याण्ड भावानात्मक रुपले कसरी पाएको छ भन्ने व्याख्या भने गरेनन्।

‘हेर्नुहोस् म जिरो इनेमीको सिद्धान्तमा काम गर्न चाहन्छु। मलाई गाली गर्नेहरूलाई मेरो भन्नु केही छैन। अहिले म राजनीति सिक्दैछु। राजनीति जानिसकेकाहरूले मलाई गाली गर्दा त्यसलाई आशिर्वादको रूपमा लिन्छु’ बिनय तामाङले एक प्रश्नको उत्तर दिने क्रममा भने। उनले अहिलेघरी आफुहरूलाई जिम्मेवारी आएपछि त्यस जिम्मेवारीलाई निभाउने कार्य गरिरहेको पनि दाबी गरे। ‘धेरैवटा सिस्टम राम्रो थिएन। आज त्यस सिस्टमलाई पनि हामीले राम्रो गरेर लाँदैछौँ। उदाहर्णको निम्ति स्कुलमा अर्धवार्षिक परिक्षा आउँदा समेत खाता किताब नपाउने विद्यार्थीवर्गले अहिले स्कुलको सुरुमा नै खाता किताब पाएका छन्’ बिनय तामाङले सिस्टमलाई राम्रो गरिरहेको दाबी गर्दै भने।

छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा लागेको मुद्दामा आज आफुले न्यायलयमा आफ्नो उपस्थिति दिनलाई कालेबुङ आइपुगेको पनि जानकारी दिएका थिए। ‘कालेबुङ कुनै भ्रमणमा आएको होइन। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा लागेका कतिपय मुद्दाहरू चलिरहेको कारण आफुले सन् 2013 को एउटा मुद्दामा आज न्यायलयमा आफ्नो उपस्थिति दिनलाई आएको हुँ’ बिनय तामाङले कालेबुङ आउनुको कारणबारे जानकारी गराए। न्यायलयमा उपस्थिति दिएपछी उनी सोझै कालेबुङ नगरपालिका कार्यालयमा पुगेका थिए। जहाँ उनलाई खदा लगाएर स्वागत गरिएको थियो।

‘कालेबुङमा पार्टीको जिल्ला कमिठि गठन भएको छ। उक्त कमिटिका सम्पूर्ण पदअधिकारीवर्गलाई विशेष बधाई दिँदछु’ बिनय तामाङले पत्रकारहरूसँगको कुराकानीमा भने। यसक्रममा उनले एकाधिक बिकास कार्यहरू सुरु भएको जानकारी गराउँदै सम्पूर्ण बिकास कार्यहरूमा गुणवद्धतामा जोड दिनुपर्ने बताएका छन्। यसक्रममा उनले शान्ति र बिकास कार्यका निम्ति सबैले मिलेर कार्य गर्नुपर्ने पनि उनले जोड दिएका छन्।

पत्रकारहरूसँगको कुराकानीमा उनले सिक्किम राज्यसम्म पुग्ने रेल मार्ग निर्माणका निम्ति जीटीएले अनापत्ति पत्र नदिएको सन्दर्भमा पनि आफ्नो स्पष्टिकरण दिएका छन्। आफुहरूले वास्तवमा सेभोकदेखि सिक्किमसम्म पुग्ने रेल मार्गको निम्ति जीटीएको पक्षबाट अनापत्ति पत्र दिएको भएपनि हालमा त्यसलाई थाँतीमा राखिदिएको स्पष्टिकरण दिएका छन्। 
‘ सेभोकदेखि सिक्किम राज्य पुग्ने लगभग 63 किलोमिटरभित्र रेल मार्ग निर्माणका निम्ति जीटीएले एनओसी दिसकेका छौ। तर हामीले निर्माण गर्दा केही सर्तहरू राखेका छौँ’ बिनय तामाङले भने। ‘रेलमार्ग निर्माण गर्दा टनलहरू खन्ने पर्छ। त्यसर्थ टनल निर्माण गर्दा बिस्फोटक पदार्थको प्रयोग नहुनपर्ने हाम्रो माग छ। किनभने दार्जीलिङ पहाड भुइँचालो क्षेत्रसँगै पैह्रो जन्य क्षेत्रभित्र पर्छ। त्यसर्थ टनल बनाउँदा बिस्फोटक प्रयोग नगरेर ड्रिलिङ मेसिन लगाउनुपर्छ। यसका साथै सेभोक, अथवा कालिझोडा अनि टिस्टा, मल्लिमा रेल्वे स्टेशन हुपर्छ भन्ने हाम्रो माग छ। दुईवटा मागहरू राख्दा पनि हामीलाई उत्तर नआएको कारण यसलाई हामीले थाँतीमा राखेका छौँ’ बिनय तामाङले स्पष्ट शब्दमा भने।

Related Posts

0 Response to "गोर्खाल्याण्ड भावनात्मक रूपले पाइसकेका छौँ – बिनय तामाङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.