-->
कालेबुङमा सुवास घिसिङलाई सबैले चढाए श्रद्धाञ्जली

कालेबुङमा सुवास घिसिङलाई सबैले चढाए श्रद्धाञ्जली

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 14 जनवरी। डी.के वाइबा, कालेबुङ 14 जनवरी। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष सुवास घिसिङको मृत्यु पछि आज गोरामुमो कालेबुङ ब्राञ्च कमिटिले यहाँको त्रिकोण पार्कमा सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो। यस अवसरमा सुवास घिसिङप्रति बिभिन्न राजनैतिक दल अनि बिभिन्न संघ संस्थाका प्रतिनिधीवर्गले घिसिङप्रति श्रद्धाञ्जली अर्पण गरे। गोरामुमोको उक्त श्रद्धाञ्जली कार्यक्रमलाई केन्द्र गरेर कार्यक्रम परिसरमा सुरक्षा व्यवस्था कठोर गरिएको थियो। 
छुट्टै राज्य गोर्खाल्याण्डको सर्वप्रथम दार्जीलिङ पहाडमा आवाज उठाएर सम्पूर्ण दार्जीलिङ पहाडवासीको मनमा वास गर्ने सुवास घिसिङ दार्जीलिङ पहाडमा गोर्खा जनमुक्ति मोर्चा पार्टीको उदय पछि जनताको मनमा वास गर्न असमर्थ बनेका थिए। यसैक्रममा गोजमुमो पार्टीको बर्चस्व दार्जीलिङ पहाडमा बृद्धि भएपछि सुवास घिसिङ दार्जीलिङ पहाडबाट बिस्थापित बन्न परेको थियो। 
राजनैतिक उतार चढावको कारण एकसमय मुकुटविहिन राजा भनि आफैले घोषणा गर्ने सुवास घिसिङको गत 29 जनवरी 2015 को दिन दिल्लीको गंगाराम अस्पतालमा मृत्यु भएपछि स्वर्गीय सुवास घिसिङलाई एकपल्ट सम्पूर्ण दार्जीलिङ पहाडवासीले स्मरण गर्दै पहाडले साँचो नेता गुमाएको महशुस गरे। पहाडलाई माया गर्ने गोर्खाल्याण्ड आन्दोलनका प्रवर्तक सुवास घिसिङको मृत्युपछि आज सार्वजनिक रूपले आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा सुवास घिसिङलाई श्रद्धाञ्जली अर्पण गर्न गोरामुमो पार्टीका कार्यकर्ताहरूको बिशेष रूपले उपस्थिति रहेको थियो भने पूर्व पार्षद भक्त जैरू, रोशन राई, दावा शेर्पा, सी.के कुमाई आदि उपस्थित रहेका थिए। '
यसैक्रममा गोरामुमो कालेबुङ ब्राञ्च कमिटिका सयोजक मौरिश कालिकोटे, सचिव कमल भट्टराई, सहसचिव अनिल लोप्चन लगायत अन्य पार्टी कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेपछि सबैले क्रमबद्ध रूपले श्रद्धाञ्जली अर्पण गरेका थिए। 
यसैक्रममा सुवास घिसिङलाई मार्क्सवादी कम्युनिष्ट पार्टीका नेता तारा सुन्दास, हिल तृणमूल काङ्ग्रेसका सी.पी खतिवडा, गोजमुमो पार्टीका बिजय सुन्दास आदिले पनि श्रद्धाञ्जली अर्पण गरे। यसैक्रममा सामाजिक संघ संस्थाको पक्षमा गोर्खा दुख निवारक सम्मेलन, सिनियर सिटिजन, शेर्पा समुदाय, तामाङ समुदाय, खस समुदाय, ईमी भोटीया संगठन आदिका प्रतिनिधीवर्गले पनि सुवास घिसिङलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्य गरे। यस अवसरमा सुवास घिसिङ एकमात्र पहाडका साँचो नेता रहेको बताउँदै घिसिङको मृत्यु पहाडवासी निम्ति अपुरणीय क्षति रहेको टिप्पणी गरेका छन्। 
सुवास घिसिङलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा मार्क्सवादी कम्युनिष्ट पार्टीका नेता तारा सुन्दासले सुवास घिसिङ गोर्खहरूको सधँ भलाई चाहने नेता रहेको दाबी गरे। सुवास घिसिङ अनि गोरामुमो पार्टीसँग आफूहरूको राजनैतिक मत भिन्नता रहे पनि माकपा अनि सुवास घिसिङले पहाडको भलाई चाहने गरेको दाबी गरे। ‘हामीले साँचो नेता गुमायौँ। अब पहाडका जनताले यस्ता नेता पाउँनेछैन’ तारा सुन्दासले श्रद्धाञ्जली अर्पण गर्दै भने।

0 Response to "कालेबुङमा सुवास घिसिङलाई सबैले चढाए श्रद्धाञ्जली"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.