-->
आर्मी स्पेसल रेलको धक्काले दुईवटा हात्तीको मृत्यु... 2 Elephants crushed to death by train

आर्मी स्पेसल रेलको धक्काले दुईवटा हात्तीको मृत्यु... 2 Elephants crushed to death by train

राजेस शर्मा, कालिमन्युज, जयगाँउ 1 जुलाई 2014। हिजो राती सिलगड़ीदेखी डिबरुगड गईरहेको दिल्ली डिबरुगड़ स्पेसल आर्मी रेलव्दारा दुईवटा हात्तीलाई किचाएर मार्नाले आज सिलगड़ी अनि अलिपूरव्दार माझ चल्ने दैनिक रेल सेवा बन्द भयो । 
हेमिल्टन गंज रेलवे स्टेसनको नगिजमा रहेको मधु चिया बगानमा हिजो राती सिलगड़ीदेखी डिबरुगड़तिर गैरहेको उक्त रेलले राती 2 बजेतिर 2 वटा हात्तीलाई किच्च्याएपछि रेल सेवा ठप्प भएपछि अलिपूरव्दार अनि सिलगड़ी माझका यात्रीगण बिपदमा परे । 
उक्त घटनालाई लिएर स्थानिय जनता भने धेरै चिन्तित छन् । घरी घरी यसरी रेलव्दारा बन्य जन्तुको मृत्यु भए यस क्षेत्रमा वन्य प्राणीको संख्या शुन्य हुनेछ । अलिपूरव्दारदेखी सिलगड़ीसम्मको दुरी 186 किलो मिटर छ भने यस बीचमा 86 किलोमिटरको क्षेत्रमा जंगल रहेको छ । 
2013को नोभेम्बर् महिनामा मालबजारको चप्रामारी जंगलमा अलिपूरव्दार अनि कलकत्ता(सियालदह्) दैनिक कंचनकन्या रेलव्दारा पनि 7 वटा हात्ती मारेको थियो भने फेरी हिजो 2 वटा हात्तीको रेलको धक्काले मृत्युले रेल बिभाग एउटा थप संकटको चपेटमा परेको छ । 
बन बिभागले दिएको जानकारी अनुसार यस घटनालाई लिएर स्थानिय पंचायत समिति सदस्य सत्यन मण्डलले बताए कि बिगत एक् हप्ता अघिदेखी लगभग 50 वटा दल बाधेर हात्तीको एक हुल स्थानिय क्षेत्रमा हिडडुल गरीरहेको जानकारि बन बिभागलाई अवगत गराएको थियो भने यस सम्बन्धमा वन बिभागले ठीक समयमा कदम नउठाएको कारण यो घटना घटेको हो यदि बन बिभागले कदम उठाएको भयए यो घटनालाई टार्न सकिने थियो। 
बन बिभागले उक्त रेलका चालक अनुराभ सेखर,सह पाइलट जोगेन्द्र शर्मा, गार्ड् आर चेटर्जी अनि रेल क्रसिङका कर्मीको नाममा प्राथमिकि दर्ता गरेको छ । तर एउटा रेल सुत्रवाट जानकारी भए अनुसार यी चारजनालाई कार्यबाट सस्पेंंड गरिने सम्भावना छ भने अलिपूरव्दारको एडिआरएमले यो खबरलाई सत्य होइन भनि बताएका छन । तिनले भने हात्ती मर्नु एउटा दुखको खबर हो । 
आज यस मार्गका एक्सप्रेस रेलहरु फालाकटा रुटदेखी चलाइयो तर इन्टरसिटि एंव प्यासेन्जर रेल भने रेलबिभागले रद्ध गरयो जसको कारण दैनिक यात्रुहरुले धेरै समस्या झेल्नु परिरहेको छ।

Related Posts

0 Response to "आर्मी स्पेसल रेलको धक्काले दुईवटा हात्तीको मृत्यु... 2 Elephants crushed to death by train"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.