गोर्खाल्याण्ड राज्य दिन्छ भने केन्द्र सरकारले दिंन्छ –बंगाल सरकार वा मंमताले होइन- बिमल गुरुङ
17 Mar 2015
Comment
| आठौ दिनको धरनामा बिमल बुरुङ अनि आर एस एस का अशोक चौरासिया |
बिमल गुरुङ्ले बताए कि "संसद चलि रहेको समयमा धरना गर्नुको मुख्य उद्धेस्य गोर्खाल्याण्डको निर्माण गर्नु हो । गोर्खा जनमुक्ती मोर्चाको मांग सवैधानिक हो भारत सरकारको गृह मंत्रीव्दारा गोर्खाल्याण्डको निम्ति एउटा कमिटि बनाउने वाचा गरिएको थियो तर आज सम्म उक्त कमिटि गठन भएको छैन यसै कारण गोजमुमोले दिल्लीमा धरना दिन बाध्य भएको हो" । गुरुङले यस सम्बन्धमा प्रधान मंत्री, गृह मंत्री, बित्त मंत्री, शिक्षा मंत्री लगायत धेरैलाई भोलीदेखी भेटने अनुमति पाउने कुरामा आशाबादी रहेको बताए ।
गोर्खाल्याण्ड् राज्यको गठनको निम्ति राज्य सरकारको सहमतीको कुनै आवस्यकता छैन भन्दै तिनले केन्द्र सरकार प्रति आशावादी भएको मंतव्य पोखे। "दार्जीलिङमा जाती जातीको बिभाजन गरेर् जात गोष्टीको बोर्ड गठन गरेर जाती फूटाउने काम गरि रहेको छ , ममता सरकारको यो काम बारे अब दिल्लीको केन्द्र सरकारलाई जानकारी गराई गोर्खा जातीको पूरानो मांगलाई सफल बनाउने मार्ग तिर लाने उद्धेश्य लिएर् यो धर्ना गर्नू जरुरी भएको हो" भनि गुरुङ्ले बताए ।
"गोर्खाल्याण्ड दिनू पर्ने केन्द्र सरकारले हो बंगालले होइन र बंगाल सरकारसंग यस मागको कुनै सरोकार छैन यसैले यो धरनाद्वारा यो प्रमाण गरिरहेका छौ कि हामी पनि यस देशको नागरिक हौ । बंगाल सरकारले हामीलाई बिदेसी भनि बारम्बार भन्छ भने देशको राजधानीमा नै धरना प्रदर्शन गरेर् हामी यस देशको नागरीक हौ भनि आफ्नो देशको नागरिक रहेकोले अधिकारको मांग राखेको र देशमा लोकतंत्र भएको यो प्रमाण हो" भन्ने तिनले थप बताए ।
यस आज धर्नामा असमको सांसद आर पी शर्माले भने कि यो गोर्खाल्याण्ड राज्यको आन्दोलनमा बिगत 86 को आन्दोलन कालदेखी नै हामीले सहयोग पुराउदै आएको हो अनि गुरुङ्ले थालेको आन्दोलनमा पनि असमको गोर्खाहरुले सहभागि दिइरहेको छ । आउदो दिनमा संसद भवन भित्र जातीको मांगलाई म पनि उठाउने छु भन्दै तिनले भने घिसिङको आन्दोलनमा हामीले 42 लाख रुपिया सघाएका थियौ आवस्यक परे समले अवस्य नै गोर्खल्याण्ड राज्यको निम्ति पूर्णरुपमा सहयोग पुरयाउने छ, आफनो यस समभाषणमा तिनले भने । तिनले अझै भने कि गोर्खा जातीको मागलाई सरकारले खेलाइची गर्नु हुदैन ।
डाक्टर हर्क बहादुर छेत्रीले पनि नरेन्द्र मोदीले दिएको वाचालाई दोहराउदै भने कि नरेन्द्र मोदी चियावाला हो भने गोर्खाले चिया उत्पादन गर्ने काम गरने हुनाले गोर्खाको सपनालाई सोचनू आवस्यक छ अनि पो पहाड़को चियापतिसंग मोदीको मेल हुनेछ भनि बताए ।आजको धरनामा रोसन गिरी एंव बिनोद प्रकास शर्मा आदिले पनि सम्बोधन गरे । धरनामा अधिबक्ता तरंग पण्डीत, रमेस लामा, स्वराज थापा, ज्योती कूमार राई, बिनय तामङ्, महेन्द्र प्रधान, प्रभा छेत्री, दिवाकर गुरुङ, त्रिलोक चन्द रोका, लगायत धेरै गोजमुमो समर्थकहरुको उपस्थिति थियो ।
0 Response to "गोर्खाल्याण्ड राज्य दिन्छ भने केन्द्र सरकारले दिंन्छ –बंगाल सरकार वा मंमताले होइन- बिमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.