-->
कालेबुङमा इटालियन पर्यटकको होटलमा चोरी

कालेबुङमा इटालियन पर्यटकको होटलमा चोरी

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 12 जनवरी।कालेबुङको चर्चित हिमालयन होटलमा विदेशी पर्यटकको चोरी भएको घटनाले सनसनी छाएको छ। जानकारी अनुसार उक्त चोरी घटना 10 फरवरीको राती भएको हो। इटालियन पर्यटक जोडारो जिस्सापी आफ्ना साथीहरूसँग दार्जीलिङबाट घुम्दै कालेबुङ आएका थिए। दिउँसो साँढे बाह्रबजेतिर कालेबुङ आइपुगेपछि उनीहरू यहाँको हिमालयन होटलमा बसेका थिए। उनीहरू बेलुकी खाना खान हिमालयन होटल बाहिर निस्केका थिए भने सोही समय जोडारो जिस्सापीको होटलबाट ब्यागसँगै एकहजार इटालियन डलर, मोबाइल फोन, हवाइजहाजको टिकट, घडी हराएको छ। 
रातीको खाना खाएर राती सुत्नलाई उनीहरू हिमालयन होटलमा पुगेर आफ्नो कोठामा पुग्दा जोडारो जिस्सापीले कोठाबाट आफ्नो एउटा ब्यागहराएको थाह पाए। उक्त ब्याग हराएको थाह लाग्नसाथै यसबारे तत्काल होटलका म्यानेजरलाई सूचित गरिएको जानकारी प्राप्त भएको छ भने उक्त चोरी भएको सन्दर्भमा पिडीत जोडारो जिस्सापीले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेका छन्। 
पिडीत पर्यटकले होटमा चोरी भएको बिषयलाई लिएर कालेबुङ थानामा प्राथमिकी दर्ता गरेपछि यता पुलिसले जाँच कार्य सुरू गरेको छ। यद्यपी घट्ना सम्बन्धमा पुलिसले अहिलेसम्म कसैलाई पक्राऊ गरेको छैन। यता पिडीत पर्यटक कालेबुङबाट घुम्नको निम्ति गान्तोक प्रस्थान भएको होटलका म्यानेजर हर्क तामाङले जानकारी दिएका छन्। 
होटलमा चोरी भएको घट्नालाई कालेबुङमा पर्यटकहरूको होटलमा सुरक्षा व्यवस्थालाई लिएर प्रश्न चिन्ह खडा भएको छ। यसबारे होटलका म्यानेजरसँग जान्न चाहँदा हर्क तामाङले होटलमा चोरी भएको स्वीकार गर्दै जाँच कार्यका निम्ति पुलिसलाई भरपुर सहयोग गर्ने आश्वासन दिएका छन्। अहिलेसम्म होटलमा यस्ता चोरीका घटना नभएको बताउँदै उक्त चोरीको घट्नाले आफूहरू पनि चिन्तित बनेको बाताए।

0 Response to "कालेबुङमा इटालियन पर्यटकको होटलमा चोरी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.