-->
डा घनश्याम नेपालको ‘विधा विविधा’को बिमोचन

डा घनश्याम नेपालको ‘विधा विविधा’को बिमोचन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 1 जुलाई 2014। कालेबुङ्को उपमा प्रकाशनले प्रकाशित गरेको डा घनश्याम नेपालको पुस्तक ‘विधा विविधा’को आज बिमोचन भयो।
नेपाली साहित्यिक फाँट चारवटा समालोचनात्मक् कृतिहरु प्रकाशित गरिसकेका डा नेपालको उक्त पाँचौ समालोचनात्मक कृती हो। यद्यपी तिनले उक्त पुस्तकलाई समालोचना नभनेर ‘लेखादि सङ्ग्रह’ भनेका छन। यहाँको एउटा होटलमा आयोजित सामान्य कार्यक्रममा कवि सुधिर छेत्री, कथाकार सञ्जय बिष्ट, डा कविता लामा अनि प्रकाशक उमेश उपमाको बाहुलीबाट उक्त पुस्तकको बिमोचन गरिएको हो।
यस अवसरमा बोल्दै कवि सुधिर छेत्रीले उक्त कृति ‘एउटा उत्कृष्ट समालोचना-सङ्कलन हो’ भने। नेपाली साहित्यको क्षेत्रमा परिचित नाउँ डा नेपालको उक्त पुस्तकले नेपाली साहित्यको भण्डारमा एउटा उत्क़ृष्ट कृति थपिएको बताउँदै यसबाट पाठकहरुलाई धेरै लाभ पुग्ने बताएका छन।
यसैक्रममा कथाकार सञ्जय बिष्टले ‘विधा विविधा’ पाज्ञिक पाठकहरुका निम्ति खुबै उपयोगि हुने बताउँदै शोधार्थी, विश्वविद्यालय अनि महाविद्यालयहरुमा अध्ययनरत बिद्यार्थीवर्गका निम्ति सन्दर्भ ग्रन्थको रुपमा उपयोगी हुने बताएका छन।
मोठ 22 वटा लेखहरु रहेको उक्त पुस्तकमा डा नेपालले पाश्चात्य् साहित्य सिद्धान्त अनि उक्त सिद्धान्तहरुका आधारमा पाठको अध्ययन गरेका छन। नेपाली साहित्यको क्षेत्रमा उत्कृष्ट पुस्तक प्रकाशन गर्न पाउँनु उपमा प्रकाशनको निम्ति सौभाग्य रहेको बताउँदै आगामी दिनहरुमा डा ईन्द्रबहादुर राईको पुस्तक पनि उपमा प्रकाशनले प्रकाशित गर्ने उमेश उपमाले जानकारी गराए।

0 Response to "डा घनश्याम नेपालको ‘विधा विविधा’को बिमोचन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.