-->
एउटै स्वरमा जनजातिको मुद्दाले पार पाउँला ? पहाडका राजनैतिक दलहरूले विश्वास गरेन गोजमुमोलाई

एउटै स्वरमा जनजातिको मुद्दाले पार पाउँला ? पहाडका राजनैतिक दलहरूले विश्वास गरेन गोजमुमोलाई

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 12 जनवरी। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख बिमल गुरूङले भारतभरी छरिएका गोर्खाहरूलाई जनजातिको मान्यता दिलाउँन सिक्किम सरकारसँग मिलेर कार्य गर्ने इच्छा जाहेर गर्दै आगमी दिनमा सिक्किम सरकारसँग बसेर कुराकारी गर्ने बताएपछि अन्य राजनैतिक दलहरूले बिभिन्न प्रकारको टिप्पणी गरेका छन्।
जनजातिको मान्यता प्राप्त गर्न सिक्किम अनि जीटीए एकबद्ध बनेर काम गर्न सके लक्ष्य सजिलै प्राप्त हुनसक्ने तिनले बिचार व्यक्त गरेका थिए। उक्त बयान पछि आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ ब्राञ्च कमिटिका संयोजक मौरिस कालिकोटेसित प्रतिक्रिय लिन चाहँदा गोरामुमो पार्टीले अघि देखिनै जनजातिकै माग गरेर छैटौँ अनुसूचीको मागलाई अघि बडाएको बताएका छन्। ‘जनजातिको माग गोरामुमो पार्टीको सुरूआती माग हो। सन् 1931 सालमा ब्रिटिस सरकारले हिल ट्राइबको मान्यता दिइसकेको छ। यसलाई गोरामुमोले अघिदेखि नै भन्दै आएको हो। गोरामुमो पार्टीले यस मागलाई अघि बडाइरहनेछ’ – मौरिस कालिकोटेले भने। यसैक्रममा गोर्खा जनमुक्ति मोर्चाले पनि जनजातिको माग गरिरहेको सन्दर्भमा प्रश्न गर्दा तिनले यसलाई ‘राम्रै हो’ भने।
‘गोरामुमो सुरूदेखि उठाएको माग हो। आज आएर उनीहरूले बल्ल बुझेछन्। उनीहरूले बुझेर माग अघि बडाए सबैको हित नै हुनेछ। हामी स्वागत नै गर्छौँ’ कालिकोटेले स्पष्ट भने। यता सम्पूर्ण गोर्खा जातिलाई जनजातिको बनाउँनुपर्छ भन्ने मागकै सन्दर्भमा भारतीय गोर्खा परिसंघका पूर्व सचिव एवं कालेबुङका अधिवक्ता प्रभाकर देवानसँग जान्न चाहँदा तिनले ‘यो राजनैतिक मुद्दा हो अनि राजनैतिक इच्छाशक्ति भए हुनेछ’ भने।
भारतमा संविधान निर्माण हुँदा पछौटेवर्गलाई अघि बडाउँन जनजातिको मान्यता 10 वर्षको निम्ति दिने गरेको बताउँदै पछिबाट सरकारले राजनैतिक फाइदाको निम्ति जनजातिको मान्यतालाई प्रयोग गर्ने गरेको दाबी गरे। यता दार्जीलिङ पहाडबाट उठीरहेको सम्पूर्ण गोर्खा जातिलाई नै जनजातिको मान्यता दिनुपर्छ भन्ने मागलाई यदि राजनैतिक फाइदाको निम्ति केन्द्रले प्रयोग गर्न चाहे हुनसक्ने बताए। यसलाई किटान गर्न नसकिने बताउँदै दिने सरकारले राजनैतिक उदेश्य प्राप्तिको निम्ति इच्छा शक्ति जाहेर गरे सम्भव हुने बताए।
यसैक्रममा जीटीए प्रमुख गुरूङले सिक्किम सरकारसँग मिलेर कार्य गर्ने दिएको बयानमा प्रतिक्रिया लिन चाहँदा तिनले “कुनै पनि काम मिलेर गर्नु राम्रो हो। पाउनु नपाउनु अर्को कुरा हो। अनि दिने सरकारको राजनैतिक इच्छाशक्ति भए हुने कुरा पनि हो। तर गर्नेहरू इमान्दार हुनपर्योा’ भने।
अर्कोतिर यता क्रामाकपा पार्टीले गोर्खा जाति निश्चित रूपले जनजाति हुन् भन्ने दाबी गर्दै कुनै पनि कार्यको निम्ति मिलेर कार्य गर्नु स्वागत योग्यको हो भने। क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौड्यालसँग प्रतिक्रिया लिन चाहँदा यसलाई स्वागत योग्यको हुँदा हुँदै पनि मोर्चाले बारम्बार जनतालाई ढाँट्दै आएको कारण यसलाई साह्रै विश्वास गर्न नमिल्ने बताए।
‘सिक्किम सरकार अनि सबैसँग मिलेर कार्य गर्नु राम्रो कार्य हो। तर जब जब चुनाव आउँछ मोर्चाले राजनैतिक स्टण्ट गर्ने गरेको छ। यसकारण यस घोषणालाई साह्रै विश्वास गर्नु ठिक हुँदैन। यद्यपी मिलेर कार्य गर्दा सफल प्राप्त हुन्छ भने त्यस कार्य सबैको निम्ति उचित हुनेछ’ मोहन पौड्यालले भने।

Related Posts

0 Response to "एउटै स्वरमा जनजातिको मुद्दाले पार पाउँला ? पहाडका राजनैतिक दलहरूले विश्वास गरेन गोजमुमोलाई"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.