-->
नेपाली चेलीको इज्जत लुटी हत्या गर्ने आठ भारतीय पक्राउ ... बलात्कारमा संलग्न एकको आत्महत्या

नेपाली चेलीको इज्जत लुटी हत्या गर्ने आठ भारतीय पक्राउ ... बलात्कारमा संलग्न एकको आत्महत्या

फोटो :दैनिक भाष्कर (नेपाली युवती बलात्कारमा संलग्नहरु)
एजेन्सी (अन्नपूर्ण) : हरियाणामा एक नेपाली युवालार्इ सामूहिक बलात्कार गरी हत्या गरेको अभियोगमा भारतीय प्रहरी ८ जना भारतीय युवालार्इ पक्राउ गरेको छ । ती नेपाली युवतीको बलात्तकार गरेको अभियोमा भारतीय प्रहरीले हरियाणाको रोहतकबाट घटनाको ११ दिनपछि बिहीबार आठ आरोपितलार्इ प्रकाउ गरेको हो ।
पक्राउ परेका आठैजनालार्इ प्रहरीले सार्वजनिक गरेर उनीहरुलार्इ घटनास्थलमा लगी थप सबुत प्रमाण जुटाउने काम थालेको छ । युवती बलात्कारमा संलग्न ९ मध्ये एक युवकले भने आत्महत्या गरिसकेका छन् । आठैजनालार्इ प्रहरीले अदालतबाट म्याद थपेर हिरासतमा राखी घटनाको जाँचबुझ गरिरहेको छ ।
मानसिक समस्या भएकी युवतीलार्इ बलात्कार गरेको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि डराएका ती युवाहरुले आत्महत्या गर्ने योजना समेत बनाएको अनुसन्धानबाट खुलेको छ ।

यसरी भयो घटना
पक्राउ अभियुक्तहरुले पुलिसलार्इ दिएको बयान अनुसार १ फेब्रुअरीको साँझ ५ बजेको समयमा ५ जना युवाले  गद्दी गाउँको खेडी मोडस्थित एक भट्टी पसलमा रक्सी पिइरहेका थिए ।
बलात्कारमा संलग्न भारती युवाहरु
त्यहीबेला उनीहरुले हिसार रोडमा पैदल हिँडिरहेकी नेपाली युवतीलार्इ देखेका थिए । रक्सी पिइरहेका पाँच जना भारतीय शिलु, सुनिल माडा, पवन र पदम सँगै रहेका नेपाली युवा सन्तोषलार्इ त्यहीँ छाडेर युवतीतर्फ बढेका थिए ।
रक्सीले मातेका उनीहरुले पहिले गाउँको मोडबाट कोठडेमा लगेका थिए । त्यसपछि उनीहरुले फोन गरेर मनबीर, सोमबीर, सरबर र घुचडुलार्इ समेत बोलाएका थिए । सबैजना भेला भएपछि उनीहरुले पुन रक्सी पिएका थिए । त्यसपछि ती युवतीलार्इ डेढ किलोमिटर परको सुनसान कोठमा लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
युवतीको इज्जत रातभर लुटेपछि उनीहरुले मध्यराति युवतीलार्इ सडकमा फ्याक्न जान खोजेपनि पोल खुल्ने डरले उनीहरुले हत्याको योजना बनाएको भारतीय प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले युवतीको इज्जत लुटेपछि युवतीलार्इ मार्ने योजना बनाएर नहरमा फ्याक्न लिएर गएका थिए । उनीहरुले युवतीलार्इ ढलमा हालेपछि पहिले इँटाले टाउकोमा हानेर युवतीलार्इ घाइते बनाए । त्यसपछि युवतीको शरिरमा ढुंगाले हानेका खुलेको छ । इँटाले लागेर ज्यान गुमाइसकेकी युवतीमाथि उनीहरुले ढुंगाले समेत किच्याएका थिए ।
भारतीय प्रहरीले घटनास्थलमा फोरेन्सिक प्रमाण जुटाउन स्पेशल टिम नै गठन गरेको छ । बिहीबार प्रहरीले पाँच घण्टासम्म आरोपीलार्इ घटनास्थलमा राखेर प्रमाण जुटाउने काम गरेको छ ।
एफएसएलका क्षेत्रीय सहायक निर्देशक डा. रविन्द्र  र पाल डा. सरोज दहियाले पुलिसको सहयोगमा आरोपीसँग सम्बन्धित प्रमाण घटनास्थलबाट बटुलेको थियो ।
अनुसन्धानका क्रमा युवतीको शिरमा हानेका इँटा, सिमेन्टको बोरा टुक्रा, कपडा जलाएपछिको खरानी र कम्बल फेला पारेको छ। युवतीको पोस्टमार्टममा संलग्न चिकित्सकले उनको यौनाङ्गको भित्रीभागमा समेत १६ सेमिको ढुंगा फेला पारेको जनाएका छन् ।
पोस्टमार्टमका क्रममा उनको यौनाङ्गमा सिमेन्टको बोराको टुक्रो, ब्लेड, र फलामको काँटी र कण्डमसमेत घुसाएको भेटिएको छ । 

0 Response to "नेपाली चेलीको इज्जत लुटी हत्या गर्ने आठ भारतीय पक्राउ ... बलात्कारमा संलग्न एकको आत्महत्या"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.