
कालेबुङमा शहरमा ‘स्वच्छ भारत अभियान’ सुरू सभासद अनि नगरपार्षदहरूले लगाए शहरमा झाडु
![]() |
साभार र कृतज्ञता फोटो : ज़ायन लेप्चा |
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 28 अक्टोबर 2014। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धी जयन्तिको दिन घोषणा गरेको ‘स्वच्छ भारत अभियान’लाई साकार पार्न आजदेखि जीटीए क्षेत्रमा पनि सफाई अभियान सुरू भएको छ।
सिस्टर निवेदिताको 147 औँ जन्मदिवसको अवसरमा सुरू गरिएको उक्त सफाई अभियान आज कालेबुङ शहरको मुटु मानिने डम्बर चौकबाट सञ्चालन भयो । कालेबुङ नगरपालिकाको अगुवाईमा आजदेखि सुरू भएको सफाई अभियानमा नगरपालिका अध्यक्षा श्रीमती गंगामाया गुरूङ, जीटीए उप प्रमुख कर्णल रमेश आले, सभासदहरू क्रमैले डा आर.बी भुजेल, गोपाल रूचाल, निमा तामाङ, सामुएल गुरूङ लगायत नगरपालिका पार्षदहरूले हातमा झाडु बोकेर शहरको सफाई अभियान सुरू गरे।
उक्त सफाई अभियानमा क्रामाकपा पार्टीका उपाध्यक्ष जे.बी राई, कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौड्याल, सुधन प्रधान पनि सरिक बनेर स्वच्छ भारत अभियानलाई सफाल पार्न सफाई अभियानमा ओर्लिएका थिए। यसका साथै गोजमुमो पार्टीका नेतृत्ववर्ग पनि सफाई अभियानमा सडकमा उत्रिएका थिए।
भारतका राष्ट्रपिता महात्मा गान्धीले स्वच्छ भारतको सपना देखेको बताउँदै उनै राष्ट्रपिताको सपनालाई साकार पार्न प्रधानमन्त्री नरेन्द्र मोदीले ‘स्वच्छ भारत अभियान’को घोषणा गरेका थिए। सोही अनुरूप आजदेखि सुरू गरिएको स्वच्छ भारत अभियानमा बिभिन्न संघ संस्था, बिभिन्न बिद्यालयका बिद्यार्थीवर्गको पनि सहभागिता रहेको थियो।
![]() |
साभार र कृतज्ञता फोटो : ज़ायन लेप्चा |
यसक्रममा यहाँको डम्बर चौक, सहिद दलबहादुर गिरी पथ, आर.सी मिन्त्रि रोड आदि स्थानहरूमा जथाभावी रहेका मैला कुचेलाहरू बटुलेर सफा गर्ने कार्य भएको थियो।
अर्कोतिर स्वच्छ भारत अभियानलाई अघि बडाउँने क्रममा कालेबुङ महकुमा अस्पतालमा पनि सफाई अभियान सम्पन्न भएको थियो। महकुमा अस्पतालका स्वास्थ्य अधिकारी डा सोनाम भोटियाको नेतृत्वमा रहेको टोलीले कालेबुङ महकुमा अस्पताल वरिपरीका सम्पूर्ण मैलाहरू सफाई गरिएको थियो। यस अवसरमा अस्पतालका सफाई कर्मीहरू लगायत स्वास्थ्य अधिकारीवर्ग, नर्स लगायत अन्य कर्मचारीवर्ग पनि सफाई अभियानमा जुटेका थिए। सोही क्रममा नर्सिङ ट्रेनिङका प्रशिक्षणार्थीवर्ग लगायत प्रशिक्षकहरूले पनि सफाई अभियानमा भाग लिएका थिए।
यता स्वच्छ भारत अभियानलाई अघि बडाउँदै सन्त फिलोमिना बिद्यालयका शिक्षक शिक्षिकावर्ग लगायत बिद्यार्थीवर्गले पनि सफाई अभियान गरेका थिए। उनीहरूले बिद्यालयका वरिपरी रहेको सम्पूर्ण मैलाहरूलाई आज सफाई गर्ने कार्य गरे। यसक्रममा बिद्यालयकी प्राचार्य सिस्टर क्रिशान्ता राईले जानकारी गराएकी छन्। ‘भारतका प्रधानमन्त्रीले देशलाई स्वच्छ पार्न ‘स्वच्छ भारत अभियान’को घोषणा गरेपछि हामीले पनि देशलाई सफा पार्न अनि राष्ट्रपिता महात्मा गान्धीको सपना साकार पार्न सफाई अभियान सुरू गरेका हौँ’ सिस्टरले भने।
आज गोक्षेप्रको निर्देशमा प्राय सबै बिद्यालयका शिक्षक शिक्षिकावर्ग लगायत बिद्यार्थीवर्गले पनि आअफ्ना विध्यालय परिसरमा सफाई अभियान आयोजन गरे ।
0 Response to "कालेबुङमा शहरमा ‘स्वच्छ भारत अभियान’ सुरू सभासद अनि नगरपार्षदहरूले लगाए शहरमा झाडु"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.