-->
दिल्ली कार्यक्रमलाई खम्बु राइट्स मुभमेन्टको समर्थन

दिल्ली कार्यक्रमलाई खम्बु राइट्स मुभमेन्टको समर्थन

डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 25 फरवरी। आखिल किरॉंती खम्बु राई सङ्घको आयोजनामा आगामी 28 फरवरीदेखि 1 मार्चसम्म दिल्लीमा जनजातिको मागमा प्रदर्शन हुने कार्यक्रमलाई खम्बु राइट्स मुभमेन्टले स्वागत जनाएको छ। मुभमेन्टले उक्त कार्यको निम्ति अखिल किराँती खम्बु राई संघलाई बधाई दिँदै जनजातिको मागमा खम्बुहरूको कार्यक्रमलाई सधैँ साथ दिने प्रेस बिज्ञप्ति जारी गरेर बताएको छ।
दिल्लीको उक्त कार्यक्रममा सङ्घले खम्बु जातिको संस्कार-संस्कृति भेषभुषा,आदिको प्रदर्शन गरेर सरकारलाई देखाउने भएको छ। सङ्घको ब्यानरमा सम्पन्न हुन गइरहेको यस कार्यक्रमलाई खम्बु राईट्‌स मुभमेन्टले समर्थन जनाउँदै दिल्लीमा हुन गइरहेको यस कार्यक्रम सम्पूर्ण खम्बुहरूको अधिकारको कार्यक्रम रहेको बताएको छ। मुभमेन्टका प्रवक्ता सन्दिप कुलुङद्वारा हस्ताक्षित एक प्रेस विज्ञप्ति जारी जारी गर्दै दिल्लीमुखी कार्यक्रम सरहानीय रहेको बताइएको छ। 
विज्ञप्तिमा भनिएको छ, खम्बु राईट्‌स मुभमेन्टले सॅंधै खम्बुहरूको हित र अधिकारको निम्ति दिल्लीमुखि कार्यक्रमलाई प्रमुखता दिने गरेको कारणले यस कार्यक्रमलाई पूर्ण समर्थन गर्दछ। आफ्नो जातिको निम्ति भारतभरिका खम्बुहरू एक हुने समय आएको छ। खम्बु राईको संस्थाहरू धेरै भएपनि आफ्नो अधिकारको निम्ति एक भएर आन्दोलित हुने समय आएकोले गर्दा सम्पूर्ण खम्बुहरू एक भएर आन्दोलित हुनुपर्ने खम्बु राईट्‌स मुभमेन्टको आह्वान छ। 
जातिको अधिकारको निम्ति संस्थादेखि केही माथि उठेर काम गर्नुपर्ने आह्वान गर्दै यसअघि खम्बु राईट्‌स मुभमेन्टले दिल्लीको जन्तरमन्तरमा धर्ना गरेर केन्द्रिय जनजाति मन्त्री लगायत सांसद तथा आरजीआईलाई पनि जनजातिको मागमा ज्ञापन पत्र पेश गरिसकेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

0 Response to "दिल्ली कार्यक्रमलाई खम्बु राइट्स मुभमेन्टको समर्थन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.