भूलै-भूलले भरिएको नेपाली पाठ्यपुस्तक पढ्दैछन् विद्यार्थीवर्ग........ पाठ्यक्रम समितिसँग बैठक बसेर बोर्डका कुरा उठाउँनेछौँ – जेएसटीओ
17 Mar 2015
Comment
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 16 मार्च। ‘पश्चिमबङ्ग माध्यमिक शिक्षा परिषद’ - ले यसवर्षदेखि शुरु गरेको नयाँ पाठ्यक्रम अनुसार, प्रकाशित गरेको र निशुल्क वितरण गरेको नवौँ श्रेणीको नेपाली पाठ्यपुस्तक विवादको घेरोमा परेको छ। पुस्तकभित्र रहेका पाठ अनि पाठभित्रका एकाधिक त्रुटीहरू नै विवादका मुख्य कारणहरू हुन्।
‘पश्चिमबङ्ग माध्यमिक शिक्षा परिषद’ ले नयाँ पाठ्यक्रम अंतरगत प्रकाशित पाठ्य पुस्तकभित्र एकाधिक भूल छापिएको कारण विद्यालयहरूमा पठन-पाठनको असुविधा भोग्न परिरहेको गुनासो प्रारम्भ देखि नै दिनो-दिन बृद्धि हुँदै गइरहेको छ। भाषिक एकरूपताको नियमलाई पुस्तकमा पालन गरिएको छैन भने व्याकरणगत त्रुटीहरू गणना गरिनसक्नु रहेको थाह लागेको छ। जसले गर्दा विद्यालयमा विद्यार्थीवर्ग पाठभित्रका त्रुटीहरूले भ्रममा परिरहेका छन्।
"निवन्ध, गरीमा, नया स्वतंन्त्रता, खोच्छ, सम्बाद, रोच्छ,भैर्द, कंही, विश्वविद्यालयां, दङ्गमा, उदाहरन, उच्चस्नान, घँजेटेर, जम्जमाएर, त्यबाँबाट, लप्टन, झयालनेर, बाटोछु, भत्र, मायब, फू:मन्तरले, पप्यो, सकोइनन्जा, जानोइन्हि, हिमासंगको, हामरोगाढा, भोटेल, पैह्णो, ओह्णालै, हांमी, नेतजिङ, विपयमा, जन्मदीत्रीका, दुगका, चिरज्जीवि, सरूमा, व्यङ्गथात्मक, चियाबीरीको, छुट्टे, जोनेको, तेर्छे, त्यँहो, साइदियर, असिले, स्तान, बौलेहा, मदरको, पत्यो, छोरील, लाजालाई, भोलिपल्सि, किनेल, अह्उन, बाखी, डोन्याएर, बट्टाकां, हन्तारिएर, पछे, मन्यो” – नवौँ कक्षाको पाठ्यक्रममा यस्ता लछेप्रै त्रुटीहरू छापिएका छन्।
नेपाली भाषी विद्यार्थीवर्गले यस्तै शब्दहरुले भरिएको पुस्तक अध्ययन गर्न परिरहेको छ। पाठ्यपुस्तकमा देखा परेको यस्ता लछेप्रै त्रुटीहरूले पुस्तक प्रकाशन अघि यस्को प्रुफ रिडिङ नगरिएको विज्ञजनहरूले अनुमान लगाएको छ। यसले गर्दा पाठ्यक्रम तयार पार्ने कमिटिको कार्यप्रणाली माथि नै प्रश्न चिन्ह खडा भएको छ।

