-->
14औँ अवतारी समर रिम्पोर्छेको पार्थिव शरिर कालेबुङमा

14औँ अवतारी समर रिम्पोर्छेको पार्थिव शरिर कालेबुङमा

डी के वाइबा ,कालिमन्युज, कालेबुङ 1 जुलाई 2014। 14औँ अवतारी समर रिम्पोर्छेको पार्थिव शरिर आज कालेबुङ ल्याईपुर्‍याएको छ। गत 11 जूनको दिन जर्मनीमा असमायिक निधन भएका रिम्पोर्छेको पार्थिव शरिर आज अपरान्ह पाँच बजे ल्याईपुर्‍याएको हो। 
बिभिन्न देशभरी रहेका तिनका अनुयायीहरुलाई अन्तिम दर्शन गराउँदै आज कालेबुङ अनि संलग्न क्षेत्रका अनुयायीहरुलाई दर्शनको निम्ति पार्थिव शरिर ल्याएको हो। दिल्लीबाट बागडोगरा हवाई अड्डाहुँदै सडक मार्ग भएर धर्मगुरु समर रिपोर्छेको पार्थिव शरिर कालेबुङ ल्याउँने क्रममा बिभिन्न स्थानहरुबा तिनका अनुयायीहरु दर्शनका निम्ति सडक किनारामा भेला भएका थिए। तिनको शरिरलाई दर्शनका निम्ति आगामी 14 जुलाईको दिनसम्म यहाँको 11 माईल स्थित दिवाकर बिहारमा राखिने भएको छ। समर रिम्पोर्छेको पार्थिव शरिर लिएर बिशेष रुपले 17 कर्मपा थिन्ले थाई दोर्जी पनि कालेबुङ आईपुगेका छन।
बौध धर्मका चारवटा सम्प्रदायहरु मध्ये ‘काग्यु सम्प्रदायका’ दोस्रो महान धर्मगुरु मानिने समर रिपोर्छेको असमायिक निधनले तिनका अनुयायीहरु आहत भएका थिए भने अहिलेघरी यहाँको दिवाकर बिहारमा दैनिक पूर्जा अर्चना चलिरहेको छ। यसैक्रममा तिनका अनुयायीहरुलाई अन्तिम दर्शनको निम्ति आखिरमा कालेबुङ ल्याईपुर्‍याएको हो। आगामी 14 जुलाईको दिनसम्म बिभिन्न पूजा पाठ गरेर पार्थिव शरिर यहाँक़ो दिवाकर बिहारमा राखे पछि 14 जुलाईकै दिन काठमाण्डौ नेपाल लगिने भएको छ।
बौध धर्म अनुसार महापरिनिर्वाण प्राप्त गरेका 14 औतारी समर रिम्पोर्छेले सातौ शताब्दि भन्दा धेर समय देखी अवतार ग्रहण गर्दै आईरहेका छन। तिनले सर्वप्रथम 1289मा पहिलो अवतार ग्रहण गरेका थिए भने अहिले तिनको अवतार 14औँ पुगेको छ। ‘काग्यु सम्प्रदाय’का पहिलो महान धर्मगुरु कर्मापालाई मानिने गरिन्छ भने तिनी पछि दोस्रो धर्म गुरु समर रिम्पोर्छे हुन। तिनको जन्म सन् 1952मा तिब्बतमा भएको थियो भने चारवर्षको उमेरमा 16 औँ कर्मपाले तिनी 14औँ अवतारी समर रिम्पोर्छे हुन भनि चिन्हित गरेका थिए।
स्मरण रहोस 14औँ अवतारी समर रिम्पोर्छेको सम्बन्ध कालेबुङसंग पनि पुरानो रहेको छ। तिनी सर्वप्रथम कालेबुङ 1972मा आएका थिए भने यहाँको 11 माईलमा "बाजु रत्न कोठी" तिनको नाउँमा रहेको छ। हाल उक्त कोठीमा लामाहरु बसोवास गर्दै आईरहेका छन भने तिनले कलेबुङमा सन् 1974मा "श्री दिवाकर ईन्सटिट्युट" स्थापना गरेर बौध शिक्षा प्रदान गर्दै आईरहेका थिए। हाल उक्त "श्री दिवाकर ईन्सटिट्युट"मा मोठ 110 जना छात्रहरु अध्ययनरत रहेका छन भने तिनको असमायिक निधनको सम्पूर्ण बिद्यार्थीवर्ग दुखीभएका छन।

कालेबुङलाई माय गर्ने समर रिपोर्छे अन्तिमचोटी अक्टोबर 2013मा कालेबुङ आएको जानकारी प्राप्त भएको छ। यता तिनका निजी सचिव मानिने सेराप भोटीयाले श्री दिवाकर विहारमा ‘महापरिनिर्वाण’ प्राप्त गरेर समर रिम्पोर्छेको अन्तिम दर्शनका निम्ति अनुयायीहरुलाई आगामी 14 जुलाईको दिनसम्म उपस्थित बन्न सकने जानकारी दिएका छन।

0 Response to "14औँ अवतारी समर रिम्पोर्छेको पार्थिव शरिर कालेबुङमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.