-->
सुष्मा लेप्चा भारत स्काउट अनि गाइड मेरिट अवार्डले सम्मानित

सुष्मा लेप्चा भारत स्काउट अनि गाइड मेरिट अवार्डले सम्मानित


डी.के वाइबा, कालिमन्युज, कालेबुङ 18 मार्च। भारत स्काउट अनि गाइडसँग सम्बद्ध रहेर निस्वार्थ अनि निष्ठापूर्वक समाजमुखी कार्य गरेवापत यहाँको सन्त फिलोमिना स्कूलकी सहशिक्षिका सुष्मा लेप्चा भारत स्काउट अनि गाइडको मेरिट अवार्ड पदकले सम्मानित भएकी छन्।
दार्जीलिङ जिल्लाबाट उनी यसवर्षको भारत स्काउट अनि गाइड मेरिड अवार्डले सम्मानित बनेकी हुन्। उनलाई बुधबार कोलकोताको राजभवनमा आयोजित एउटा विशेष कार्यक्रममा राज्यपाल केसरीनाथ त्रिपाठीको बाहुलीबाट मेरिट अवार्ड पदक प्रदान गरिएको थियो। यस अवसरमा राज्यकको सबै जिल्लाका बिजेताहरूलाई पदक प्रदान गरिएको थियो।
विशेष गरेर भारत स्काउट अनि गाइडसँग सम्बद्ध रहेर समाजमुखी कार्य गर्ने सदस्यहरूलाई प्रत्येक वर्ष यस पदकले सम्मानित गर्ने गरिन्छ। यस पदकले सम्मानित हुने सुष्मा लेप्चा सबैभन्दा कम उमेरकी बिजेता रहेकी थाहा लागेको छ।
यहाँको सन्त फिलोमिना स्कूलकी सहशिक्षिकाको रूपमा कार्यरत सुषमा लेप्चा लामो समयदेखि भारत स्काउट अनि गाइडसँग संलग्न रहेर सेवा पुर्‍याउँदै आइरहेकी छन्। भारत स्काउट अनि गाइड मार्फत सामाजिक सेवामा सक्रिय बनेकी लेप्चालाई समाजलाई दिएको निस्वार्थ योगदानको मूल्याङ्कन गर्दै उक्त पदक प्रदान गरिएको हो।
सामाजिक सेवाकार्य गर्ने मानिसहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले यो पुरस्कार भारत स्काउट अनि गाइडमार्फत प्रदान गर्ने चलन सन 1995 बाट शुरु गरेको थियो। यो पुरस्कारले सर्वप्रथम सम्मानित हुने व्यक्ति एसयुएमआइका पूर्व प्राचार्य पीआर प्रधान हुन्। उनीपछि कालेबुङका शिक्षक बीके सुब्बाले यो पदक प्राप्त गरेका थिए। सन्त फिलोमिनाबाट यो प्रतिष्ठित पदकले सम्मानित हुने सुश्री सुषमा लेप्चा तेस्रो बिजेता हुन्।
यस अघि यसै स्कूलका शिक्षिकाहरू मेरी क्लेर राई, जेसिन्ता तामाङले पनि यो पदक प्राप्त गरेका थिए। यसै स्कूलका दुइ छात्राहरू पुजा गुरूङ अनि सुजा थापालाई पनि राज्य पुरस्कारले सम्मानित भएका छन। लेप्चालाई उक्त पुरस्कारले सम्मानित गरेपछि यता बिद्यालयमा खुशीको लहर छाएको छ।

0 Response to "सुष्मा लेप्चा भारत स्काउट अनि गाइड मेरिट अवार्डले सम्मानित "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.