
आगलागीको कारण चार परिवार बिस्थापित: लाखौँको सम्पति स्वाह
डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 अप्रेल 2014। आज बिहान यहाँको साढे दशमाईल बिरालोकोठी नजिक भएको आगलागीमा दुईवटा घर जलेर खरानी भएको छ भने चार परिवार बिस्थापित बन्न परेको छ।
उक्त आगलागीको घटनाले पुरण दियाली, पवन दियाली, प्रविण दियाली अनि प्रकाश दियालीको चार परिवार बिस्थापित बन्न परेको छ। घटना बिहान छ बजेतिर भएको हो।
उक्त चार परिवारका सदस्यहरु दुईवटा घरमा संगै बस्दै आईरहेका थिए भने बिहान अचानक घरबाट आगोको मुस्लो निस्केपछि सबै आत्तिएर बाहिर निस्केका थिए। यसरी अचानक घरबाट आगो निस्केपछि स्थानिय मानिसहरुको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउँने प्रयास गरियो। यसै अवधी घरमा खाना पकाउँने सिलिण्डर ग्यास बिस्फोट हुँदा आगोले अझ उग्र रुप लिएको थियो। आगोले उग्र रुप लिएपछि चार परिवारको दुईवटा घर जलेर पूर्णरुपले खरानी भएको छ भने आवश्यक सामाग्रीहरु समेत उनिहरुले बाहिर निकाल्न पाएनन। जसको कारण लाखौँ रुपीया नोक्सानी भएको छ।
आगोले उग्र रुप लिईरहेको अवस्थामा कालेबुङ अग्निसमन बिभागका मोठ तीनवटा दमकल अनि स्थानिय पानी बोक्ने गाडी लगायत स्थानिय मानिसहरुको तत्परतामा लगभग ढेडघण्टा पछि उक्त आगोलाई नियन्त्रणमा ल्याउँने कार्य भयो। आगोलाई ढेड घण्टा पछि पूर्णरुपले नियन्त्रणमा ल्याउँन सक्षम बने पनि दुईवटा घरहरु भने जलेर स्वाह भएको छ। यसको साथै उक्त दुईवटा घरहरुसंगै रहेको पुष्प सुब्बाको घर पनि आंशिकरुपले जलेको छ भने तिनको एउटा गोदाम जलेर नष्ट भएको छ।
उक्त आगलागीको घटना थाह पाए पछि घटनास्थलमा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री, सभासद् निमा तामाङ्, कालेबुङ पुलिस कालेबुङ नगरपालिका उपाध्यक्ष जायन लेप्चा, नगरपार्षद रिञ्जी भोटीया, कुन्दन बानिया आदि पुगेका थिए भने दिउँसो घटना स्थलको जानकारी लिन कालेबुङ महकुमा अधिकारी के राधिका आय्यर पुगेकी थिईन। महकुमा अधिकारी के राधिका अय्यरले सरकारी पक्षबाट बिस्थापित परिवार पक्षलाई तारपोलिन चामल अनि 950 रुपिया तत्काल राहतको रुपमा प्रदान गरिन।
यता उक्त बिस्थापित परिवार पक्षलाई अस्थायि रुपमा नजिकै बस्ने व्यवस्था नगरपार्षद कुन्दन बानियाले मिलाईदिएका छन।
उक्त आगलागीको घटनाबारे परिवारपक्षले दिएको खबरअनुसार दमकलकर्मीहरू केही ढिलो गरेर घटनास्थलमा आइपुगेका थिए। यदि दमकलकर्मीहरू केही समयअघि नै घटनास्थलमा आइपुगेको भए केही समानहरू जोगाउन सकिने थियो भन्ने गुनासो परिवारपक्षको छ।
अर्कोतिर परिवार पक्षको आरोप प्रति कालेबुङ फायर स्टेसनका अधिकारी एस. सुब्बाले स्पष्टिकरण दिएका छन। तिनले कालेबुङको ट्राफिक समस्याको कारण धेरैपल्ट घटनास्थलमा पुग्नमा अग्निसमन बिभागका कर्मचारीवर्ग ढिलो हुने गरेको जानकारी गराउँदै अव्यवस्थित पार्किङ एउटा जटिल समस्या हो भन्ने बताए।
0 Response to "आगलागीको कारण चार परिवार बिस्थापित: लाखौँको सम्पति स्वाह"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.