
राज्यस्तरीय प्रतियोगितामा कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालय दोस्रो
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 18 मार्च 2015। राज्यस्तरीय प्रतियोगितामा कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयको बुलबुल युनिटले दोस्रो स्थान ओगटेको छ। सम्भवतः 35 वर्षपछि बुलबुलको राज्यस्तरीय प्रतियोगितामा कालेबुङले दोस्रो स्थान ओगट्न सफल बनेको हो।
फ्लक लिडर शिक्षिका सुसन्ना घिसिङ अनि गाईड क्याप्टन रजनी राणाको नेतृत्त्वमा गएका आठजना विद्यार्थाहरूले हेण्डिक्राफ्ट, कम्पास, गीत, स्किट, नोटिङका प्रतोयिगोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेर राज्यका प्रतियोगि विद्यालयहरूमध्ये दोस्रो बनेको हो। कोलकाताको गङ्गानगरमा गत 14 अनि 15 मार्चको दिन सम्पन्न प्रगियोगितामा विजय हासिल गरेर आएका विद्यार्थीहरूलाई आज स्कूलपक्षले खदा लगाएर सम्मान जनायो।
हेन्डिक्राफ्ट, नोटिङ अनि स्किटमा गर्ल्स उच्चतर माध्यमिक विद्यालय प्रथम बनेको थियो भने अन्य प्रतियोगिताहरूमा पनि विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेको फ्लक लिडर सुसन्ना घिसिङले जानकारी दिएकी छन्।
अर्कोतिर स्कूलका प्राचार्या एसएस प्रधानले स्कूलको 125 औँ वर्षगाठँको अवसरमा विद्यार्थाहरूको यसकिसिमको प्रदर्शनले अझ खुशीको लहर छाएको बताएकी छन्। उनले स्कूलका विद्यार्थाहरूको प्रदर्शनलाई लिएर खुशी व्यक्त गर्दै स्कूल स्थापनाको 125 वर्षको अवसरमा आगामी महिनादेखि विविध कार्यक्रमहरू गर्ने पनि जानकारी दिएकी छन्।
0 Response to "राज्यस्तरीय प्रतियोगितामा कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालय दोस्रो"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.