-->
साहित्य अकादमीको बहुभाषिक कवि गोष्ठीमा कवि सुवास सोताङले भाग लिने

साहित्य अकादमीको बहुभाषिक कवि गोष्ठीमा कवि सुवास सोताङले भाग लिने

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 16 मार्च। आगामी २० मार्च २०१५ को दिन साहित्य अकादमी, नयाँ दिल्लीको आयोजनामा गोवाको पानाजीमा हुने राष्ट्रिय बहुभाषिक कवि गोष्ठीमा नेपाली भाषालाई कवि सुवास सोताङले प्रतिनिधित्व गर्ने भएका छन्। 
उक्त कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी बन्न साहित्य अकादमीले कवि सुवास सोताङलाई आधिकारिक पत्र पठाएका छन्। उक्त कार्यक्रममा सहभागी बन्नका निम्ति साहित्य अकादमीबाट पत्र प्राप्त भएको कवि सुवास सोताङले जानकारी दिए। 
कार्यक्रममा उनलाई नेपाली कविताको अङ्ग्रेजी अनुवाद पठन गर्ने अनुरोध पनि गरिएको छ। यसक्रममा उनीसँग यसबारे जान्न चाहँदा उनले कार्यक्रममा आफ्ना केही कविताहरू नेपाली र अंग्रेजीमा सुनाउने छु भनि जानकारी दिए। उक्त कार्यक्रममा सहभागी बन्न उनी आगामी १८ मार्चको दिन नै गोवा प्रस्थान हुने जानकारी दिए।

0 Response to "साहित्य अकादमीको बहुभाषिक कवि गोष्ठीमा कवि सुवास सोताङले भाग लिने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.