
नेपाली साहित्यमा ‘उपमा प्रकाशन’- को नयाँ कोशेली चार पुस्तको एकसाथ विमोचनमा साहित्यकारहरूको जमघट हुने
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 19 फरवरी। भारतीय नेपाली साहित्यको भण्डारमा सन् १९६१ मा पहिलो कथा सङ्ग्रह ‘विपना कतिपय’ प्रकाशित गर्ने डा. इन्द्रबहादुर राईको नयाँ समालोचना कृति प्रकाशित भएको छ। कालेबुङको ‘उपमा प्रकाशन’ले राईको यसवर्ष समालोचना कृति ‘सम्पूरक’ प्रकाशित गरेको छ भने उक्त पुस्तकको विमोचन आगमी २१ फरवरी शनिबारको दिन यहाँको वर्सिप सेन्टरमा बिमोचन हुने भएको छ। यसका साथै नेपाली साहित्यको क्षेत्रमा कथाकारका रूपमा परिचित सञ्जय विष्टको नयाँ कथा सङ्ग्रह ‘जुनजस्तै घाम’, कविका रूपमा परिचित सुधीर छेत्रीको कविता सङ्ग्रह ‘फेरि अर्को अनुष्टुप’ अनि गीतकारका रूपमा परिचित उत्तर बङ्ग विश्वविद्यालयका प्राध्यापक पुष्कर पराजुलीको गीत सङ्ग्रह ‘कहाँ पर्यो चौतारी’ पनि सोही कार्यक्रममा एकसाथ बिमोचन गरिने भएको छ। उक्त जानकारी उपमा प्रकाशनको पक्षमा सञ्जय विष्टले दिएका छन्। नेपाली साहित्यको क्षेत्रमा चर्चित रहेका क्रमैले डा. इन्द्रबहादुर राई, सञ्जय विष्ट, सुधीर छेत्री अनि पुष्कर पराजुलीको भिन्न भिन्नै बिधाका कृतिहरू एकसाथ हुने बिमोचन कार्यक्रममा बिभिन्न स्थानहरूबाट साहित्यकारहरूको जमघट हुने भएको छ। उक्त कार्यक्रममा भरतेली नेपाली साहित्यमा कविका रूपमा परिचित डा राजेन्द्र भण्डारी, सिक्किमका कवि कथाकार प्रविण राई ‘जुमेली’ अनि मङ्पूका कवि कथाकारका रूपमा परिचित उदय थुलुङले कविता वाचन अनि नेपाली समकालिन कविता माथी आफ्नो बिचार राख्नेभएका छन्। यसका साथै भारतेली नेपाली समालोचकका रूपमा परिचित जय ‘क्याक्टस’ले कार्यक्रममा समकालिन नेपाली साहित्य लेखनमा आफ्नो वार्ता प्रस्तुत गर्नेछन्।
नेपाली साहित्यको क्षेत्रमा दुईवटा साहित्यिक आन्दोलनहरू क्रमैले तेस्रो आयाम अनि लिला लेखन शुरू गरेर हलचल मच्चाउँने डा इन्द्रबहादुर राईले धेरैवर्ष यता आफ्ना कृति प्रकाशित गरेका थिएनन्। नेपाली साहित्यमा नयाँ लेखन भित्राउँने डा इन्द्रबहादुर राईको अहिलेसम्म विपना कतिपय (कथासँग्रह), आज रमिता छ (उपन्यास), कथास्था (कथासँग्रह), कठपुतलीको मन (निबन्धसँग्रह), सेतो ख्याकको बनोट र बुनोट (समालोचना), टिपेका टिप्पणीहरू (समालोचना सँग्रह), नेपाली उपन्यासका आधारहरू (समालोचना सँग्रह), सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना), साहित्यको अपहरण: मार्क्सवादी प्रतिवद्धता (समालोचना), दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी, पहाड र खोला (निबन्धसँग्रह), अर्थहरूको पछिल्तिर (समालोचना), पृष्ठ पृष्ठ (समालोचना), लेखहरू र झ्याल (निबन्धसँग्रह), लीला प्रस्तावना (समालोचना) आदि कृतिहरू प्रकाशित भइसकेका छन् भने उपमा प्रकाशनले पहिलोचोटी डा राईको ‘सम्पूरक’ समालोचना कृति प्रकाशित गरेको छ।
अर्कोतर्फ नेपाली साहित्यको क्षेत्रमा ‘सङ्क्रमण लेखन’ – को घोषणा गरेर नयाँ लेखन शुरू गर्ने कथाकार सञ्जय विष्ट भारतेली नेपाली साहित्यका कथाकारका रूपमा स्थापित नाउँ हुन्। उनको यसभन्दा अघि दुईवटा कथासङ्ग्रह क्रमैले ‘शब्दान्त’ अनि ‘अस्ताचलतिर’ प्रकाशित भइसकेको छ भने यसवर्ष ‘जुनजस्तै घाम’ नयाँ कथा सङ्ग्रहको रूपमा उपमा प्रकाशनले प्रकाशित गरेको छ। यता नेपाली साहित्यको क्षेत्रमा नयाँ लेखनको रूपमा ‘बिचलन’ आन्दोलन शुरू गर्ने कवि सुधीर छेत्रीले यसभन्दा अघि कविता सङ्ग्रहको रूपमा ‘शिल्पका पखेटाहरू’ प्रकाशित गरिसकेका छन् भने यसपल्ट उपमा प्रकाशनले कविता सङ्ग्रह ‘फेरि अर्को अनुष्टुप’ प्रकाशित गरेको छ। यसैक्रममा भारतेली नेपाली साहित्यमा अघिबाटै ‘गीत फुल्ने ठाउँ’ गीत सङ्ग्रह गरिसकेका पुष्कर पराजुलीको यसपल्ट उपमा प्रकाशनले ‘कहाँ पर्यो चौतारी’ गीत सङ्ग्रह प्रकाशित गरेको छ। उक्त चार विधाका मोठ चारवटा पुस्तकहरूको एकसाथ विमोचन हुने कार्यक्रममा सम्पूर्ण नेपाली साहित्यनुरागीहरूलाई उपस्थित भइदिने उपमा प्रकाशनका उमेश उपमाले अह्वान गरेका छन्।
0 Response to "नेपाली साहित्यमा ‘उपमा प्रकाशन’- को नयाँ कोशेली चार पुस्तको एकसाथ विमोचनमा साहित्यकारहरूको जमघट हुने "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.