-->
गोजमुमो नेतृत्वहरु अल्मलिनु हुँदैन – पी अर्जुन

गोजमुमो नेतृत्वहरु अल्मलिनु हुँदैन – पी अर्जुन

डी के वाइबा, कालिमन्युज,कालेबुङ 22 मई। “गोर्खाल्याण्ड बङ्गाल बिभाजनको मुद्दा होईन। यहाँ बङ्गालको कहिल्यै नरहेको भू भागहरु फर्काएर छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नुपर्छ भनेका हौँ। यसको निम्ति कुनै संवैधानिक अडचन छैन। यस्तो अवस्थामा सरकारले चाहे छ महिना होईन एक महिनामा गोर्खाल्याण्डको बिधेयक संसदमा पेश गर्न सक्छन” उक्त कुरा दार्जीलिङ डुवर्स युनाईटेड डेभलभमेन्ट फाउण्डेसनका प्रवक्ता पी अर्जुनले आज सामाजिक सञ्जाल फेसबुक अनि युट्युबमा ‘गोर्खाल्याण्ड क्वेस्ट – 3’ लेखेर आफ्नो बयान सार्बजनिक गरेका छन। 
दश मिनटको भिडियोमा तिनले भारतमा स साना राज्यहरु गठनको पक्षमा भाजपाके सकारात्मक पहल रहेको स्वीकार्दै गोर्खाल्याण्ड गठनको दिशामा आफ्नो अडान स्पष्ट पार्न आवश्यक रहेको पनोइ बताएका छन। तिनले आफ्नो सम्बोधनको क्रममा पूर्व दार्जीलिङबाट चुनिएका भाजपा सांसद जसवन्त सिहको पनि आलोचना गरेका छन। यसका साथै गोजमुमो पार्टीको तिनले नाउँ लिएरै प्रश्न तेर्साएका छन। 
“केन्द्रमा तेलेंगना राज्य गठन हुँदा दार्जीलिङ पहाडका मानिसहरुले गोर्खाल्याण्डको नाउँमा बिजय बनाएर पठाएका सांसद जसवंत सिह त्यहीँ थिए। तर तिनी मौन बसे। संसदमा 134 जना सांसद भएका भाजपा मौन बस्यो। यता गोजमुमेले पनि कुनै चाप दिएन” पी आर्जुनले भने। यस समबन्धमा सांसद जसवन्त सिहले किन मौनता अप्नाएर बसे यसबरे पनि सार्बजनिक गर्नपर्ने माग गरेका छन। 
यता लोकसभामा चुनावको परिणाम आए पछि एस एस आहलुवालीयाले सिलगडीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ‘म र मेरो सरकारले गोर्खाल्याण्ड दिनेछु भनेर भनेको छैन’ भन्ने वक्तव्य दिएको बिषयलाई केन्द्र गरे पी आर्जुनले आपत्ति जनाउँदै ‘गोजमुमो अनि भाजापाको के सम्झौता भएको छ ?’ भनि प्रश्न गरे। बिगत 2009 मा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति समय अनुकूल नरहेको बताउँने मोर्चाले यसपल्ट के सम्झौता गरेको छ उक्त सम्झौता जनता आघि सार्बजनिक गर्न पर्ने समय आएको बताउँदै 2009 को ईतिहास नदोहोरियोस भने। 
दार्जीलिङ पहाड प्रशासनिक भूलको कारण बङ्गालको अधिनमा पर्न गएको दाबी गर्दै अब यस भूभागलाई फर्काउँन पर्ने दाबी पनि पी आर्जुनले गरेका छन। गोर्खाल्याण्डको माग संवैधानिक रहेको कारण यसपल्ट केन्द्रमा पूर्व बहुमतमा आएका भाजपा सरकारलाई कुनै असुबिधा नहुने बिचार राख्दै यदि यसपल्ट पनि सरकारले गोखाल्याण्ड गठन नगरे देशले गोर्खाहरुलाई विश्वासघात गरेको प्रमाणीत हुने पनि बताएका छन। “अब कुनै बहना गर्नु हुँदैन। स्पष्ट बहुमतमा आएका सरकारले सही निर्णय लिनुपर्छ। 
गोजमुमो नेतृत्वहरु आधाबाटोमा अल्मलाउँनु हुँदैन। सकेसम्म गोर्खाल्याण्ड माग्ने अनि समर्थन गर्ने स साना दलहरुको पनि मोर्चाले सुझाव लिन आवश्यक छ” पी अर्जुनले अझ भने। आफ्नो सम्बोधनको क्रममा तिनले केहीदिन अघि मात्र प्रधानमन्त्री पदका उम्मेद्वार नरेन्द्र मोदीले संसद हलमा सकारात्मक बिचार व्यक्त गरेको बताउँदै सन 1946मा संविधन निर्माण गर्दा हस्ताक्षर गर्ने अडीबहादुर गुरुङका सन्तान आज संसदमा नपुगेको दुख पनि व्यक्त गरे। यसक्रममा यदि मोर्चाले निर्दल सांसद महेन्द्र पी लामालाई समर्थन गरेर त्यहाँ पठाउँन सकेको भए गोर्खाहरुको प्रतिनिधी त्यहाँ पुग्ने बिचार व्यक्त गर्दै आफू गोर्खाल्याण्डको पक्षमा सधै लडीरहने बताएका छन।

Related Posts

0 Response to "गोजमुमो नेतृत्वहरु अल्मलिनु हुँदैन – पी अर्जुन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.