-->
कालेबुङमा पुन: 8 वर्षिय नाबालिक यौन हिंसाको शिकार

कालेबुङमा पुन: 8 वर्षिय नाबालिक यौन हिंसाको शिकार

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 20 फरवरी। कालेबुङको बिभिन्न क्षेत्रहरूमा दिनो दिन यौन हिंसाको घटनाहरू बृद्धि भइरहेको छ। दिनोदिन बृद्धि भइरहेको यौन हिंसाका घट्नाहरूले नारी सुरक्षा माथि फेरि एकपल्ट प्रश्न चिन्ह खडा भएको छ। हप्तादिन अघिमात्र कालेबुङ महकुमाको गीतडाब्लिङ ग्राम पञ्चायत क्षेत्रमा एक 13 वर्षिय नाबालिकलाई दुष्कर्म गरेको घटना सेलाउन नपाई आज पुन: एक 8 वर्षिय नाबालिकलाई यौन दुराचार गरेको घटना प्रकाशमा आएको छ। 
घट्ना कालेबुङ महकुमा अन्तर्गत टाँसिडिङ ग्राम पञ्चायत क्षेत्रमा भएको हो। घट्नाको आरोपमा कालेबुङ पुलिसले सिञ्जी निवासी ओङडुप तामाङ (27) लाई पक्राऊ गरेको छ। जानकारी अनुसार बिहिबार राती पिडित नाबालिकको घरमा पालेको सुँगुरले बच्चा जन्माएपछि सुँगुरलाई स्याहर सुसार गर्न घरका आमा बाबा व्यस्त बनेका थिए। सोही समय आरोपी ओङडुप तामाङले 8 वर्षिय नाबालिकलाई दुष्कर्म गरेको आरोप लागेको छ। 
सुँगुरले बच्चा जन्माए पछि रातीको समयमा घरका परिवारपक्ष स्याहर सुसार गर्न व्यस्त बनिरहेको समयमा घरमा अचानक नारी चिच्चाउँदा उनका आमा बाबाहरू घरमा अत्तालिन्दै आएका थिए। सोही समय पिडित नाबालिकलाई सोधखोज खोज गर्दा आरोपी तामाङले दुष्कर्मको गरेको जानकारी गराए। 
यसै समय आरोपीलाई पक्राऊ गर्ने प्रयास गर्दा आरोपी घरको खिड्कीबाट भाग्न सफल बनेका थिए। प्राप्त जानकारी अनुसार आरोपी युवक उक्त परिवारपक्ष सँग अघिबाटै परिचित थिए। पेशाले चालक रहेका युवक सिञ्जी निवासी भए पनि पहिला गाडीमा हेण्डीबोय हिड्ने क्रममा सोही घरमा बसोवास गर्ने गरेका थिए। जसको कारण आरोपी युवकको सम्बन्ध उनीहरूसँग पारिवारिक बनेको थियो। अहिलेघरी चालक बनेका युवक समय समयमा उक्त घरमा जाने गरेका थिए। यसैक्रममा उनी बिहिबार बेलुका पनि उक्त उक्त घरमा पुगेका थिए। 
अघिबाटै परिचित अनि पारिवारिस सम्बन्ध भएको आरोपी ओङडुप तामाङ सदा झैँ घरमा आउँदा पिडित परिवार पक्षले उनलाई बास दिएको थियो। यसै समय राती घरमा सुँगुरले बच्चा जन्माउँदा पिडित नाबालिकका आमा बाबा सुँगुरलाई स्याहर्न व्यस्त बनेका थिए। सोही समय मौकाको फाइदा उठाउँदै आरोपी युवकले घरमा सुतीरहेकी 8 वर्षिय नाबालिकलाई आफ्नो हवसको शिकार बनाएको आरोप लागेको छ। 
अचानक राती नानी चिच्चाउँदा उनका आमाबाबाले नानीलाई सोधपुछ गर्दा आरोपी युवकले आफूलाई दुष्कर्म गरेको जानकारी गराएको हो। यसैसमय उनलाई पक्राऊ गर्ने प्रया गरेपनि उनी खिड्कीबाट भाग्न सफल भएका थिए। यद्यपी आरोपी युवकलाई गाउँलेहरूको सहयोगमा राती नै पक्राऊ गरेर कालेबुङ पुलिसलाई सुम्पिएको छ। 
यस सम्बन्धमा पिडित नाबालिकको परिवार पक्षले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ भने आरोपी युवक बिरूद्ध प्रोटेक्सन अफ् चाइल्ड प्रोटेक्सन एक्ट (पोक्सो) कानुन अन्तर्गत मुद्दा दर्ता गरेर आज यहाँको न्यायलयमा पेश गरियो। यता पिडित नाबालिकलाई यहाँको महकुमा अस्पतालमा स्वास्थ्य जाँचको निम्ति भर्ना गरिएको छ भने उनको स्वास्थ्य अहिलेघरी सामान्य रहेको थाह लागेको छ।

0 Response to "कालेबुङमा पुन: 8 वर्षिय नाबालिक यौन हिंसाको शिकार"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.