-->
सांसद एसएस आह्लुवालिया एंव असमका अन्य दुई सांसदद्वारा असमका पिड़ीतहरुसंग भेट्

सांसद एसएस आह्लुवालिया एंव असमका अन्य दुई सांसदद्वारा असमका पिड़ीतहरुसंग भेट्

राजेश शर्मा, कालिमन्युज, जयगांव 3 जनवरी 2015। गत हप्ताह् असममा भएको बर्बर ह्त्याका पिडीत परिवारका सदस्यहरू तथा अन्य पिडीतहरु आफ्नो ज्यान बचाएर अलीपुरद्वार जिल्लाको कुमारग्रामको सीमावर्ती चेंगमारी स्थित तिन राहत शिविरमा आश्रय लिएकाहरुको सहायतार्थ विभिन्न स्वयंसेवी संगठनहरुले हाथ बढ़ाएका छन।
केही दिन अघि मात्र पश्चिम बंगाल राज्यका मुख्यमंत्री ममता ब्यानर्जीले शरणार्थी शिविरको भ्रमण गरेपछि आज भारतीय जनता पार्टीको दार्जीलिंगका सांसद एसएस आह्लुवालियाले पनि शरणार्थीहरुसंग भेट गरेर उनुहरुको जायजा लिए। सांसद आह्लुवालियासंग असमका दुई अन्य सांसद तथा भाजपाका पश्चिम बंगाल राज्य महासचिव डाक्टर् विश्व प्रिय चौधरी, अलिपूरव्दार भाजपा उपाध्यक्ष गंगा प्रसाद शर्मा, कृपा शंकर जयसवाल, एंव आदिवासी नेता जोन बारला, सन्दीप एक्का, बिरेन्द्र बाराले पनि शरणार्थीहरुसंग भेट गरेर उनिहरुको समस्या बारे जानकारी लिए।
उक्त क्षेत्रका तमाम पीड़ितहरुको मददको निम्ति पठाइएको सामग्री पुगे नपुगेको र राहत शिविरको अवस्था र प्रबन्धबारे जानकारी लिए। सांसद आह्लुवालियाले बताए कि सेनाबाट प्याकेज प्राप्त गर्नु भन्दा घर फर्केर जान उनीहरु इच्छुक रहेको भेट्बाट जानकारी प्राप्त भएको छ।
अमिन मुर्मु एंव सुनिल सलमले बताए कि एनडिएफबि(एस) संगठन एक भयानक संगठन हो जसले आम नागरीकका पशु लगायत अन्न खोसेर लान्छन । असम सरकार एंव केन्द्र सरकारले कड़ा कदम उठाएर आतंकबादी संगठनहरुको सफाया गर्नु पर्नेछ। यस सम्वन्ध मा आदिवासी नेता जोन बार्लाले बताए कि आदीवासीहरुको सुरक्षा दिदै राज्य सरकार एंव केन्द्र सरकारले कठोर कदम उठाएर उचित सजाय दिन पर्नेछ।

Related Posts

0 Response to "सांसद एसएस आह्लुवालिया एंव असमका अन्य दुई सांसदद्वारा असमका पिड़ीतहरुसंग भेट् "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.