-->
कृषी बिज्ञान केन्द्रमा नियुक्ति प्रक्रियालाई लिएर बिरोध

कृषी बिज्ञान केन्द्रमा नियुक्ति प्रक्रियालाई लिएर बिरोध

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 8 सितम्बर। 2014 ईण्डियन काउन्सिल अफ् एग्रिकल्चर रिसर्च (आईसीआर)को नियम अनुसार स्थानीय कृषी बिज्ञान केन्द्रमा बैज्ञानिकहरू नियुक्ति गरिन्दा स्थानीय भाषाको ज्ञान भएका बैज्ञानिकहरूलाई प्राथमिकता दिनुपर्ने स्पष्ट लेखिए पनि कालेबुङको कृषी बिज्ञान केन्द्रमा भने नेपाली भाषी योग्य व्यक्तिलाई नियुक्ति नदिएको आरोप रहेको छ। जसको कारण सचेत युवा मञ्चले आज यहाँको डम्बर चौकमा पोष्टर टाँसेर उक्त नियुक्ति प्रक्रियाको बिरोध जनाएको छ। 
केभीकेमा स्थानीय भाषाको एउटै ज्ञान नभएका बैज्ञानिकहरूलाई नियुक्ति गरिएको सन्दर्भमा पोष्टरमा बिरोध जनाएको हो। आईसीआरको नियमलाई पालन नगरी स्थानीय भाषा नजान्ने बैज्ञानिकहरूलाई नियुक्ति गरिएको सचेत युवा मञ्चले पोष्टरमा आरोप लगाएको छ। 
“कृषि विज्ञान केन्द्रका निम्ति पहाडका योग्य मानिसहरू हुँदाहुँदै पनि स्थानीय भाषा नजान्ने व्यक्तिलाई किन नयुक्ति गरियो?”- पोष्टरमार्फत प्रश्न गरिएको छ। समतलमा बङ्गला भाषा लेख्न, पढ्न अनि बोल्न अनिवार्य गराइएको भएपनि दार्जीलिङ पहाडमा भने नेपाली भाषा जान्न अनिवार्य नठानेको घटनालाई पोष्टरमार्फत सरकारी अतिक्रमण बताइएको छ। स्थानीय भाषामा ज्ञान नभएकाहरूलाई नियुक्त गरिँदा कृषकहरूलाई प्रशिक्षण प्रदान गर्न असुबिधा हुने मञ्चले पोष्टरमा दाबी गरेको छ। 
कुनै पनि बिषयमा प्रशिक्षण दिँदा स्थानीय भाषामा प्रशिक्षण प्रदान गरे प्रशिक्षणार्थीहरूले राम्रो जानकारी लिन सक्ने भए पनि कीबीकेमा भने स्थानीय भाषा नजान्ने व्यक्तिले कसरी प्रशिक्षण दिन सक्छन् भन्ने कुराहरू पनि उठान गरिएको छ। 
कृषकवर्गलाई स्थानीय भाषामा प्रशिक्षण दिए प्रशिक्षणार्थीहरू लाभान्वित बन्न सक्ने कुरालाई मध्यनजर राखेर नै आईसीआरले पनि नियुक्ति गरिन्दा स्थानीय भाषा जान्नेलाई प्राथमिकता दिनुपर्ने नियम बनाएको हो। तर उक्त नियमको कुनै पर्वाह नगरी यसरी स्थानीय भाषा नजान्ने बैज्ञानिकहरूलाई नियुक्त गरिएको कारण बिरोधको लहर देखिएको हो।

0 Response to "कृषी बिज्ञान केन्द्रमा नियुक्ति प्रक्रियालाई लिएर बिरोध"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.