विश्वस्त सुत्रमार्फत जानकारी पाए अनुसार यसवर्ष ‘पश्चिमबङ्ग माध्यमिक शिक्षा परिषद’ले बङ्गालभरी नै पाठ्यक्रम नयाँ गरी तयार पार्ने योजना बनाएर कार्य गरेको थियो। उक्त नयाँ पाठ्यक्रम तयार पार्नको निम्ति दार्जीलिङ पहाड लगायत सिलगडी अनि डुवर्सका नेपाली भाषी विद्यार्थीवर्गको नेपाली पाठ्यक्रम तयार पार्न ‘जनमुक्ति टिचर्स अर्गनाइजेसन’(जे.एस.टी.ओ) लाई जिम्मेवारी सुम्पिएको थियो। सोही क्रममा उक्त पाठ्यक्रमा तयार पार्न जे.एस.टी.ओ - को देखरेखमा एउटा कमिटि गठन गरेर कार्य भएको सुत्रले दाबी गरेको छ।
सुत्रले बताए अनुसार उक्त पाठ्यक्रम तयार पार्ने कमिटिकै देखरेखमा सम्पूर्ण पाठ्यक्रममा विषयको चयन, छाँट-काट, अनि क-कसको रचनाहरू समावेश गर्नुपर्ने भन्ने कार्य भएको थियो। फलस्वरूप अहिले उक्त कमिटिकै देखरेखमा तयार पारिएको एकाधिक त्रुटीपूर्ण पाठ्यपुस्तक विद्यालयहरूमा विद्यार्थीवर्गले सरकारको पक्षबाट नि:शिल्क प्राप्त गरेका छन्। उक्त पाठ्य-पुस्तक प्रकाशन हुनको साथै पाठ्यक्रममा राखिएका विषयमाथी पनि प्रश्न चिन्ह खडा भएको छ।
पाठ्यक्रममा अहिलेसम्म राखिन्दै आएका रचनाहरूको स्थानमा नयाँ रचनाहरू राखिए पनि रचनाकारहरूको सूचीमा नयाँ नाउँ पहिलोपल्ट देखा परेको छ। उक्त पाठ्यक्रममा नेपाली साहित्यका स्थापित लेखक-साहित्यकारहरूलाई किनारा लगाएको गुनासो पनि शिक्षकवर्गले गरिरहेका छन्। पद्य अनि गद्य खण्डमा विभाजित उक्त पाठ्यक्रममा पद्य खण्डमा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लक्खीदेवी सुन्दा अनि सीताराम काफ्लेको कविता राखिएको छ भने गद्य खण्डमा रूपनारायण सिन्हा, शिवकुमार राई, हरिप्रसाद गोर्खा राई, रामकृष्ण शर्मा अनि रामलाल अधिकारीको रचना समावेश गरिएको छ।

उक्त पाठ्यक्रममा सबैभन्दा रोचकको कुरा भने यसवर्ष पहिलोपल्ट सिताराम काफ्लेको कविता ‘कवि लेखनाथप्रति’ भन्ने समावेश गरिएको छ। जसको कारण उनीभन्दा स्थापित अनि अहिलेसम्म पाठ्यक्रममा समावेश हुँदै आएका भारतीय नेपाली साहित्यकारहरू किनारामा परेका छन्। सिताराम काफ्लेको कविता पाठ्यक्रममा समावेश हुनु वास्तवमा नेपाली भाषी विद्यार्थीवर्गको भविष्यसँग नै खेलवाड गरिनु हो भनि एकजना शिक्षकले आफ्नो नाउँ प्रकाशमा ल्याउँन नचाहँदै भने। यसबारे केही समय पछि आफू खुलेर बोल्ने बताउँदै पहिला यसबारे ‘पाठ्यक्रम तयार पार्ने कमिटिको’ उत्तर आवश्यक हुने उनले बताएका छन्।
अर्कोतिर भारतीय नेपाली साहित्यका महान कविहरूको कविता जुन कविताहरू विद्यार्थीवर्गका निम्ति उपयोगि छन् त्यसलाई समावेश नगर्नु साह्रै दुखदपूर्ण रहेको अर्का शिक्षकले बताएका छन्।

