
राजनैतिक झडपले मङपू बन्द : आरोपीहरु फरार
घटनाको प्रतिवादमा आज सम्पूर्ण मङ्पू क्षेत्र बन्द रहेको कारण यातायात सेवा पनि पूर्णरुपले ठप्प रहेको थियो। यस अवधी मङ्पू क्षेत्रका सम्पूर्ण बिद्यालयहरु, सिन्कोना बगानको सरकारी कार्यलयहरु, दोकानपाट बन्द रहेको थियो। बन्द अवधी बिभिन्न क्षेत्रहरुमा पुलिस प्रशासनले सीआरपी बल तैनाथ गरेको थियो भने यस अवधी कुनै पनि अप्रिय घटना घटेको समाचार प्राप्त भएको छैन। लोकसभा चुनाव हुँदा समेत कुनै प्रकारको अशान्ति सृजना नभएको मङपू क्षेत्र अहिलेघरी पुलिस छाउनीमा परिणत भएको छ। दुई राजनैतिक दलका समर्थकहरुमाझ संघर्ष हुन नदिन पुलिस प्रशासनले सम्पूर्ण सुरक्षा व्यवस्था कठोर बनाएको छ।
घटनालाई केन्द्र गरेर तनावग्रस्त बनेको मङपूमा आज बन्द अवधी मोर्चा समर्थकहरु माथी प्राणघातक हमला गर्ने तृणमूल काङ्ग्रेस कार्यकर्ताहरुलाई पुलिस प्रशासनले यथाशिघ्र पक्राऊको माग गर्दै मोर्चाले मङ्पू बस स्ट्याण्ड देखी पार्टी कार्यलयसम्म प्रतिवाद जुलुस निकालेको थियो। यस अवधी बिभिन्न स्थानहरुबाट मोर्चा कार्यकर्ताहरु प्रतिवाद र्यालीमा सहभागी बनेका थिए। यता मोर्चा समर्थकहरुलाई प्राणघातक हमला गरेको आरोपमा तृणमूल नेताहरु बिरुद्ध पुलिस थानामा प्राथमिकी दर्ता गरे पनि आरोपीहरु भने फरार रहेका छन।
गोजमुमो कार्यलयमा पसेर मोर्चा समर्थकहरु माथी प्राणघातक हमला गरेको घटनाले अशान्तमय बनेको मङ्पूमा आज दार्जीलिङ पुलिस अधिअक्षक अखिलेस चक्रवर्तीले दौडाह गर्दै घटनाबारे सम्पूर्ण जानकारी लिएका छन। दार्जीलिङबाट बिहान मङपू आईपुगेका चक्रवर्तीले घटनाबारे स्थानीय पुलिस अधिकारीवर्गबाट सम्पूर्ण जानकारी लिए भने तिनले यहाँको नालीँ डाँडा परिसरमा धेरैबेरसम्म समय बिताएर क्षेत्रको बस्तुस्थितिबारे पनि जानकारी लिएक छन। यद्यपी तिनी यसबारे पत्रकारहरु अघि भने बोलेनन। यता घटनाका आरोपीहरुलाई यथाशिघ्र पक्राऊ गर्न पर्ने क्षेत्रीय सभासद रतन थापाले माग गर्दै पार्टी कार्यकर्ताहरुलाई शान्ति श्रृङ्खला बनाएर राख्ने अपिल गरेका छन।
“अहिलेघरी प्रशान तृणमूल कङ्ग्रेसको पक्षमा लागेर गोजमुमो कार्यकर्ताहरुलाई पक्राऊ गर्ने पक्षमा रहेको छ। यसकारण यहाँ उत्तेजित हुने कार्य गर्नु हुँदैन। सबैले शांति श्रृङ्खला बनाएर राख्न आवश्यक छ” रतन थापाले भने।
अर्कोतर्फ आज कालेबुङमा तृणमूल कङ्ग्रेस राज्य युवा समितिका सचिव बिशाल छेत्रीले एक पत्रकार सम्मेलन डाकेर मङपूको घटनामा गोजमुमो पार्टी अनि क्षेत्रीय सभासद रतन थापा जिम्मेवार रहेको आरोप लगाए। “मङपूमा गोजमुमो पार्टीले तृणमूल कङ्ग्रेस कार्यलयमा भएको पार्टीको झण्डा जलाउँने कार्य गरेको छ। यस्तो अगणतान्त्रिक कार्यको हामी भर्त्सना गर्दछौँ। आज जे पनि मङपूमा भईरहेको छ त्यसको सम्पूर्ण जिम्मेवार क्षेत्रीय सभासद रतन थापा अनि गोजमुमो पार्टी हो” बिशाल छेत्रीले भने। मोर्चाले चुनावमा बिजय भएको बहनामा खुशी मनाउँने बहना गर्दै तृणमूल सामर्थकहरुलाई उत्तेजित पार्ने कार्य गरिरहेको पनि आरोप लगाए।
0 Response to "राजनैतिक झडपले मङपू बन्द : आरोपीहरु फरार"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.