-->
यसपल्ट नभए कहिल्यै हुनेछैन गोर्खाल्याण्ड – डा हर्कबहादुर छेत्री..... जनताको विश्वासलाई अटुट राख्ने मोर्चाको आश्वासन

यसपल्ट नभए कहिल्यै हुनेछैन गोर्खाल्याण्ड – डा हर्कबहादुर छेत्री..... जनताको विश्वासलाई अटुट राख्ने मोर्चाको आश्वासन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 मई। केन्द्रमा भारतीय जनता पार्टी पूर्ण बहुमतमा आएको समय यता दार्जीलिङ पहाडबाट पनि भाजपाकै सांसद चुनिनुले मोर्चा शिविरमा खुशीको लहर छाएको छ। छुट्टै राज्यको पक्षधर मानिने भाजपाको सरकार गठन हुने कुराले अहिले सम्पूर्ण पहाडवासीले गोर्खाल्याण्ड गठनको सपना सजाएर बसेका छन। यस्तो हर्षमय बनेको वातवरणमा आज गोजमुमो प्रवक्ता कालेबुङमा बिधायक डा हर्कबहादुर छेत्रीले यहाँको पार्टी कार्यलयमा पत्रकार सम्मेलन आयोजना गरेर जनतालाई धन्यवाद दिए। 
यसपल्टको बिजयको खुशी तिनको अनुहारमा पनि स्पष्टै देखिन्थ्यो भने गोर्खाल्याण्ड राज्य गठन प्रति तिनी निकै आशावादी देखिन्थे। “यसपल्ट हाम्रो निम्ति साह्रै राम्रो मौका छ। यदि यसपल्ट पनि छुट्टै राज्य गोर्खाल्याण्ड हुन सकेन भने कहिले पनि हुँदैन। यदि यसपल्ट पनि बैमान गर्‍यो भने देश नै हामीप्रति बैमान छ भन्ने बुझ्न पर्छ” डा हर्कबहादुर छेत्रीले भने। यतिबेला पनि गोर्खाल्याण्ड भएन भने घिसिङले भनेको नफल्ने बनतरूल नै रहेछ भनेर बुझ्नुपर्छ’ तिनले अझ भने। 
भाजपाले यस भन्दा अघि सरकारमा आउँदा तीनवटा राज्य गठन गरिसकेको बताउँदै यसले आफूहरु धेरै आशावादी रहेको तिनले अझ बताएका छन। ‘केन्द्रमा भजपामा सरकार आउँदा हामीले पनि यहाँबाट त्यसै दलको सांसद पठाएका छौं। यसपल्ट सबै मिलेको छ। यदि सबै कुरा मिलेर पनि भाजपाले धोका दियो भने चैँ केन्द्र सरकारले नै हामीलाई न्याय दिन सक्दैन भन्ने निष्कर्षमा पुग्दा हुन्छ’ डा छेत्रीले भने। यसक्रममा तिनले यसपल्ट अन्तिम मौका रहेको बताउँदै गोर्खाहरुको भविष्यलाई लिएर बहुमतमा आएको सरकारले पनि निर्णय लिन सकेन भने भविष्यमा कसैले पनि निर्णय लिन सक्दैन भने।
अर्कोतर्फ यता केहीदिन अघि भाजपा सांसद एस एस आहलुवालीयाले सिलगडीमा पत्रकार सम्मेलनमा ‘भाजपाले गोर्खाल्याण्ड दिन्छ भनेर कहिलै भनेको छैन’ भन्ने बयान समाचार पत्रमा आए पछि भागोपले गरेको टिप्पणी प्रति आफ्नो प्रतिक्रिया दिएका छन। उक्त बयान भागपाको आधिकारिक बयान होईन भन्दै तिनले उक्त बयान एस एस आहलुवालीयाको व्यक्तिगत बयान हो भनि स्पष्टिकरण दिएका छन।हाम्रो सम्झौता भाजपा अध्यक्ष राजनथ सिंहसँग भएको हो एस एस आहलुवालीया संग होईन। भाजपा अध्यक्षले भनेकै कारणले मोदीले पनि गोर्खाको सपना मेरो पनि सपना हो भने।अहलुवालियाले गोर्खाल्याण्ड मुद्दाविपरित बयान दिएकै हुन भने पनि हामी यसलाई महत्व दिदैँनौं। यो तिनको व्यक्तिगत बयान हो” डा छेत्रीले भने। यसक्रममा तिनले समतलका पत्रकारहरु गोर्खाल्याण्ड प्रति जहिले पनि गोर्खाल्याण्डको बिरोधमा रहेको आरोप लगाए। अहिलेसम्म समतलका मिडीयाले गोर्खाल्याण्ड मुद्दाको समर्थन नगरेको दाबी गर्दै एस एस आहलुवालीयाकओ बयानलाई पनि मिडीयाले अपव्याख्या गरेको तिनले आरोप लगाए।
यता डा छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा चुनाउमा मोर्चाको सानदार बिजयले निराश भएका तृणमूलले हिंसा फैलाएर मोर्चालाई उत्तेजित पार्ने चेष्टा गरिरहेको आरोप लगाएका छन। यसक्रममा तृणमूल काङ्ग्रेसले राज्य प्रशासनको समेत दुरुप्रयोग गरेको आरोप लगाए। चुनाव जितेर पनि मोर्चाले कुनै हिंसात्मक कार्य नगरेको दाबी गर्दै उल्टा तृणमूल काङ्ग्रेसले नै उत्तेजित बनाएर पहाडमा अशांति सृजना गर्न हिंसात्मक कार्य गरिरहेको तिनले आरोप लगाएका छन। ‘तृणमूलकर्मीहरूले नै हिंसा फैलाउने काम गर्दैछन। तृणमूल हाइकमाण्डबाटै यहाँ अशान्ति राख्नुमोर्चालाई उस्काउने काम गर्न अनि हिंसा गर्न बाध्य बनाउनु  भनेर निर्देश आएक हुनसक्छ। किन भने मोर्चालाई पक्राऊ गर्न तृणमूलले षडयन्त्र गरिरहेको छ” डा छेत्रीले आरोप लगाउँदै भने। जनताले चुनावमा मोर्चालाई दिएको विश्वासलाई धोका नदिने बचनबद्धता प्रकट गर्दै जनभावनालाई पुरा गर्न सधै तत्पर बन्ने बताएका छन। 

Related Posts

0 Response to "यसपल्ट नभए कहिल्यै हुनेछैन गोर्खाल्याण्ड – डा हर्कबहादुर छेत्री..... जनताको विश्वासलाई अटुट राख्ने मोर्चाको आश्वासन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.