-->
जेडीएको बैठक , भोटाङ अनि भारत माझ अर्को बाटो खोल्ने बिषयलाई लिएर निरक्षण

जेडीएको बैठक , भोटाङ अनि भारत माझ अर्को बाटो खोल्ने बिषयलाई लिएर निरक्षण

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 19 फरवरी । आज भारत भोटाङ सिमा संलग्न रहेको शहर जयगाँउ डेभलप्मेंट् अथोरोटीको सभा गृहमा जयगाँउ बिकास एंव उन्नतीको मार्गको निम्ति अलिपूरव्दारको जिल्ला शासक अनि जयगाँउ जेडीएको चेयरम्यान विल्सन चमप्रमारीको अगुवाइमा एउटा सभा बसयो । 
उक्त सभामा अलिपूरव्दार पुलिसको एडिसनल एसपि डेभिड् लेप्चा कालचिनि बिधायक विलसन चम्प्रमारी, जयगाँउ 2 ग्राम पंचायत प्रधान पासङ डिकि शेर्पा, लगायत एडिएम अलिपूरव्दार लगायत जयगाँउको मार्चेन्ट एसोसिएसनका प्रतिनिधि मण्डलको उपस्थिति थियो । 
यस सम्वन्धमा जयगाँउ जेडीएको चेयरमेनले दिएको जानकारी अनुसार जयगाँउको सुन्दरी करण,लगायत ट्राफिक अनि व्यापार् केन्द्रलाई आधुनिकीकरणको निम्ति बैठकमा चर्चा भएको बताए । उक्त बैठक बेलुकीको 4 बजेदेखी 5 बजे सम्म चल्यो । 
उक्त बैठक पछि अलिपूव्दारका जिल्ला शासक एलिज भेजले पत्रकारसंग कुराकानि गर्न इंकार गरे साथै जयगाँउको बजारदेखी भोटाङ जाने बाटो खोलिने सम्बन्धमा एउटा टोलिले भ्रमण गर्‍यो । ज्ञातब्य होस कि उक्त बाटो खोल्नको निम्ति भोटाङ सरकार इच्छुक छ तर उक्त बाटो खोलिदा स्थानिय मानिसहरुको क्षतिपूर्ति दिने बारे समस्या भएको छ। जयगाँउ जेडीएको सुत्रबाट थाहालागे अनुसार बाटोको दुईतिर 15 -15 फिट चौड़ा हुने पारीत भएको पनि थाहा लागेको छ । 
अर्कोतिर फुन्छोलिङ भोटाङको काउनसिलेट कार्यलयले आजसम्म उक्त बाटो खोल्नदेखी स्वीक्रृति दिएको छैन भने बंगाल सरकारले भने उक्त भोटाङ अनि भारतको बिच अझ अर्को मिनि रोड खोल्ने प्रयास गरिरहेको छ ।

0 Response to "जेडीएको बैठक , भोटाङ अनि भारत माझ अर्को बाटो खोल्ने बिषयलाई लिएर निरक्षण "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.