
पिउने पानी व्यवस्थापन कार्यमा घोटाला भएको खुलासा चार ठेकादार अनि अभियन्ता विरुद्ध प्राथमिकी दर्ता
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 25 फरवरी। नेऊरा खोलादेखि मन्सोङ सिन्कोना बगानसम्म पिउने पानीको व्यवस्थापन कार्यमा व्यापक घोटाला भएको सूचनाको अधिकार (आरटीआई)ले खुलासा गरेको छ। ‘नेऊरा खोला जल परियोजना एवं व्यवस्थापन विभाग, पीएचईले गरेको उक्त पिउने पानीको व्यवस्थापन कार्यलाई लिएर हिल तृणमूल काङ्ग्रेसले सूचनाको अधिकार मार्फत जानकारी मागेको थियो। सूचनाको अधिकार मार्फत विभागले दिएको जवाबले उक्त कार्यमा व्यापक घोटाला भएको खुलासा भएको छ।
यस सम्बन्धमा आज हिल तृणमूल काङ्ग्रेस,मन्सोङ शाखा संयोजक प्रेम प्रधान अनि हिल तृणमूल काङ्ग्रेस खण्ड दुईका सचिव भरत राईको नेतृत्वमा आएको एउटा प्रतिनिधी टोलीले कालेबुङ थानामा उक्त कार्य गर्ने पाँचजना ठेकेदार अनि एकजना बिभागीय अभियन्ता विरूद्ध प्राथमिकी दर्ता गरेको छ। यसका साथै उक्त बिषयमा प्रतिनिधी टोलीले कालेबुङ महकुमा अधिकारी, दार्जीलिङ जिल्ला पुलिस अधिक्षक अनि पश्चिम बङ्गालको भिजिलेन्स विभागलाई पनि पत्रचार गरेर जानकारी दिएको छ।
मन्सोङ सिन्कोना बगानको पाँचवटा विभागहरूमा वसोवास गर्ने मानिसहरूका निम्ति पिउने पानीको व्यवस्थापन गर्न जनस्वास्थ्य विभागले 2 करोड 90 लाख, 81 हजार रूपियाँको लागतमा उक्त कार्य आरम्भ गरेको थियो। पिउने पानीको समस्यालाई समाधान गर्न नेऊरा खोला देखि मन्सोङ सिन्कोना बगानसम्म हुने उक्त कार्यबारे अघि देखिनै क्षेत्रमा असन्तुष्टि देखा परेको थियो भने यसबारे जानकारी लिन आखिरमा हिल तृणमूल कङ्ग्रेसले सूचनाको अधिकार मार्फत जानकारी माग्दा घोटाला भएको खुलासा भएको हो।
पिउने पानी व्य्वस्थापनको उक्त कार्य 22 दिसम्बर 2008 देखि सुरू भएर 18 अप्रेल 2013 को दिन पूर्ण भएको सूचनाको अधिकारमा विभागले जानकारी दिए पनि उक्त कार्य भने पूर्ण नभएको हिल तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ। यसका साथै उक्त पिउने पानी व्य्वस्थापनको कार्य नेऊरा खोलाबाट नै मन्सोङसम्म ल्याउनुपर्ने भए पनि ठेकेदारहरूले भने नेऊरा खोलाको साटो क्षेत्रकै अन्य स्रोतहरूबाट पिउने पानी व्यवस्थापन गरेको हिल तृणमूलले दाबी गरेको छ। यसका साथै उक्त कार्य सूचनाको अधिकारले पूर्ण भएको जवाबमा लेखे पनि वास्तवमा जमिमी यथार्थ भने कार्य पूर्ण नभएको हिल तृणमूलले दाबी गरेको छ। यतिमात्र नभएर जति पनि कार्य भएको छ उक्त कार्य पनि गुणस्तरीय नभएको जसको कारण क्षेत्रका मानिसहरू अझै पनि पिउने पानीको संकटबाट मुक्त हुन नसकेको उनीहरूले दाबी गरेको छ।
विभागले क्षेत्रका मानिसहरूको पानीको संकटलाई ध्यानमा राखेर पानी सर्वराहको निम्ति कार्य गर्ने निर्देश जारी गरेर लकभग 3 करोड धनराशी अनुमोदन गरे पनि पानीको संकट भने अझै पनि जारी नै रहेको तृणमूल कङ्ग्रेसले दाबी गरेको छ। सोही कुरालाई मध्यनजर राखेर आखिरमा उनीहरूले सूचनाको अधिकार मार्फत जानकारी माग्दा उक्त कार्यमा घोटाला भएको उनीहरूले थाह पाए पछि आखिरमा पाँचजना ठेकेदार अनि एकजना तत्कालिन विभागीय अभियन्ताको नाउँमा प्राथमिकी दर्ता गरेको छ।
कालेबुङ थानामा आएका तृणमूल प्रतिनिधीहरूले उक्त कार्यमा व्यापक घोटाला भएको बताउँदै यस कार्यमा ठेकेदारहरू क्रमैले ध्रुव प्रधान, सोनाम तोप्गे भोटिया, तेञ्जिङ भोटिया, टाँसी भोटिया, छाम्पा भोटिया अनि तत्कालिन विभागीय अभियन्ताको नाउँमा प्राथमिकी दार्ता गरेको हिल तृणमूल कङ्ग्रेस खण्ड दुईका सचिव भरत राईले जानकारी गराए। ‘मन्सोङमा पिउने पानीको व्यवस्थापन कार्यको निम्ति ठेकेदारहरूले राम्रो कार्य गरेको छैन। यसका साथै उनीहरूले उक्त कार्य पूर्ण समेत गरेको छैन। यतिमात्र नभएर जति पनि कार्य भएको छ त्यस कार्य सबै गुणस्तरीय छैन। यसैकारण ठेकेदार अनि विभागीय अभियान्ता विरुद्ध प्राथमिकी दर्ता गरेका छौँ’ हिल तृणमूल कङ्ग्रेस कालेबुङ खण्ड दुईका सचिव भरत राईले भने। उक्त कार्य प्रति क्षेत्रका मानिसहरू सबै असन्तुष्ट रहेको दाबी गर्दै यस्ता ठेकादारहरू विरुद्ध कार्वाही हुन आवश्यक रहेको उनले अझ बताए।
यसैक्रममा उनले ठेकेदारहरूले पिउने पानी सर्वराहको निम्रि नेऊरा खोलाबाट ल्याउन पर्ने हुँदा हुँदै उनीहरूले मनमर्जी गरेर स्थानीय स्रोतहरूबाट नै पानी व्यवस्थापन कार्य गरेको पनी आरोप लगाए। यस विषयमा सम्पूर्ण गाउँलेहरूले असन्तुष्ट जाहेर गरेको अनि सूचनाको अधिकारले काम पूर्ण भएको जवाब दिएपछि काम पूर्ण नभई कसरी विभागमा काम पूर्ण भएको रिपोर्ट पुग्यो भनेर आफूहरूले कानुनी कार्वाहीको निम्ति पदक्षेप लिएको बताएका छन्।
यता उक्त घट्ना सम्बन्धमा ठेकादार ध्रुव प्रधानसँग टेलिफोनिक सम्पर्क गर्ने प्रयास गर्दा कुनै सम्पर्क हुन सकेन।
0 Response to "पिउने पानी व्यवस्थापन कार्यमा घोटाला भएको खुलासा चार ठेकादार अनि अभियन्ता विरुद्ध प्राथमिकी दर्ता"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.