-->
सहिद पार्क तोडिएको घट्नामा गोजयुमोद्वारा भर्त्सना

सहिद पार्क तोडिएको घट्नामा गोजयुमोद्वारा भर्त्सना

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 25 फरवरी। यहाँको सहिद पार्क तोडफोड गरिएको घटनालाई केन्द्र गरेर गोर्खा जनमुक्ति युवा मोर्चा भर्त्सना जनाएको छ। यहाँको पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन आयोजना गरेर युवा मोर्चा सचिव बिनय घिसिङले उक्त घटनाको भर्त्सना जनाएका हुन्। 
उनले शहीद पार्क तोडफोड एवं चोरीकाण्डका आरोपीहरूलाई पुलिस प्रशासनले यथाशीघ्र पक्राउ गर्नुपर्ने माग गरे। युवा मोर्चा महकुमा समितिका सचिव विनय घिसिङले भने, जुनप्रकारले अलग राज्य गोर्खाल्याण्डका शहीदहरूको नाममा बनाइएको शहीदस्थल तोडफोड गरिने काम भयो त्यो अत्यन्त निन्दनीय छ। उक्त घटनाको सही छानबीन गरेर पुलिस प्रशासनले यथाशीघ्र दोषीहरूलाई पक्राउ गर्नुपर्छ। यस्ता घटना दोहोरिन नदिन पुलिस प्रशासनले सक्रियता अप्नाउनुपर्छ। 
उनले अझ भने अनुसार युवा मोर्चा नेतृत्वहरूले घटनास्थलमा पुगेर घटनाको निरिक्षण गरेको छ। घटना अमानविय भएपनि सम्बन्धित विभागले शहीद पार्क स्थलको देखरेखको निम्ति उचित पहल गर्न आवश्यक छ। यसैले आगामी बिहिबारका दिन युवा मोर्चा नेतृत्वहरूले पर्यटन विभाग अधिनस्थ पार्क्स एण्ड गार्डनको शाखा कार्यालयमा गएर शहीद पार्कस्थलको संरक्षण, सम्बर्द्धन अनि सुरक्षका निम्ति अपील गर्ने घिसिङले बताए।

0 Response to "सहिद पार्क तोडिएको घट्नामा गोजयुमोद्वारा भर्त्सना"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.