-->
प्रतिक्रियावादीहरू साथीहरूले सकारात्मक सोंच्नुपर्छ – बारूद थापा

प्रतिक्रियावादीहरू साथीहरूले सकारात्मक सोंच्नुपर्छ – बारूद थापा

डी.के वाइबा, डी के वाइबा, कालेबुङ 18 मार्च। दार्जीलिङ पहाडका सांसद एस.एस. आहलुवालीयाले गोर्खाल्याण्डको मुद्दा संसदमा उठाए वापत युवा मोर्चाले आभार व्यक्त गरेको छ। यहाँको पार्टी कार्यालयमा आज गोजयुमो अध्यक्ष बारूद थापा अनि सचिव बिनय घिसिङले पत्रकार सम्मेलन डाकेर नै सांसदप्रति आभार व्यक्त गरे।
‘हाम्रा सांसदले गोर्खाल्याण्डको आवज संसदमा उठाएको कारण हामी उनलाई आभार प्रकट गर्दछौँ’ बारूद थापाले भने। संसदमा गोर्खाल्याण्डको आवज उठ्नु महत्वपूर्ण रहेको बताउँदै यसले आगामी दिनमा गोर्खाल्याण्डको आन्दोलनलाई अझ बल पुग्ने तिनले जोड दिए। 
यसैक्रममा सांसदले सदनमा गोर्खाल्याण्डको मुद्दालाई छोडेर क्षेत्रका अन्य समस्याहरू उठाएको बिपक्षी पार्टीको बयानप्रति पनि कटाक्ष प्रहार गर्दै आलोचना गरे। पहाडका अन्य राजनैतिक दलहरू केवल प्रतिक्रियावादीहरू मात्र रहेको बताउँदै उनीहरूको धर्म नै प्रतिक्रिया गर्नु हो भनि थापाले अझ बताए। 
‘यहाँ राज्य बनिएको छैन। राज्य नभएको कारण नै क्षेत्रका अन्य समस्याहरू संसदमा उठान गर्नु पर्दैछ। उक्त समस्याहरू समाधानको एकमात्र समाधान छुट्टै राज्य हो भन्ने कुरा बिपक्षी राजनैतिक दलका प्रतिक्रियावादी साथीहरूले बुझ्न आवश्यक छ’ थापाले प्रतिक्रिया व्यक्त गर्दै भने। 
सदनमा आवाज उठाएको कुरालाई सराहना गर्नुको साटो आलोचना गर्नु मात्र ठिक होइन भन्दै सकारात्मक सोंच राख्नु आवश्यक रहेको पनि उनले सुझाव दिएका छन्।

0 Response to "प्रतिक्रियावादीहरू साथीहरूले सकारात्मक सोंच्नुपर्छ – बारूद थापा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.