पाठ्यक्रममा यसरी एकाधिक त्रुटीहरू छापिएको कारण चारैतिर असन्तुष्टिको लहर बृद्धि भइरहेको अवस्थामा यता जे.एस.टी.ओ – का महासचिव छिरिङ तामाङसित जान्न चाहँदा उनले हाल आफू दिल्लीको धर्नामा रहेको बताउँदै दिल्लीबाट आएपछि प्रतिक्रिया व्यक्त गर्ने जानकारी दिए।
सोहीक्रममा यता जे.एस.टी.ओ-का उपाध्य्क्ष बिजय छेत्रीसँग त्रुटीपूर्ण प्रकाशित नेपाली पाठ्यक्रमबारे प्रश्न गर्दा यसलाई दुर्भाग्यपूर्ण हो भनि बताए।
“नयाँ पाठ्यक्रम तयार पार्नका निम्ति एउटा कमिटि गठन भएर काम भयो। कमिटिले आफ्नै पक्षबाट काम गरेको हो। यद्यपी पुस्तक प्रकाशित भएर आउँदा त्रुटीपूर्ण हुनु दुर्भाग्यपूर्ण हो” बिजय छेत्रीले भने। उनले उक्त तयार गरिएको नयाँ पाठ्यपुस्तक यता विद्यालयहरू खोलिएर अध्ययन सुरू हुँदा समेत नआएको बताउँदै पछिबाट बोर्डले हतारमा प्रकाशित गर्दा यस्तो त्रुटीपूर्ण प्रकाशित भएको हुनसक्ने आशंका व्यक्त गरे।
“पाठ्यक्रमको प्रुफ रिडिङ हुनुपर्ने हो तर प्रुफ रिडिङ समयमा भएन। पुस्तक समयमा नाअएपछि बोर्डमा सोद्धा पुस्तक प्रेसमा गएको छैन अनि यसको प्रुफ रिडिङ भएको छैन भन्ने जानकारी पयौँ। पछिबाट हतारमा बोर्डले सिलेबस कमिटिका कसैलाई बोलाएर हतारमा प्रुफ रिडिङ गराएर छापेको हो जसले भूलै भूल छापिएको छ’ छेत्रीले अझ भने।
यसक्रममा उनले पाठ्यक्रम निर्माण कमिटिको बचाऊ गर्दै पुस्तक प्रकाशन पूर्ण समितिलाई प्रूफ हर्ने पर्याप्त समय नदिएको पनि बताए।
अर्कोतर्फ पाठ्यक्रममा अहिलेसम्म समावेश हुँदै आइरहेका कतिपय भारतेली नेपाली साहित्यकारहरूलाई किनारा लगाइएको प्रश्न गर्दा यसबारे पाठ्यक्रम तयार पार्ने समितिसँग बैठक बस्ने जानकारी दिए। “हामी संठनको पक्षबाट सबैभन्दा पहिला पाठ्यक्रम तयार पार्ने कमिटिसँग झट्ट बैठक बस्नेछौँ अनि पाठ्यक्रममा समावेश गरिएको विषयहरूबारे जानकारी लिनेछौँ। त्यसपछि सम्बन्धित बोर्डमा बैठक बसेर आवाज उठाउँनेछौँ” – विजय छेत्रीले भने।

अर्कोतर्फ यता पाठ्य-पुस्तक तयार पार्ने समितिका संयोजक सिताराम काफ्लेसँग त्रुटीपूर्ण प्रकाशित पाठ्यक्रमबारे प्रश्न गर्दा यसको सम्पूर्ण दोष नै पाठ्यक्रम प्रकाशन गर्ने बोर्डको हो भने। “ बोर्डमा नेपाली भाषामा कम्पोज गर्ने नेपाली भाषी छैनन्। पुस्तक प्रकाशनको व्यवस्थामा नेपाली भाषी छैन। यहाँबाट सच्चाएर पठाएका सबै तलबाट प्रकाशित भएर आउँदा भूलै-भूल हुनेगर्छ। यो सम्बन्धित ठाउँमा हाम्रो मान्छे नभएर हो। यो समस्या अघिदेखिकै हो अनि पछिसम्म नै जारीरहनेछ” – पाठ्यक्रमम समितिका संयोजक सिताराम काफ्लेले स्पष्टिकरण दिए।
पुस्तकका भाषिक एकरूपता नहुनु दुखदपूर्ण रहेको बताउँदै आगामी दिनहरूमा नेपाली पाठ्यक्रम दार्जीलिङ पहाडबाटै प्रकाशित गर्न सके मात्र भूल नहुने बताए। यता पाठ्यक्रममा चयन गरिएका पाठमा भारतीय नेपाली साहित्यकारहरूलाई किनारा लगाइएको सन्दर्भमा भने उनले प्रतिक्रिया गर्न चाहेनन्।

0 Response to "भूलै-भूलले भरिएको नेपाली पाठ्यपुस्तक पढ्दैछन् विद्यार्थीवर्ग........ पाठ्यक्रम समितिसँग बैठक बसेर बोर्डका कुरा उठाउँनेछौँ – जेएसटीओ "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.