-->
प्रतिबन्धित गुटखा जलाइयो

प्रतिबन्धित गुटखा जलाइयो

डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 3 जनवरी 2015। शहरलाई गुटखा मुक्त बनाउँन गोर्खा जनमुक्ति युवा मोर्चा अनि जनजागृति मञ्चले आज शहरका दोकानहरूमा प्रतिबन्धित गुटखाहरू छापा मारेर जलाएको छ। नयाँ वर्षको आगमन संगै शहरमा अवैद्य रूपले व्यापार चलिरहेको प्रतिबन्धित गुटखाहरू आज बिहान एकाएक युवा मोर्चा अनि जनजागृति मञ्चका कार्यकर्ताहरूले दोकानहरूमा छापा मार्दा एकाधिक फेला परेको थियो।
यहाँको थाना डाँडा, मेनरोड, डम्बर चौक आदि स्थानहरूमा अवस्थित दोकानहरूमा धेरै दिनदेखि प्रतिबन्धित गुटखाको बेचबिखन चलिरहेको थाह पाए पछि आज छापामारी अभियान चलाएको थियो। यस अवधी केही दोकानहरूबाट प्रतिबन्धित गुटखा फेला परेपछि उक्त गुटखालाई यहाँको डम्बर चौकमा नै जलाउने कार्य गरियो।
यस समबन्धमा बोल्दै प्रणय गुरूङले गुटखालाई शहरमा प्रतिबन्ध गरेको जानकारी गराउँदै उक्त प्रतिबन्धित गुटखाहरूको केहि समय यता पुन: अवैद्य व्यापार चलिरहेको कारण आज छापामारी अभियान चलाएको बताए। यस्ता गुटखाहरूले मानिसहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको कारण युवाहरू लगायत समाजलाई नै नशामुक्त बनाउँन यस्ता कार्य गरेको थप तिनले बताए।

0 Response to "प्रतिबन्धित गुटखा जलाइयो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.